Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

३ दर्जन सिनेमा हलहरुमा ‘चौका दाउ’को दोस्रो साता

५ माघ २०७५, शनिबार १०:५१


डब्बु क्षेत्री, काठमाडौं । सामाजिक कथामा आधारित हास्यप्रधान चलचित्र ‘चौक दाउ’ शुक्रबारबाट दोस्रो सातामा प्रदर्शन भईरहेको छ । पछिल्लो समय हाँसो र रमाइलो विषयबस्तु केन्द्रित चलचित्रहरुको बोलबाल रहेको क्षणमा आएको चलचित्र ‘चौक दाउ’लाई देशभरीका दर्शकहरुबाट न्यानो माया मुलुकका करिब तीन दर्जन हलहरुमा प्रदर्शन भईरहेको जानकारी वितरकले दिएका छन्  ।

‘माघे सक्रान्तीको अबसर पारेर हामीले चौका दाउ रिलिज गरेका हौं । यो फिल्मले दर्शकलाई दुई घन्टासम्म पुरा हँसाउँदै मनोरञ्जन दिएको छ । यो चलचित्रका संगीतकार शम्भुजीत बासकोटाले चौका दाउ काठमाडौंका गोपि कृष्ण, गुण, अष्टनारायण, गँगा सहित आठ हलमा दोश्रो साता प्रदर्शन भईरहेको बताए ।

बरिष्ठ सङ्गीतकार शम्भुजीत बासकोटाको कथा तथा परीकल्पना यस ‘चौक दाउ’लाई सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको हुन भने काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गरेका हुन् ।

निर्देशक पुर्नेन्दु झाले चौका दाउ निर्देशन गरेका हुन् । उनका अनुसार यो फिल्ममा चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह छन् । पाँचौ चौकाको रुपमा अजश्र ढुङ्गानालाई देख्न सकिन्छ । फिल्मकी एक मात्र ‘मिस्सी’को रुपमा वर्षा राउत प्रस्तुत भएकी छिन् । अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिवशंकर रिजाललगायत छन् ।

पौढदेखि तन्नेरी पुस्तासम्मका पुरुषहरुको युवती प्रतिको आकर्षण र त्यस्ले निम्त्याउने परिणाममा यो फिल्म केन्द्रित रहेको छ । फिल्मलाई परिवारमा बसेर हेर्न सकिने निर्देशक झाको भनाई छ । यो पूर्णतया सामाजिक कथामा आधारित सिनेमा भएको पनि उनले जानकारी गराए ।

चौका दाउमा वसन्त श्रेष्ठको नृत्य र भिमफेदी गाईजको नृत्य निर्देशन, दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण ब्यबस्थापन रहेको छ । यो चलचित्रको दुई गीत ‘राधा पियारी…’ र ‘मेरो माया कतारमा…’ चर्चामा छ । फिल्म अष्ट्रेलियामा समेत प्रदर्शन गरिने भएको छ ।

नेपाली चलचित्र नेपाली दर्शकबिच छाउँदै गएको यस समयमा अझैपनि राम्ररी चलिरहेका शोहरुको बिचमा बलिउड सिनेमाको रिलिज मल्टिप्लेक्सहरुमा प्राथमिकतामा पर्नु चैं दुःखद छ । यसले नेपाली सिनेमाको बिकासमा कुनैपनि हालतमा सहयोग भने गर्दैन ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत