टेन यियर्स च्यालेन्ज


सामाजिक सञ्जालमा टेन यियर्स च्यालेन्ज बहुतै ट्रेन्डमा छ । सबैजना आआफ्नो १० वर्ष अघिका फोटाहरु अहिलेका फोटाहरुसंग जोड्दै हालिरहेका छन् । एउटा दशकलामो परिवर्तनको यो देखाउने शिसशिला अहिले विश्वभर निकै चलिरहेको छ ।
धेरै जना प्रविधी पण्डितहरुका अनुसार यो दश वर्षे च्यालेन्ज मार्फत फेसबुकले अहिले बनाइरहेको फेसुयल रिकनिशन प्रविधी अर्थात अनुहारबाट कम्प्यूटरले र सिस्टमले नै स्वयम मान्छे चिन्ने प्रविधीलाई अझ डाटा फिड गर्न र चुस्त बनाउन चाहिरहेको बताइन्छ । दश वर्ष अघि र पछिको फोटोमा अनुहारको अध्ययन गरेर सापेक्षिक एल्गोरिदम सिस्टमले बुझ्ने हुनाले यसो गरिएको बताइन्छ तथापी फेसबुकले यस बिषयमा आधिकारीक वक्तव्य भनें दिएको छैन् ।

यस्ता दशकलामो फोटाहरुले मेशिन लर्निगंमा ठूलो टेवा पुग्ने प्रविधी पण्डितहरुको भनाई छ । करोडौं मान्छेहरुले फेसबुक, ईन्स्टाग्राम र ट्वीटरमा यो दश वर्षे च्यालेन्जमा फोटाहरु अपलोड गरेर सहभागी भइसकेका छन् । ईन्स्टा पनि फेसबुककै कम्पनी हो ।
यस च्यालेन्ज शुरु भएको तिन दिनमै ५२ लाख प्रयोगकर्ताले सहभागीता जनाएका हुन् । उता फेसबुकले भने प्रयोगकर्ताहरु बाटै यो ट्रेन्ड शुरु भएको र कम्पनीको कुनै फाइदाजनक आशय नभएको भनी टेन यियर्स च्यालेन्जलाई ब्याख्या गरेको छ । फेसबुक प्रयोगकर्ताले फेसुयल रिकनिशन अप्शन पनि छान्ने या नछान्ने भनेंर आफैले तय गर्ने सक्ने भएकाले यो कुनै कम्पनीको प्रावधान नभई प्रयोगकर्ताहरुकै स्वस्फूर्त ट्रेन्ड रहेको बताउदछ । कुरा जे सुकै होस् हामी फेसबकु चलाउनेहरुले चाँही यो ट्रेन्डवाट रमाइलो अनि उत्साहका साथै दश वर्षमा भएको परिवर्तन नियाल्न पाइरहेका छौं ।
अबको दश वर्षहरु पनि त्यस्तै सुखद रहोस् हामी सबैको ।
लाइभमाण्डु


Loading comments...