
चाणक्यका महान भनाइहरु
७ माघ २०७५, सोमबार १९:०८
चाणक्यलाइ कौटिल्य वा कौटल्य नामले चिन्न सकिन्छ । उनको जन्म लगभग इसा पूर्व ३७० मा भयो र मृत्यु इसा पूर्व २८३ मा भयो भन्ने छ । उनि तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए। उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए। अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ। मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो। विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ। बुद्धघोषद्वारा बनाइएको विनयपिटकको टीका तथा महानाम स्थविर रचित महावंशको टीकामा चाणक्यको वृत्तान्त दिइएको छ। चाणक्य तक्षशिला (वर्तमान समयमा पाकिस्तानको रावलपिण्डी नजिक) का निवासी थिए। वहाँको जीवनका घटनाहरूको विशेष सम्बन्ध मौर्य चन्द्रगुप्तको राज्यप्राप्तिसँग रहेको छ। वहाँ त्यससमयका एक प्रसिद्ध विद्वान थिए। वहाँको जीवन निकै सरल थियो भन्ने गरिन्छ वहाँ राजसी ठाट-बाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे। उनि निकै नै बुद्दिमान र चतुर मानिसको रुपमा लिने गरिन्छ । उनले त्यो समयमा भनेका बचनहरु आज पनि उत्तिकै समय सान्दर्भिक र प्रेरणायोग्य छ । प्रस्तुत छ चाणक्यका महान भनाइहरु
– ज्ञान भन्दा ठूलो अर्को कुनै गुरू हुँदैन ।
– गुरू, मूर्ख, मित्र र स्वजनहरूसित बुद्धिमान व्यक्तिले व्यर्थ विवाद गर्नुहुदैन ।
– जो आरूको कल्याणको लागि काम गर्छ त्यही सत्पुरूष हो ।
– चन्द्रमाले जसरी उज्यालो दिन्छ त्यसै गरी सज्जनले प्राणामाथी दया गर्नुपर्दछ ।
– भोको भए पनि बाघले घास खादैन ।
– अधिक लोभ अधिपतनको कारण हो ।
– आफ्नो इच्छाअनुसारको नियम बनाउने शासक महान् अत्याचारी हो ।
– धनरहीत हुदैमा कसैलाई पनि निर्धन मान्न सकिदैन ।
– अपमान सहेर बाँच्नुभन्दा पैतलाको धुलो उत्तम हुन्छ ।
– सुन्दर रूप, तरूण अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो ।
– मानिस असल गुणले उत्तम हुन्छ न की उच्च आसनमा बसेर, महलको छानामा बस्दैमा काग गरूढ बन्छ र ?
– आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका