आज १९ तारिख अर्थात ओशोको महापरीनिरवाण दिवस, के महापरीनिरवाण भनेको ?


ओशो महा पारीनिर्वाण दिवस अर्थात आज ओशोले शरीर त्याग गर्नुभएको दिन । महापरिनिर्वाण भनिरहदा हजुरलाई लाग्यो होला के हो यो शब्द महा पारीनिर्वाण ? आज ओशोले शरीर त्याग गरेको दिन लाई किन महा पारीनिर्वाण भनेको होला । आउनोस आज यो बिषयमा मैले मेरा गुरुहरुको संगत बाट जनेका केही कुरा हजुर सामु प्रस्तुत गर्न चाहन्छु । सामान्यतया मान्छेको शरीरबाट प्राण निस्कीसके पछीको प्राण बिहिन शरीरलाई हेरेर हामी ति मान्छे मरेछन भन्छौ तर र मृत शरीरलाई घाटमा जलाउन गएका मलामी अपवित्र भएको भनेर जौ तिल राखेर सुन चोबेको पानी सारिर मा छर्किने र स्नान आदी गरेपछी मात्र पवित्र भाईन्छ भन्ने मन्यता छ, र अझै मलामी गएको लुगा पनि अपवित्र हुने र धोएपछी मात्र पवित्र हुने भन्ने चलन छ । तर रमाइलो कुरा यो सबै कुरा एक शन्त, बुद्ध पुरुष, जाग्रित पुरुष, वा परमात्मा प्राप्त वा भागवत प्राप्त पुरुषमा भने लागु हुँदैन । प्रथम कुरा एस्ता बुद्ध पुरुषको शरीर त्यागलाई हामी महा पारीनिर्वाण भन्छौ ।

के हो यो महा पारीनिर्वाण रु पारीनिर्वाण शब्द बौद्ध परम्परामा पढि प्रचलित छ । यो शब्द को उद्गम पाली शब्द ‘पारीनिब्बाण’ हो । त्यो व्यक्ती जस्ले जीवन हुँदै अर्थात जिवित अवस्थामा नै मुक्ती, निर्वाण वा परमाता प्राप्ती गरेको हुन्छ ति व्यक्ती जीवनकाल मा नै सम्पूर्ण रुपले मुक्त भएका हुन्छन तर पनि मानव जस्तै सबै सामान्य बेबाहार गर्छन जस्ले गर्दा कती समयमा जिवित हुँदा सम्म कुनै पनि महापुरुष लाई हामी पूर्ण रुपमा मान्न सक्दैनौ र मृत्यु पश्चात मात्र हामी तिनै व्यक्तीको भक्त सहहै हुन सक्छौ । यो मानव स्वभाव हो कि हिन्दी मा एक भनाइ छ ‘दुर का ढोल सुहाना’ अर्थात नजिक बजेको बासुरी सुन्दैनौ तर पर बजेको ढोल पनि मिठो मान्छौ, नेपालीमा नजिकको तिर्थ हेला भने जस्तो । जे होस् ति महापुरुष हरु शरीर मा रहदा सम्म तपाईं हामी लाई जस्तै जीवनका सबै रिपु हरु सँग जुध्नु पर्छ ।

जाडो , भोक , दिसा ,पिसाब, पिडा, आदी । त्यसैले निर्वान प्राप्त गरेर पनि तपाईं हामी जस्ताइ सामान्य जीवन जिउनु पर्ने बाध्यता हुन्छ । मृत्यु भए पछी अब ति महापुरुषहरु बल्ल पूर्ण रुपमा मुक्त हुन्छन । काम, क्रोध, लोभ, मोह, अहन्कार, राग, द्वैश, आदी सबै रिपुहरु त्याग गरे पछी मुक्त भएका ति महापुरुषको अब यो शरीर त्याग नै अन्तिम त्याग हुन्छ । यो शरीर त्याग पश्चात अब उनिहरु कर्मको पूर्ण बन्धन बाट मुक्त हुन्छन । माहा पारीनिर्वाण अन्तिम मुक्ती हो । माहा पारीनिर्वाण पस्चात अब ति सन्त यो धराधाम मा आफ्नो कर्मको प्ररब्ध भोग्नको लागि फर्कदैनन । तर भगवान बुद्धले अन्तिम समयमा आनन्द, सारीपुत्त, मोदगल्यान, महाकश्यप, सुभुती, लगायत आफ्न नजिकका भिक्षुहरु को संघलाई म फेरी पनि ‘मैत्रेय बुद्ध’ भन्ने नामका साथ आउने छु भन्नु भएको थियो । तर सन्त मीर, कवीर, रबिदास, तुलसिदास आदीले हामी फेरी फर्केर आउछौ भनेको कुनै ईतिहास भेटिदैन । अब भगवान बुद्धको यो बचन कुनै कर्मको बन्धनका कारण भएको निर्णय होइन । यो सन्तको रोजाइ हो, मौज हो लीला हो । यसरी एक मुक्त पुरुष जबसम्म संसारमा रहन्छन यो संसारका केही मर्यादा हरु भित्र नै बस्नु पर्ने हुन्छ । त्यसैले यो संसारमा हुँदा नै भएको मुक्ती लाई निर्वाण भनियो । तर जब ति सन्त होसपुर्वक यो दिनिया बाट बिदा हुने समय आउछ । यहाँ मैले भनेको शब्द ख्याल गर्नु होला । ‘होस पुर्वक’ किन भने निर्वाण प्राप्त पुरुष हरु होसले जीवन जिउछन र होस ले नै मृत्युलाई बरण गर्छन् । तपाईं हामी भने बेहोश नै जिउछौ र अझै जीवनको रहर नपुग्दै नमानी नमानी मृत्यु बाराण गर्छौ । त्यस कारण त्यो मृत्युमा ‘होश’ या ‘चेतनसिलता’ हुँदैन । र अचेतन मृत्यु वरण गर्ने हरु फेरी पुर्व जीवनका रहर, कामना, इछ्या, पुरा गर्न अनी गरेका कर्मका पुराना फाइल हरु फर्च्योट गर्न फेरी फेरी आईरहन्छन तर मुक्त पुरुष हरु जीवन पनि होशका साथ अनी मृत्यु पनि होशका साथ वरण गर्छन् त्यसैले त्यो मृत्यु मृत्यु नभएर महापरिनिर्वाण हुन्छ ।

अब अर्को प्रश्न उठ्न सक्छ ठिक्क छ वहाँको महा पारीनिर्वाण भयो SO WHAT? हामी ध्यान र समाधीको मार्गमा लागेका हरुको लागि यो दिन एक पर्व हो । किन भने महा पारीनिर्वाण भएको दिन ति सन्त वा गुरु पूर्ण मुक्त मात्र हुँदैन तथापी हाम्रो झन नजिक हुन्छन । किन भने शरीर रहदा सम्म एक गुरुले आफ्नो हद्दी मासु र मज्जा ले बनेको शरीर प्रयोग गरेर आफ्ना शिश्य लाई साधना सिकाउछन र साधनामा सहयोग गर्ने प्रयास गर्छन् तर जाब एक गुरु वा सन्तको महा पारीनिर्वाण हुन्छ उनिहरुले सारा जगत मात्र नभएर दुर दुर का तारा नक्षत्र मा पनि यदी जीवन छ र त्यहा पनि कोइ साधक ले साधना गर्न उन्लाई आव्हान गर्यो भने पल मात्रा को पर्खाइ बिना ति सन्तको Astral Body कारण शरीर वा Energy Body उर्जा शरीर आएर वा भनौ उर्जा आएर साधकलाई साधना मा सहयोग गर्छन् । त्यती मात्र कहाँ हो र ति महापुरुषले प्रयोग गरेका बस्तु हरु मा पनि कहिल्यै नमेटिएर जाने उर्जा बसेको हुन्छ ।

ति महापुरुषले प्रयोग गरेको शरीरलाई त्यस्सै कारण बिभिद परम्परामा नजलाई समाधी बनाउने चलन छ भने कही जलाएर बचेँको खरानी या बचेँका हड्डीका तुक्रा जस्लाई अस्तु धातु पनि भनिन्छ तिन्लाई ल्यएर समाधी र तिर्थ बनाउने गरिन्छ । आज भगवान बुद्धको अस्तु धातु गाडेर राजा अशोकले बनाएका अनेकौ तिर्थहरु मध्ये कही न कही त अवश्य जानु भएको छ होला । ओशो को महा पारीनिर्वाण पछी वहाँ को शरीर लाई जलाएर बचेँको अस्तु धातुको समाधी आज पनि ओशो इन्टार्न्यासनल अश्राम पुना र ओशो तपोबनमा काठमाण्डौ मा रहेका छन । जहाँ हजारौ  भिक्षुहरु आएर आफ्नो साधनाको प्यास मेटाउछन । आज ओशोले पहिरिनु भएका बस्त्र हरु विश्वभरिका बिभिन्न साधना केन्द्र हरुले सुरक्षित राखेका छन । ओशो को महा पारीनिर्वाण को बिषय भएको कारण हजुर सँग मैले मेरो गुरु बाट पएको ज्ञानको केही केही थोपा पस्किन पाउदा म दङ्ग भएको छु । र यि कुरा अझै गहिराइमा बुझ्न चाहनुहुन्छ भने अवश्य पनि कोइ काबिल गुरुको हात समात्नु होला अनी सुस्त सुस्त सबै भेद हरु खुल्दै जाने छन । मेरो परम गुरु लाई लाखौं लाख प्रणाम
अनी मेरा गुरु भाई बहिनी सबैलाई लाखौं लाख शुभकामना ।

-सुवास अगम

अस्तु

ओशो सम्बन्धी अन्य लेखहरु


Loading comments...