Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

विश्व धर्म दिवस

६ माघ २०७५, आईतवार १८:०५


जनवरी महिनाको २० तारिखमा विश्वभरि बिभिन्न कार्यक्तम गरेर विश्व धर्म दिवस मनाउने चलन छ । यो कार्यक्रमको मिती कुनै वर्ष जनवरी २० अनि कुनै वर्ष २१ पनि राखिन्छ । यस दिवस हरेक जनवरी महिनाको तेश्रो आइतबारमा राखिने भएकाले फरक पर्ने गर्दछ ।
धर्महरुको एक्ता अनि मानवताको विस्तार गर्न टेवा गर्ने हेतुले यस दिवस मनाउने चलन भएतापनि केही नास्तिक समुदाय अनि गैरधार्मीक संगठनहरुले यस दिवसलाई विरोध पनि गर्ने गर्दछन् । यस दिवसले कुनै एक धर्म बिशेषसंग समबन्ध नराखेको आयोजकहरुको आधिकारीक वेबसाइटमा पाइन्छ । बिभिन्न धर्म गुरुहरुको एउटै कार्यगत थलोलाई अन्र्तधार्मीक परिषद भनिन्छ अनि आजको दिन यस्ता अन्र्तधार्मीक परिषदहरुको गठन अनि सञ्चालनका लागि महत्वपूर्ण मानिन्छ ।

सन् १९५० बाट अमेरिकाको राष्ट्रिय अध्यात्मिक परिषदले यस दिवसको शुरु गरेको भएतापनि आज विश्वभरि यस दिवस आआफ्नै तवर तरिकाले मनाइन्छ । विश्वभरिका सम्पूर्ण धर्मका अनुयायीलाई आज यस विशेष दिवसले समानताको खोजिगर्दै धर्म मार्फत एकता अनि मानवताको पूर्नस्थापना गर्ने सन्देश दिन्छ ।

नेपालमा पनि अन्र्तधार्मीक परिषदमा काम गर्ने बिभिन्न संघसंस्थाहरु त्रियाशील छन् जस्ले बिभिन्न क्षेत्रमा आआफ्ना हिसाबले अन्र्तधार्मिक कार्यहरु गरिरहेको छ । एचआईभी एड्स, चेलीवेटी वेचबिखन लगायत बिभिन्न मुद्धामा जनजागरण फैलाउन अन्र्तधार्मीक परिषदको नेपालमा ठूलो महत्व छ । आजको दिनले भगवान अनि शास्त्रको पोल्टोवाट थोरै माथि पुगेर विश्वलाई नयाँ अनि समान नजरले हेर्न सबैलाई आव्हान गरेको छ ।
हरेक चर्च, मन्दिर, मस्जिद, दर्गाह अनि मण्डलीहरुमा आजको दिनले नयाँ आयाम दिन सकोस् ।
शुभकामना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग