आज यमपञ्चकको चौथो दिन “गोबरधन पूजा”


काठमाण्डौ, २२ कार्तिक । आज यमपञ्चकको चौथो दिन गोबरधन पूजा । देउसी खेल्ने दिन पनी । किशोर किशोरी, बालबालिका सबै उमेर समुहका मानिसहरु आज देउसीखेल्न घर घर डुल्ने गर्दछन ।  एक जनाले भट्याएर सुरु गरिने देउसीमासमुहका अन्य सदस्यले एकै स्वरमा देउशी रे भनिन्छ । देउसी खेलेको केहि समयमा घरमालिकले दानदिई सके पछाडी उक्त् घरमा सधै शुख शान्तिको कामना गरि आशिक दिइन्छ ।

ए भन मेरा भाई हो  देउसीरे
राम्ररी भन देउसीरे
रातो माटो, चिप्लो बाटो
लडदै पड्दै, आएका देउँसे
हामी त्यसै आएका हैनौं
बली राजाको हुकुम ले गर्दा

यसै गरि भट्याउनेले केहि पौराणिक कुराहरु, केहि हासीमजाकका कुराहरुजोडेर समूहमा एक जनाले भट्याई सके पछाडी देउसी खेल्दै गरेको घरकासदस्यले नांगलोमा दियो बालि, चामल, मकै, पैसा, सजाएर घरको आगनीमा ल्याइन्छ।

एक पटक ल्याएको दक्षिणा कम भयो भने यस्तो तरिकाले भट्याउने गरिछ:

“केराको थम्वाहामी यतिजना भाई जम्मा
झिलीमिली झिल्ला, ताते रोटी मिल्ला” जस्ता पंक्तिहरु हामीमध्ये धेरैको बाल्यकालसँगजोडिएको होला ।

यो घर हेर्दा
सिंहदरवार जस्तो
आँगनै हेर्दा
टुँडिखेल जत्रो
देँउसेको दक्षिणा हेर्दा
कनिका जत्रो

अनि थप रकम आएमा या आशिष दिइन्छ । मौलाउने दुबो अनि हलक्कबढेका जमरा संग तुलना गर्दै शान्ति ऐश्वर्य लगायतका दृष्टान्त का साथ आशिष दिइन्छ ।

यसपाला आँउदा सुनको छानो
अर्को साल आँउदा टिनको छानो
अर्को साल आँउदा पक्का को छानो

यस्तै क्रमले सुनको छानो सम्म आशिष दिइन्छ । देउँसेले दिएको आशिषलेसाँच्चिकै विशेष मान्यता राख्दछ…. आशिषहरु साँच्चीकै समय सान्दर्भीकछन् । वास्तवमै हामी सबैलाई देउँसेले दिएको आशिष लागोस्, सदभावबढोस् । आजको दिन रिसराग सबै भूलेर छरछिमेकको घरमा देउँसी खेल्नजाने र सदभाव बढाउने चलन छ । देउँसीवाट संकलित रकमले कुनैसामाजिक कार्य गर्ने या समूहमा भाग लगाएर या वनभोज जाने पुरानो रितीनेपाली समाजमा पुस्तौ पुस्ताले दोहोर्याइरहेका छन् ।

तर आहा भोलि सबै ठाउमा यसरि देउसी भैलो खेलीदैन । सस्कृतिको नाममाबिस्तारै बिकृति पनि मिसिदै छन । देउसी भैलो खेल्न जादा ठुला ठुलास्पिकरहरु बजाएर गाउतोला नै थर्काउने गरिन्छ । अझ पटकाको त कुरैनगरौ, कुनै युद्द भुमि जस्तो भान हुने भैसकेको छ । यसरी नै हाम्रो देउसी खेल्नेसस्कृतिमा आधुनिकताको नाममा बिकृति भित्राउने हो  भने देउसी खेल्नेसस्कृति लोप नै हुने देखिन्छ । त्यसैले यस चलनलाइ जोगाउनको लागीबिशेस पहल गरिनु पर्दछ ।


Loading comments...