
बालगायक प्रिन्सको ‘न मानामा नापिन्छ मायाँ’ को भिडियो सार्वजनिक
७ माघ २०७५, सोमबार १३:२८
चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका ११ वर्षीय बालगायक प्रिन्स सिलवालको पहिलो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
उनकै स्वर रहेको गीत ‘न मानामा नापिन्छ माया’को म्यूजिक भिडियो बजारमा आएको हो । पर्यटकीय क्षेत्र सौराहामा छायाँकन गरिएको भिडियोमा मौलिक पोषाकमा सजिएका थारु युवतीहरुको कोरस नृत्य अगाडि प्रिन्सको मोडलिङ छ । उनले किशोरी निशा पाण्डे र जेनी घमलासँग मोडलिङमा रोमान्स गरेका छन् ।
भकारी एमडिसीको प्रस्तुतिमा बनेको म्यूजिक भिडियो सार्वजनीक गर्ने कार्यक्रममा प्रिन्सले मायाँ केहीसँग पनि नाम्न नसकिने भएकाले जो कोही सँगपनि मायाँ गाँसिन्छ भन्ने सन्देश गीतमा रहेको भन्दै दर्शकहरुको साथ पाउने आशा गरिएको बताए ।
उनी हाल गोल्डेन होराईजन एकाडेमी काठमाडौमा कक्षा ५ मा पढ्दै छन् । उनका प्रिन्सिपल महेन्द्र वस्तीेले मिठो स्वर, मिहिनेती र इमान्दार विद्यार्थी भएकाले संगित क्षेत्रमा उनको भविश्य उज्ज्वल रहेको बताए ।
निर्देशक सञ्जय पाण्डेले प्रिन्सको प्रस्तुति उत्कृष्ट रहेकाले भविश्य राम्रो रहेको प्रतिक्रिया दिए । यसअघि प्रिन्सले दशैंको अबसरमा उमङ्गले भरिएको गीत ‘दशै मनाउने हो, नाच्दै रमाउने हो’ भिडियो सहित बजारमा ल्याएका थिए । ‘न मानामा नापिन्छ मायाँ’ बोलको गीत पहिलो रेकर्ड भएपनि म्यूजिक भिडियो भने दोस्रो हो । यसलाई दशैंमा बालबालिकाहरुले खुब मनपराएका थिए ।
गीतमा बसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको सङ्गित रहेको छ । प्रिन्सका बुबा रमेश सिल्लवालले सानैदेखिको रुचि अनुसार उसलाई कला र गीत–सङ्गितमा अभ्यास गराउन थालिएको बताए । सञ्जय पाण्डेको निर्देशन र कृष्ण रसालको नृत्य निर्देशन रहेको म्यूजिक भिडियोको छायाँकन भने चक्र महर्जनले गरेका हुन् ।
जो मानिसमा जे प्रतिभा छ त्यही प्रतिभा प्रष्फुटनमा अभिभावकले सहयोग गर्नुपर्ने बताउँदै नृत्य निर्देशक रसालले प्रिन्स सङगित क्षेत्रको प्रतिभावान बालक भएको प्रतिक्रिया दिए । उक्त म्यूजिक भिडियोलाई ‘वेष्ट टोन म्यूजिक’ले युट्यूवमा ल्याएको छ ।




https://www.youtube.com/watch?v=6NPLmWZHi9Y
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा