Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

फिल्मी जानकारीका लागि आयो ‘फिल्मी फुच्चे’

३ माघ २०७५, बिहीबार १६:०२


नेपाली चलचित्रलाई प्राथमिकता दिंदै “फिल्मी फुच्चे” एप सार्वजनिक नेपालका सबै चलचित्रप्रेमीहरुको लागि नेपाली, हिन्दी, साउथ इन्डियन र हलिउडका चलचित्रहरुको सम्पूर्ण जानकारीको साथमा “फिल्मी फुच्चे” एप सार्वजनिक भएको छ।

यस एपमा मनोरञ्जनका सम्पूर्ण ताजा खबरहरु, प्रदर्शनमा आएका र आउने चलचित्रका सबै जानकारी, चलचित्र समिक्षा, बक्स अफिस कलेक्सन, ट्रोलहरु लगायत अन्य थुप्रै फिचरहरु समावेश गरिएको छ। नयाँ सामाग्री जस्तै “कुनै चलचित्रको ट्रेलर या गीत” सार्वजनिक भएलगत्तै एपमा अपडेट पाइनेछ। त्यसबाहेक नेपाली चलचित्रप्रेमीहरुको विदेशी चलचित्रप्रतिको मोह महशुस गरेर सम्पूर्ण बिदेशी चलचित्रहरुलाई पनि समावेश गरिएको छ।

लाइभमाण्डूसंगको कुराकानीमा “फिल्मी फुच्चे”का संचालक सुरज तिवारीले भन्नुभयो, “नेपालमा थुप्रै चलचित्रप्रेमीहरु छन् जसले निरन्तर चलचित्र बारे अनेक खाले जानकारी तथा रिभ्यूहरु खोजीरहनु भएको हुन्छ । वहाँहरुले एउटै प्लाटफर्मबाट नेपाली सिनेमा, बलिउड, दक्षिण भारतीय तथा हलिउडका चलचित्रबारे नयाँ ताजा सामाग्रीहरु प्राप्त गर्नसक्नुहुनेछ । यो रमाइलो पनि छ, यसमा हामीले चलचित्रसंग सम्बन्धि ट्रोलहरु पनि समावेश गरीएको छ ।”

एउटा चलचित्रप्रेमीले अब प्रदर्शनमा आउँन लागेका सबै चलचित्र सम्बन्धी जानकारी “फिल्मी फुच्चे” एपमा एकैठाउ भेट्न सकिनेछ। यदि तपाईं चलचित्रप्रेमी हुनुहुन्छ भने “Filmy Fuche” “Fifu” तपाइको लागि हो। प्रयोग गरेर आफ्नो प्रतिकृया अवश्य दिनुहोला। अहिले गुगल प्ले स्टोरबाट एनड्रोईड प्रयोगकर्ताले मात्र फिल्मी फुच्चे डाउनलोड गर्न मिल्नेछ भने केहि समयमै आइफोन प्रयोगकर्ताहरुको लागि यो एप सार्वजनिक गरिनेछ । एप्लिकेशन डाउनलोड गर्न यहाँ थिच्नुहोस्

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,