
कमिलाको बारेमा केही अनौठा जानकारीहरु
६ माघ २०७५, आईतवार १२:५४
कमिलालाई हामी सबैले निकै नजिकबाट देखेका छौ । साना तर निकै मेहेनति र सधै व्यस्त भएको हामी सबैले देखेकै छौ । कमिलाहरुलाई प्राय एउटा लाइनमामा हिडिरहेको पनि देख्न सक्छौ । आउनुहोस, आज यिनै कमिलाहरुको बारेमा केही जानकारीहरु लिऔ ।
- हामीले रातो र कालो कमिलाहरुको बारेमा थाहा पाएका वा देखेका छौ तर संसारमा लगभग १२,००० प्रजातिका कमिलाहरु पाईन्छ ।
- सानो देखिने कमिलाले आफ्नो तौलभन्दा २० गुणा बढि तौल उठाउन सक्छ ।
- कमिलाको कान हुदैन, जमिनमा हुने कम्पनको बाट आवजको अनुभव गर्छ ।
- कमिला निकै सामाजिक हुन्छन् र कोलोनीमा बस्ने गर्दछन् । जसमा रानी, पुरुष कमिला तथा धेरै कामदार कमिलाहरु हुन्छन् ।
- रानी कमिलाको बच्चाको संख्या लाखौमा हुन्छ ।
- रानी कमिला र पुरुष कमिलाको पंखेटा हुन्छ, तर कामदार कमिलाको पखेटा हुदैन ।
- कोलोनीमा भएका केही पुरुष कमिलाको काम मात्र रानीसँग सम्र्पक गर्न मात्र हुन्छ र त्यसपश्चात उनीहरु मर्ने गर्दछन् ।
- रानी कमिला ३० बर्षसम्म बाँच्न सक्छन् ।
- रानी कमिला मरेपछि कमिलाको कोलानी पनि केही महिनामै समाप्त हुन्छ ।
- कमिलाहरुको नेताले हिड्ने बेलामा फेरोमोन रसायन छाडेन गर्दछ, जसको गन्धले अन्य कमिलाहरु त्यसलार्य सुध्दै त्यसको पछि पछि हिड्ने गर्दछन् अनि कमिलाहरु लाइनमा हिडे जस्तो देख्छौ ।
- कमिलाको शरीरमा फोक्सो हुदैन । श्वास प्रश्वासको लागि शरीरमा स–साना छिद्रहरु हुन्छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै