के तपाईंलाई बारम्बार अचानक आवस्यक भन्दा ज्यादा रिसाउने, सन्कने, उत्तेजित हुने बानी छ ? यस्तो छ समाधानका उपाय


– (बिरामी रिसाएको अनुहार बनाउंदै) यो शुरु गर्नु भन्दा अगाडी म सोध्न चाहन्छु, के म आजै घर जान पाउँछु?

Dr.Kalyan Subedi
Dr.Kalyan Subedi

* Can’t guarantee that. पहिले कुरा त गरौँ ।”
– मैले नयाँ काम शुरु गरेको जम्मा दुई हप्ता जति भो । I cannot afford to lose it. मलाई जान दिईएन भने म आँफै यहाँबाट निस्किएर हिन्नेछु । कसैले रोक्न सक्दैन मलाई । अहिले नै भनिदिएको छु।

* तपाईंले आँफुलाई झन् अप्ठ्यारोमा नपार्नुस् । तपाईंलाई थाहा छँदै छ यो LockDown unit हो l यहाँबाट जबरजस्ती निस्कन सजिलो छैन । प्रयास मात्र पनि गर्नु भयो भने पुलिस आएर State Run Institute मा राखेर तपाईंलाई उपचार गर्नेछन । म यहाँ तपाईंलाई सहयोग गर्न आएको हुँ । तपाईंको मर्का बुझ्न आएको हुँ । Please don’t blow up your opportunity. तपाईंको काममा जानु पर्ने बाध्यता पनि म बुझ्न सक्दछु । let’s have a talk first. बरु एकछिन पछि ठण्डा दिमागले कुरा गर्न मन भए म पहिले अरु बिरामीहरुसंग कुरा गर्छु । केहि घण्टा पछि कुरा गरौंला ।
(ऊ अलि शान्त भए जस्तो देखीन्छ)
– No. Ask me questions now…… माफ गर्नुहोला म बेथ्थामा तपाईंसंग झर्किएं । यो झनक्क रिसाउने बानीले गर्दा मेरो जिन्दगिनै डामाडोल परिसक्यो ।

* तपाईं कसरी यहाँ admit हुनु भो ? बिस्तारमा भन्न सक्नु हुन्छ?
– अस्तिदेखि घरको Cable बिग्रिएको थियोl न Internet चल्छ न TV न home फोन नै । केहि घण्टा भित्र आएर बनाईदिन्छु भनेर हिजो दिनभर कुर्यायो । ४ बज्दा पनि कोहि आएनन्। आँफुसंग Mobile फोन पनि थिएन । पसलमा गएर cable वालालाई फोन गर्छु र चुरोट पनि किनेर ल्याउँछु भनेर यसो २ मिनेट के घरबाट निस्किएको थिएँ Cable वाला आएर फर्किएछन् । मेरो पारा तात्यो र आधा घण्टा पर भएको Cable को Office मा गएर Manager संग बात गर्न माग गरें । Manager meeting मा भएकाले अर्को एक घण्टा कुर्न भने । मैले रिस थाम्न सकिन, waiting room को गमला उचालेर फालेको याद छ त्यसपछि केहि याद छैन । सिसाका झ्यालहरु फोरेछु, अनि खै कस-कसलाई मार्ने धम्कि पनि दिएछु । धन्न यहाँ आएर उपचार गराउने सहितको शर्तमा cable company ले case drop गरिदियो ।

* तपाईंलाई यसरी रिस उठ्ने समस्या कहिले देखि सुरु भो ? आज सम्म कुनै उपचार गर्नु भाको छ? औषधि केहि खानु हुन्छ अहिले?
– सानै देखि औषधि खुआएका थिए मलाई; केसैले भेटेन । Breathing Exercise, Meditation सबै गरें । …… स्कुलमा म संग मास्टर पनि डराउथेl हप्ताको एक पटक कोहि न कोहिसंग झगडा हुन्थ्यो l कति जनालाई रगताम्मे हुने गरेर पिटें गिन्ती नै छैन । बास्तबमा म संधैं हाँसखेल गर्नु पर्ने, रमाइलो गरिरहन पर्ने मान्छे हुँ । तर सानो कुरामा चित्त नबुझे मेरो रिस यति चांडो, यति ठुलो हुन्छ कि! आँफुलाई थाम्नै सक्दिन । …….कहिले काहीं त रिस उठेपछि अर्धचेत नै हुन्छु। के के फोरें, भत्काएं, बिगारें अरुले पछि भनेपछि मात्र थाहा हुन्छ । ……… ठुलो भएपछी बानी हट्छ कि भन ठानेको थिएँ तर झन् जटिल हुँदै गयो। यही रिसको कारणले धेरै सम्बन्ध बिगारें l गर्भवती श्रीमतीलाई कुट्दा ३ बर्ष जेलमा परें l अहिलेसम्म छोरीको मुख देखेको छैन । …..कहिले काहीं त म राक्षस नै हो झैं लाग्छ । …..हेर्दा हेर्दै आँफैले आफ्नो भबिष्य अंध्यारोमा पारिसकें…… आफै देखि दिक्क लाग्छ…… रिसाहा म…….

कहिले काँही झनक्क रिस सबैलाई उठ्छ । जिन्दगीमा २-४ पटक आवस्यकता भन्दा धेरै गुना बढी रिसाएर अप्ठ्यारोमा पनि पर्नु भो होला । केहि हदसम्म चित्त नबुझ्नु र रिस उठ्नु बाँच्नलाई अति अवास्येक छ । मानब बिकासमा यसको धेरै महत्व पनि छ । रिसको महत्वको बारेमा अरु कुनै बेला बिस्तारमा लेख्नेछु । आज रिसको खराब परिणामको बारेमा कुरा गर्दैछु ।

Intermittent Explosive Disorder भएका मानिस निकै सानो कुरामा पनि चित्त नबुझ्दा सामान्य व्यक्ति भन्दा दसौं-सयौं गुणा ज्यादा रिसाउँछन् । यिनीहरुको कोहि न कोहि संग महिनामा ३-४ पटक निरन्तर भयङ्कर ठुलो झगडा परिरहन्छ ।

छोटकरीमा यसको उपचार कसरी गरिन्छ यहाँ बूँदागतमा लेख्दैछु । Psychiatric Practitioner हरुको उपचार गराउने आ-आफ्नै तरिका होलान् । मैले आफूले उपचार गर्ने तरिका यस प्रकार छः
१. पहिलो भेटमा (Initial Evaluation) (करिब १ घण्टाको समय)
– यो प्राय appointment लिएर गरिन्छ l (माथिको घटना Court Order भएकाले emergency basis मा Crisis Center मा भएको थियो)
– यो भेटको उदेश्य रिसको कारण केहि छ कि भनेर पत्ता लगाउने हो l कहिले काहीं illegal drugs, मानसिक समस्या लगाएत अन्य पारिवारिक, आर्थिक, सामाजिक समस्याले पनि मानिसलाई झनक्क रिस उठाउने बनाउँछ l
– यस भेटमा बिरामीको मर्का बुझ्ने, उसको भित्रि पिडा बुझ्ने, र उसका सम्पूर्ण प्रश्नहरुको जवाफ दिने काम गरिन्छ l प्राय बिरामीका प्रश्नहरु “म किन यस्तो रिसाहा भएको हो ?” ” के म जिन्दगीभर यस्तै नै हुनेछु ?” ….. आदि हुन्छन् l समय रहेको खण्डमा मैले “Virtual Brain Model” मार्फत रिस कसरी उठ्छ भन्ने बिरामीले बुझ्ने भाषामा सामान्य जानकारी दिन्छु l यो तरिकाले बिरामी आँफु खराब मानिस होइन बरु आंफ्नो biological/ genetic/ hereditary/ neurochemical आदिको कारणले गर्दा रहेछ भन्ने महशुस भै उसमा केहि आश पलाउँछ l समय नभए दोश्रो भेटमा यसबारे कुरा गरिन्छ l
– पहिलो भेटमा छुटाउनै नहुने कुरा भनेको बिरामीको नजिकका नातेदार संग उसको बारेमा सोध्नु हो l हामीले गर्ने बानिव्यहोराको सहि मुल्यांकन हामी आंफुले भन्दा पनि हामीलाई दिनहुँ बेहोर्ने हाम्रा नातेदार र साथीभाइले गर्न सक्दछन् l बिरामी appointment मा एक्लै आएको खण्डमा फोन मार्फत घरपरिवार संग कुरा गरिन्छ l
– बिरामीलाई औषधि नै चाहिने निर्कोल भए चाहिने बखत मात्र खाने (as needed) औषधि दिइन्छ l कसै-कसैले सोहि औषधि नियेमित खानु पर्ने पनि हुन्छ l
– बिरामीलाई psychotherapist संग appointment मिलाइदिइन्छ l यस्ता psychotherapist हरु लाई प्राय सम्पूर्ण मानसिक रोगहरुको बारेमा जानकारी हुन्छ र उनीहरुसंग फरक फरक (disorders) रोगहरुलाई फरक किसिमले “Talk Therapy” (psychotherapy) द्वारा उपचार गराउने ज्ञान हुन्छ l उनीहरु psychology मा कम्तिमा mastar degree holder हुन्छन् l बिरामीको उपचार बिधि, प्रगति आदि बारेमा Psychotherapist र Psychiatric Practitioner को नियमित communication (सम्पर्क) हुनु अत्यन्तै जरुरी छ l

२. दोस्रो भेट (follow up) (करिब १५-३० मिनेटको)
– यो भेट एक महिना भित्र हुन्छ । Therapist संगको therapy कस्तो भयो? औषधिले काम गर्यो कि गरेन ? आदि छलफल हुन्छ ।
– Therapist संग भेट नभएको भए वा बिरामी अन्य कोहि संग कुरा गर्न अन्त जान नखोजेको भए Psychiatric Practitioner द्वारानै psychotherapy उपलब्ध गराइन्छ ।

३. अन्य follow up हरु:
– कुनै नयाँ औषधि शुरु गरेको भए वा जीवनमा कुनै नयाँ घटनाहरु भएमा एक महिना भित्र नत्र कम्तिमा प्रत्येक तीन महिनामा भेट हुन्छ ।
– क्लिनिक र अस्पतालका आ-आफ्नै policy हुन्छन् । मेरोमा कम्तिमा प्रत्येक तीन महिना एक पटक Psychotherapist वा Psychiatric Practitioner संग भेट गर्न छाडेमा बिरामीलाई सेवाबाट dismiss (discharge) गरिन्छ ।

डा.कल्याण सुबेदीका अन्य लेखहरु:

1,विदेश जानेले अचानक ज्यान नजावोस भनेर के के सतर्क अपनाउनु पर्छ ? – डा. कल्याणको उपाय

2, महिला र पुरुषमा हुने यौन समस्या र समाधानका उपायहरु -डा. कल्याण सुबेदी

3, डिप्रेसन के हो र यसबाट कसरि बच्ने ? -डा. कल्याण सुबेदी

4,What are the reasons behind sudden death of young people in abroad?

5,What is depression? What are the symptoms of Major Depressive Disorder?


Loading comments...