मेरो साथीका लागी सर्वश्रेष्ठ संदेश


मेरो साथी, म तिमीलाई धेरै माया गर्छु
हामीले धेरै साथी बनाँउछौ
कोही प्रिय हुन्छन
कोही विशेष हुन्छन
कोहीसँग हामी प्रेम पनि गर्न पुग्छौँ
कोही बिदेश जान्छन
कसैले शहर परिवर्तन गर्छन
कोही छोहेर जान्छन
कोही सम्पर्कमा हुन्छन
कोही सम्पर्क बाहिर हुन्छन आफ्ना इगोको कारणले
तिनीहरु जहाँ भएपनि , ब्यस्तै भएपनि
हामी उनिहरुलाई सझंना गरिरहन्छौँ
उनिहरुले हाम्रो जिवनमा निभाएको भुमीकाका लागी
पुराना साथीहरुलाई बिर्सेको भान हुन नदिऔँ र कहिले बिर्सिदैनौँ भनेर भनिदिऔ
साथीहरु बिना यी दिनहरु काला, अध्ँयारा र उराठ छन्
कोही पेप्सीका बोतलमा पाइप लाएर खान्थे
कोही चकलेटका लागी झगडा गर्थे
कोही कक्षाकोठाको प्रथम बेन्चमा बस्थे
सानो जोकमा धेरै हास्ने पनि थिए
कोही फोन गरेर हैरान पार्ने नि थिए
कोही क्लास टेस्टमा कहिल्यै आउदैनथिए
कोही थोरै अंक आयो भनेर रुन्थे
कोही कुरा काटथे कोही कुरा लाउथे
तर जे थिए जस्ता थिए साथी हुन
सबैलाई माया , माया माया

म तिमीलाई माया गर्छु
तर म तिम्रो प्रेमी हैन
अंगालो मार्छु तिमीलाई
तर म तिम्रो जिवन साथी पनि हैन
म तिम्रो जिवनप्रति वास्ता राख्छु
तर म तिम्रो परिवार पनि हैन
तिम्रो पिडाहरु बाड्न तैयार छु
तर तिमीसँग रगतको नाता छैन मेरो
हामी साथी हौ,
असल साथीले बुवाले जस्तै हकार्न सक्छ
आमाले जस्तै माया गर्छ
दिदि बहिनीले जस्तै रिस उठाउछ
भाइले जस्तै गिज्याउछ
र अन्तमा तिम्रो प्रेमी या प्रेमीकालेभन्दा धेरै माया गर्छ
यो संदेश आफ्ना बिशेष मित्रहरुलाई पठाउनुहोस्
जिवन बास्तवमै केही हैन यदि माया र मित्रता नहुने हो भनेँ
सबैलाई माया दियौँ
र मायाको बदलामा केही अपेक्षा नगरौँ
किनभने माया गर्नु कुनै कारोवार या सट्टापट्टा हैन
जत्तिकै ब्यस्त भए पनि साथीसँग केही समय बिताउनुहोस
किनभने एकदिन तपाइसँग समय हुनसक्छ
तर वरिपरि साथी नहुन सक्छन |

लाइभमाण्डु


Loading comments...