Lifestyle Portal
  •   १७ असार २०७९, शुक्रबार

माघको खुलेको बिहानको जप

७ माघ २०७५, सोमबार १०:००

क्या खल्यो बिहान आज !
नीलिमाले फाली
सकल घुम्टो जाली !

वाल्मीकिको ह्दयतुल्य व्योम निर्मलायो !
अभिराम क्या यो !
रात प्रातः आयो !
क्रौञ्चरुधिर थोर बेर नभमा छिर्बिरायो !
दिविमा जन्म ली दयाले !
करुण छन्द भै सुवर्ण ज्योति–लहर आयो !
कँञ्छन् ह्दय डाली !
दर्शनाभिलाषीलाई दिव्य देव प्रकट हुन्छन्
उक्ले अंशुमाली !

भस्मीभुत दिन–चरो उड्छ भै सुनौला !
भानवी भविष्यको यो गँउछ गान नौला !
एक अचल–चित्र तरुले औला एक उचाली
अमृत रश्मि नै इशार्छ, सिद्ध निज समाधिलाई
लोक निम्ति फाली !
रश्मिलाई बुन्न दिन्छु
दिलमा, भावजाली !

प्राततारा ब्रह्मा अल्पे
जसले सृष्टि कल्पे
एक सफा डफ्फा बकुल्ला पौडिए उज्याली !
जीवनीका गतिका सुखका जीव–पङ्खा चाली !
खोजको आरम्भ हुन्छ
चल्छ जगत, आफ्ना पयर
सडकमा उचाली !

द्रुम शिखामा छवि–विहङ् प्रथम झरेर बसे !
गुप्त इन्द्रधनुष ध्वनिको गुन्जन गाएर खसे !
मेरो भित्र चिडिया लाग्यो कुर्लन, पङ्ख चाली !

स्वर्ग झर्छ, पृथिवी उड्छिन, हिमालचुलीमा भेटी !
चुबिदा छन्, लाल मदिर–अधर, अँगालो हाली !
अब सँभालिएर बस्छन्, मस्केर हेर ! साथ,
प्रात ःको कहानी हाली ! ऊष्म रङ्ग फाली !

सृष्टि लाँउछे बसन सुन्दर,
मधुर मातले छाली !
चञ्चल मातले छाली !
पाँच द्धारबाट घुस्दछ उदय–सङ्गीत –धारा !
पन्छी मान्छ पिंजरा सन्चो,
दो¥याउँछ गीत ती सारा !

धुस्नो सुकुलमाथि कवि छ, छिया छ पराल जालो !
एक–सिङ्गी गाई साथ लँगडा कुक्कर खालि !
सुख हो भन्छौ जिन्दगी यो,
किरण आँगमा हाली !

मृत्यु चिसो हुन्छ भन्छन्,
तातो अमृत थाली !
झारपात भज्न लागे गायत्रीको मन्त्र,
किरणतर्फ आफुलाई माटोमा उचाली !
ए वेरण्य भर्गस् ! सविता !
विनत छु, सिकाऊ देव !
जित्नु मृत्यु जाली !

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

त्रिमूर्ति निकेतनले राजधानी काठमाडाैँमा आज सोह्रौँ त्रिमूर्ति दिवस मनायाे । त्यस अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता

नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ

केही फरक हो म तिमीभन्दा फरक देख्छु म तिमीभन्दा फरक लेख्छु तिमी जिन्दगीलाई आशा छरिएको लोकतन्त्र ठान्छौ र म जिन्दगीलाई