
शुरु भयो द भ्वाइस अफ नेपाल सिजन २ को डिजिटल अडिसन
४ माघ २०७५, शुक्रबार १६:००
विश्व विख्यात गायन रियालिटि शो द भ्वाइसको नेपाली संस्करण केही दिन अघि सकिएको छ । डिजिटल अडिसन, ब्लाइन्ड राउन्ड, लाइभ, सेमिफाइनल हुदै फाइनलको यात्रा सम्म चार टिमबाट एक एक ट्यालेन्टहरु पुगेका थिए । कतारको दोहामा सम्पन्न फाइनलमा टिम दिपका सि.डि.बिजय अधिकारीले पहिलो द भ्वाइस अफ नेपालको उपाधि चुम्न सफल भए । फाइनल कार्यक्रम कतारमा रहेका हजारौ नेपालीहरुको साथमा सम्पन्न भएको थियो । जसमा धुमुस र सुन्तलीलाई बिशेष अतिथिको रुपमा देखिएको थियो । पहिलो द भ्वाइस अफ नेपालले नगद रु २५ लाख, एउटा कार, २० लाख बराबरको गित रेकडिङ्ग र बोल्ड टुर प्राप्त गर्नेछन् ।
पहिलो संस्करणको सफलता पश्चात दोस्रो संस्करण कहिलोबाट शुरु हुन्छ भन्ने सबैमा निकै उत्सुक्ताको बिषय रहेको छ । अघिल्लो चरणमा अडिसनको बारेमा धेरै अज्ञात नै थिए, कार्यक्रममको सफलता पश्चात सबैमा अडिसनको बारेमा प्रश्नहरु हुन थालेका छन् । कहिले देखि हुन्छ दोस्रो संस्करणको लागि अडिसन ? केही नयाँ परिवर्तन हुन्छ कि नाई ? जस्ता प्रश्नहरु सुनिएका छन् ।
द भ्वाइस अफ नेपालका निर्देशक लक्षमण पौडेलले पहिलो संस्करणमा फरम्याट बुझन केही समय लागेको तर अबको संस्करणमा सहज हुनुका साथै केही नयाँ परिवर्तन पनि हुने बताउनु भयो । अन्य अडिसन भन्दा यो डिजिटल अडिसन निकै सहज पनि रहेको छ । घरमै बसेर रेर्कड गरेर आफनो अडिसन दर्ता गर्न सकिनेछ । अडिसन कै लागि भनेर लामो लाइनमा बस्नु पर्ने बाध्यता रहने छैन । पहिलो सिजन कान्तिपुर एच डीमा प्रसारण भएको द भ्वाइस अफ नेपाल यस पटक भने हिमालयन च्यानलमा हुदै छ ।
द भ्वाइस अफ नेपालको डिजिटल अडिसनको लागी आफ्नो आवाज द भ्वाइस अफ नेपालको एपमा सेन्ड गर्न सक्नु हुन्छ । एप तलको लिंकमा छ ।
द भ्वाइस अफ नेपालको सम्पुर्ण टिमलाई पहिलो संस्करणको सफलताको लागि बर्धाइ तथा दोस्रो संस्करणको लागि शुभकामना ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज