
अब IELTS को परीक्षा कम्प्युटर प्रणालीमा
७ माघ २०७५, सोमबार २०:००
अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (IELTS) को परीक्षा अब कम्प्युटर प्रणालीबाट पनि दिन सकिने भएको छ ।
यसअघि IELTS परीक्षा कागजी प्रणालीमा मात्रै थियो । अब परीक्षार्थीले दुई मध्ये एक विकल्प रोजेर आफूलाई सहज हुने प्रणालीबाट परीक्षा दिन सक्नेछन् ।
कम्प्युटर प्रणालीबाट लिइएको परीक्षाको नतिजा छिटो सार्वजनिक हुनेछ । कागजी प्रणालीको दुई हप्ता र कम्प्युटर प्रणालीको नतिजा एक हप्ताभित्र प्रकाशन हुने ब्रिटिश काउन्सिलले जनाएको छ ।
विषयवस्तु दुवै प्रणालीमा समान हुने र बोलाई अर्थात् स्पिकिङ टेस्ट पनि दुवै प्रणालीको परीक्षकसँग आमने सामने नै हुने काउन्सिलको भनाइ छ ।
शिक्षा, आप्रवासन र पेशागत प्रमाणिकरण प्रयोजनका लागि आइईएलटीएसको परीक्षा विश्वभर लिइन्छ ।
IELTS को स्वामित्व संयुक्त रुपमा ब्रिटिश काउन्सिल, इन्टरनेशनल डेभलपमेन्ट प्रोग्राम (IDP), IELTS अष्ट्रेलिया र क्याम्ब्रिज एसेस्मेन्ट इङ्लिससँग छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,