Lifestyle Portal
  •   १४ चैत्र २०७९, मंगलवार

बर्षाले बुटबलमा फ्यानबाट पाइन् वैवाहिक जीवनका लागि अग्रिम् शुभकामना

६ माघ २०७५, आईतवार २२:०४


फिल्म ‘गोपी’को प्रचार प्रसारका लागि बुटबल आइपुगेकी वर्षा राउतलाई फ्यानले दुलही हुने शुभकामना दिएका छन् । फ्यानले केक काटेर शुभकामना दिँदै ब्राइड टु बिको गाउन समेत लगाइदिएका थिए । वर्षाकी फ्यानमध्येकी एक ममता शर्माले आफूले वर्षा राउतलाई विगत चार पाँच वर्षदेखि फलो गर्दै गरेको र विवाहको शुभकामना दिन सानो कार्यक्रमको आयोजना गरेको बताइन् ।

‘वर्षा दिदी हामी जस्तो धेरैको आदर्श हुनुहुन्छ । उहाँ नयाँ जीवन सुरु गर्न गइरहनु भएको छ । त्यसैले हामीले ब्राइड टु बि गर्ने प्रस्ताव राखेका थियौं जुन उहाँले सहर्ष स्वीकार्नु भयो । उहाँलाई धेरै धेरै शुभकामना,’ शर्माले भनिन् ।

वर्षाले ममता जस्तै देशभरका फ्यानको समूह रहेको र उनीहरुले विवाहको खबर सार्वजनिक भएसँगै ब्राइड टु बि गरौं है भनेर भनेको प्रस्तावलाई आफूले स्वीकारेको बताइन् ।

‘उहाँहरुको मायाले नै म यहाँ छु । म बुटबल आउँदैछु भन्ने थाहा पाएदेखि नै उहाँहरुले हामी यस्तो कार्यक्रम गर्छौं है भन्नु भएको थियो । यसलाई मैले उहाँहरुले दिएको शुभेच्छाको रुपमा बुझेको छु । उहाँहरुको आशिर्वाद लागोस्,’ वर्षाले भनिन् ।

फिल्मको ‘गोपी’को प्रचार गर्ने क्रममा वर्षाले फिल्मको पटकथा तथा चरित्र मन परेका कारण फिल्ममा अभिनय गरेको फिल्म दर्शकलाई पनि मन पर्ने विश्वास व्यक्त गरिन् । यसै गरी वर्षाले विवाह पछि पनि अभिनयलाई निरन्तरता दिने बताएकी थिइन् ।

‘म जुन घरमा विवाह गरेर जाँदैछु त्यो घरले कलाकारिताको मर्म मैलेभन्दा राम्ररी बुझेको छ । मलाई मन लागुञ्जेल अभिनयमा सक्रिय रहनेछु,’ वर्षाले भनिन् ।

अभिनेता तथा व्यवसायी सन्जोग कोइरालासँग फागुन २ मा भ्यालेन्टाइनको दिन विवाह गर्दैछिन् । दुवैले सामाजिक सञ्जालमार्फत् यही १४ फेब्रुअरी अर्थात् प्रेम दिवसको दिन विवाहको घोषणा गरेका हुन् । दुवै करिब ५ वर्षदेखि रिलेसनसिपमा थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा