
यलमाया केन्द्रमा “हिमालका नायकहरु”ले आफ्नो कथा सुनाउदै
६ माघ २०७५, आईतवार १२:२५
स्नो याक फाउन्डेसनले देशकै सबभन्दा दुर्गम बिकट डोल्पाको गाउँ गाउँमा स्वयंसेवक शिक्षकहरु परिचालन गरि शैक्षिक र सामाजिक विकासका विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको छ । उक्त सस्थाले १४ बर्ष देखि बिदेशीहरुको कुनै पनि सहयोग नलिई नेपालीहरु मात्रको सहयोगमा बिकट गाउमा गएर पढाउँदै आएको छ ।
शिक्षाको उज्यालो घामबाट बर्षौ देखि बन्चित डोल्पाका सयौं बालबालिकाहरुलाई स्तरीय शिक्षा प्रदान गर्दै आइरहेका छ । उक्त सस्थाको निरन्तर प्रयासले बालबालिकाको पढाईमा मात्र नभएर उनीहरुको ब्यबहारमा संगै समाजमा पनि सकारात्मक परिवर्तन आएका छन् | स्वाभिमानी युवा समुदायमा जिम्मेवारीबोध भै उनीहरुमा नेतृत्व विकास हुदै आएको पनि छ ।
यो सबै सम्भब हुनुमा बिशेष भूमिका खेल्ने प्रमुख पात्रहरु हुन “हिमालका नायकहरु” Yak Fellow स्वयंसेवक शिक्षकहरु | सहरको शुख सुबिधा छोडेर बिकट डोल्पाका गाउँ गाउँ गएर शिक्षा को उज्यालो छर्न गएका “हिमालका नायकहरु” हाम्रा याकहरुलाई माघ ११ गते साझ ४ बजे ललितपुरको पाटनढोका स्थित यल माया केन्द्रमा सम्मन कार्यक्रम राखेको छ। साथै हिमालका नायकहरुको संघर्ष, प्रयासहरु, उपलब्धिहरु, हाम्रो कोसिसबाट आएका रुपान्तरणहरु र हिमालका नायकहरुको जीवन बुझाई, दृष्टिकोणमा आएको परिवर्तनहरु को अनुभब कथा समेत सुन्ने कार्यक्रम रहेको Snow Yak Foundation सस्थाका सस्थापक विनोद शाहीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा