rasifal

साप्ताहिक राशिफल


युवा ज्यो. गंगासागर उपाध्याय

युवा ज्यो. गंगासागर उपाध्याय
मो. ९८४६-२७८५१०
https://facebook.com/jyotishupachar,
[email protected]

मेष
साताको शुरुमा स्वास्थ्य कमजोर रहँदा काम कार्य गर्न असहज हुनेछ भने सोचे अनुरुपका काम कार्य समेत बन्ने छैनन्। बुध र बिहीबारको दिनमा भने केही अवसरहरु जुर्नेछन् । अध्ययन अध्यापन क्षेत्रमा प्रगतिकारक समय रहेको छ । अर्थिक पक्षमा समेत सुधार भएर जानेछ । विशेष गरी यो साता  विद्यार्थी वर्गका लागि लाभकारी समय रहेको छ । कलात्मक कार्यमा अग्रसर भइनेछ तर सामाजिक व्यक्तित्वका लागि भने केही अपजश मिल्न सक्ने संभावना देखिन्छ बोलिमा विचार पु¥याउनु होला । पेटसँग सम्बन्धित समस्या पर्न सक्छ खानपान एवं व्यायाममा ध्यान दिनुहोला । शुक्रबार पछिको समयमा भने धनसंचय गर्ने वातावरण बन्ने छ । नसोचेका काम कार्यबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहला । प्रेम प्रसंगले नयाँ मोड लिनेछ । विशेष कार्यको नेतृत्व गर्न पाइनेछ । मनोरञ्जनात्मक छोटो यात्राको संभावना समेत प्रबल देखिन्छ । समग्रमा यो सातामा नविन लगनि गर्नु पर्दा शुक्रबार पछिको समय उत्कृष्ट रहेको छ ।

वृष 
साता मिश्रीत फलदायी रहेको छ । साताको शरु दिन हर्षोल्लास पूर्वक वित्नेछ । कृषि एवं बन्दव्यापारबाट समेत विशेष प्रकारको लाभ मिल्नेछ । दाजुभाइसँगको सम्बन्ध सुमधुर रहला । पराक्रम बढेर जानेछ । भौतिक सुखसुविस्ता उपभोग गर्न पाइनेछ । बुध र बिहीबारको दिनमा तपाईँको राशि देखि चतुर्थ स्थानमा भ्रमण गर्ने चन्द्रमा ग्रहका प्रभावले काम गरेर चित्त बुझाउन सकिने छैन । नैराश्यजनक खबर मिल्नेछ । परिश्रमको उचित मूल्यांकन नमिल्दा काम गर्ने जाँगर लाग्ने छैन । आफन्तजनसँग नै विवाद पर्न सक्छ संयम रहनु होला । अरुको भर विश्वासमा पर्दा विशेष अवसर गुम्नेछ । शुक्रबार र शनिबारको दिनमा भने केही सुधारोन्मुख समय देखिन्छ । नविन ज्ञान ग्रहण गर्न पाइनेछ । मान्यजनको साथ समर्थनले गरेका कार्यमा सफलता मिल्नेछ । तर स्वास्थ्य समस्या भने यथावत् नै रहला । पारिवारिक समस्या समेत थपिन सक्छ सजक रहनु होला । आइतबार र सोमबारको दिनमा भने रोकिएका काम कार्यले गतिलिनेछन् भने नविन कार्यको प्रस्ताव समेत आउनेछ । आम्दानिका नयाँबाटाहरु फेला पर्नेछन् । समग्रमा यो सतामा मंगलबार र सोमबार शुभ फलदायी रहेका छन्, अन्यदिनमा दैनिक काम कार्यमा नै व्यस्थ रहनु उचित देखिन्छ ।

मिथुन
साताको शुरुमा कृष्णपक्षको चन्द्रमा तपाईँको राशिदेखि द्वितीय स्थानमा भ्रमण गर्दैछ जस्का प्रभावले धनमाल हराउने वा चोरी हुने प्रवल संभावना देखिन्छ विशेष संयम रहनु होला । साथै नविन लगानि पनि उचित देखिन्न । बुधबार र विहीबारको दिनमा भने समय सुधारोन्मुख रहनेछ । उद्योग, व्यवसाय एवं श्रममार्गबाट उचित लाभ मिल्नेछ । नविन लगानिको अवसर समेत मिल्नेछ । साथीसंगीसँगको रमाइलो भ्रमणको योग समेत देखिन्छ । अध्ययन अध्यापन क्षेत्रमा विशेष चासो रहनेछ । बौद्धिक कलाको प्रशंसा समेत हुनेछ । त्यस शुक्रबार पछिको समयमा भने साना साना कुरामा अल्झनु पर्नेछ । लहैलहैमा लाग्दा अनवाश्यक खर्च समेत हुनेछ । वेसुरे बोलिका कारण समस्यामा परिन सक्छ संयम रहनु आवश्यक देखिन्छ । नगरेका काम कार्यमा समेत आरोप लाग्न सक्छ विचार पु¥याउनु होला । आइतबार र सोमबारको दिनमा आंशिक रुपमा आर्थिक लाभ हुनेछ भने स्वास्थ्यमा समेत सुधार हुनेछ । यो सातामा विशेषगरी बुधबार र विहीबारको दिन शुभ रहेको छ । नविन कार्यको आरम्भ गर्नु उपयुक्त हुनेछ ।

कर्कट
मंगलबारको दिन तपाईँको राशिमा स्थित चन्द्रमा ग्रहका बलले सामाजिक प्रतिष्ठामा बृद्धि हुनेछ । सम्मानजनक कार्य गरिनेछ । समर्थकहरुको उचित साथले गर्दा विशिष्ट कार्यको आरम्भ समेत हुने देखिन्छ । बुधबार र विहिबारको दिनमा भने शारीरिक आलस्यताले गर्दा काम गर्ने जोश जाँगर लाग्ने छैन । अवसर हुँदा हुँदै विकल्पको खोजीले तनाबको स्थिति सृजना हुन सक्छ चनाखो रहनु आवश्यक देखिन्छ । प्रेममा मनमुटाव, पारिवारिक समस्या जस्ता कुरामा अल्झनु पर्नेछ । शुक्रबार र शनिबारको दिनमा भने पराक्रम भावमा स्थित चन्द्रग्रहका प्रभावले आत्मसन्तिुष्टि मिल्नेछ । सहि कार्यको थालनिले धेरै व्यक्तिको समर्थन पाइनेछ । अवसरहरुले पछ्याउनेछन् । बोलिको प्रभाव रहनेछ । सहोदरका व्यक्तिको साथ मिल्नेछ । टाढिएका आफन्तजनसँग समेत नजिकिने अवसर मिल्नेछ । आइतबार र सोमबारको दिनमा भने अरुको निर्णयमा हिँड्दा दुःख, कष्ट झेल्नु पर्ला, आफ्नै सोच विचारले कार्यको आरम्भ गर्नु होला । समग्र रुपमा यो सातामा मंगलबार, शुक्रबार र शनिबारको दिन आर्थिक दृष्टिले शुभ रहेका छन् ।

सिंह
मंगलबारको दिन त्यत्ति सन्तुष्ट प्रद देखिन्न । अनावश्यक कार्यमा समय खर्च हुनेछ । दैनिक काम कार्यमा समेत बाधा आउन सक्छ सजक रहनु होला । बुधबार र विहीबारको दिनमा भने आत्मकारक ग्रहका बलले सही निर्णय लिन सकिनेछ । विपक्षीहरु शरणमा आउन बाध्य हुनेछ । सम्मानजन कार्य गर्न सकिनेछ । जोखिम युक्त कार्यलाई पनि सहज ढंगले गर्न सकिनेछ । आर्थिक पक्षमा समेत लाभकारी समय रहेको छ । शुक्रबार र शनिबारको दिनमा भने केही अपजश खेप्नु पर्नेछ । सोचे अनुरुपका कार्य नबन्दा दुःख लाग्नेछ । काम गर्ने जाँगर घटेर जानेछ । नैरश्यजनक खबर सुन्नु पर्ला । पारिवारिक सम्बन्धमा समेत मनमुटाव हुन सक्छ सजक रहनु आवश्यक देखिन्छ । साताको अन्त्य अर्थात् आइतबार र सोमबारको दिनमा भने घरमा मंगलिक कार्य हुनेछ । टाढिएका आफन्तजनसँगको सम्बन्धमा सुधार हुनेछ । पराक्रम बढेर जानेछ । आफ्नै बाहुबलले नै धेरै कार्यमा सफलता मिल्नेछ । समग्रमा योग सातामा बुध, बिही, आइत र सोमबारको दिन विशेष लाभकारी रहेका छन् ।

कन्या
साताको शुरुमा आर्थिक उपार्जनका कार्यहरु हातलाग्ने छन् । प्रेमप्रसंगले मूर्त रुप लिनेछन् । व्यापार व्यवसायमा समेत उचित लाभ मिल्नेछ । बुधबार र विहिबारको दिनमा भने तपाईँको राशि देखि १२ औं भावमा स्थित चन्द्रमा ग्रहका प्रभावले अनावश्यक कार्यमा समय वित्नेछ । गलत व्यक्तिको संगले गर्दा समस्यामा परिन सक्छ सजक रहनु होला । कठोर बोलिले गर्दा आफन्तजनसँगनै मनमुटाब हुन सक्छ बोलिमा समेत विचार पु¥याउनु पर्नेछ । विपक्षीहरु सक्रिय रहनेछन् । कमजोरीको फाइदा उठाउनेहरु सक्रिय रहनेछन् । शुक्रबार र शनिबारको दिनमा भने समय शुभ रहेको छ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने छ । सकारात्मक सोच विचारको उदय हुनेछ । विवादित कार्यलाई मिलाएर अघि बढ्ने समय रहेको छ । ज्ञानमूलक कार्यमा मन जानेछ । नविन स्थानको भ्रमण समेत नहोला भन्न सकिन्न । आइतबार र सोमबारको दिनमा भने धन भएर पनि उचित स्थानमा लगानि गर्न सकिने छैन । व्यर्थको स्थानमा खर्च होला । समग्रमा यो सातामा मंगलबार, शुक्रबार र शनिबारको दिन शुभ रहने देखिन्छ ।

तुला
यो सातामा धेरै परिवर्तनहरु हुनेछन् । साताको सुरुवातिमा नोकरिमा उन्नति हुनेछ । गरेका अधिकांश काम कार्यले पूर्णता पाउनेछन् । नविन कार्यको प्रस्ताव आउनेछ । साथीसंगिसँगको रमाइलो भेट होला । आर्थिक पक्षमा सुधार हुनेछ । व्यापार व्यवसाय एवं श्रममार्गमा लाग्नेहरुका लागि समेत विशेष लाभ प्राप्त हुनेछ । प्रतिक्षित नतिजामा सफलता मिल्नेछ । सामाजिक प्रतिष्ठा थपिनेछ । तर शुक्रबार र शनिबारको दिनमा भने गरिरहेका काम कार्य छाड्नु पार्ला । आकस्मिक कष्टकर यात्राको बाध्यता आइलाग्नेछ । सहयोगिहरु टाढिनेछन् । असजह परिस्थितिको सामना गर्नु पर्ला । चिन्ता, पिर थपिनेछ । तपाईँको मिहीनेतको फल अरुले नै लिनेछन् । साताको अन्त्य अर्थात् आइतबार र सोमबारको दिनमा भने विपक्षीलाई परिपार्न सकिनेछ । मान्यजनको समर्थनले विशेष कार्यको आरम्भ हुनेछ । पारिवारिक मेलमिलापको वातावरण बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । माया, प्रेमको बन्धन कसिलो रहला । आर्थिक पक्षमा समेत सुधार हुने खाले समय रहेको छ । समग्रमा शुक्रबार र शनिबार बाहेकका दिन शुभ फलदायी नै रहने देखिन्छ ।

बृश्चिक
भाग्यले साथ दिँदा विशेष प्रगतिकारक साता भन्दा हुन्छ । अघिदेखि रोकिएका विवादित कार्यको टुंगो लाग्नेछ । धर्म कर्म एवं पारोपकारी कार्यमा समय व्यतित गर्न पाउँदा सन्तुष्टि भइनेछ । आँटेका काम कार्य एकाएक पूरा हुँदा खुसी लाग्नेछ । बौद्धिक कालाको प्रशंसा हुनेछ । आफन्तजनसँगको सम्बन्धमा सुधार हुनेछ । व्यापार व्यवसायबाट समेत अनपेक्षित लाभ मिल्नेछ । नयाँ मित्रता गाँसिनेछ । भविष्यका लागि धन संचय गरिनेछ । अध्ययनमा रुचि बढ्नेछ । साताको अन्त्य अर्थात् आइतबार र सोमबारको दिनमा भने एक्कासी स्वास्थ्य खराबी देखा पर्न सक्छ सजक रहनु होला । विपक्षीहरुले विघ्नबाधा ल्याउने प्रयास गर्नेछन् । विना सोचको निर्णयले पछुताउनु पर्ला । समग्रमा हेर्दा यो सतामा मंगलबार, आइतबार र सोमबार बाहेकका दिनमा नविन कार्यको थालनि एवं आर्थिक लेनदेनबाट लाभ मिल्ने देखिन्छ ।

धनु
साताको शुरुमा केही कष्टकारी स्थिति सृजना हुनेछ । नोकरीमा अपजश मिल्नेछ । जिम्मा लिएका काम कार्य समयमा गर्न नसक्दा भनाइ खानु पर्ला । अरुको भरविश्वासमा गोपनियताको ख्याल नराख्दा समस्यामा परिन सक्छ त्यस तर्फ संयम रहनु आवश्यक देखिन्छ । व्यवसायमा नविन लगानि त्यत्ति उपयुक्त देखिन्न । सहयोगिहरुले हात झिक्नेछन् । शुक्रबार पछिको समय भने विशेष लाभकारी रहेको छ । व्यापार व्यवसायबाट मनग्य नाफा मिल्नेछ भने नविन लगानिको वातावराण समेत बन्नेछ । धार्मिक यात्राको संभवाना देखिन्छ । पारिवारिक साथ समर्थनले विशेष कार्यको आरम्भ हुनेछ । मांगलिक कार्यमा सरीक हुने अवसर समेत मिल्नेछ । नविन ज्ञानले गर्दा दैनि काम कार्यमा समेत सहजताको अनुभव हुनेछ । मानसिक क्षमतामा बृद्धि हुनेछ । लक्ष्यमा पुग्न सफल भइनेछ । समग्रमा शुक्रबार देखिको समय विशेष लाभकारी रहेको छ त्यस समयमा नविन लगानि एवं नविन कार्यको आरम्भ गर्नु शुभ हुनेछ ।

मकर
साताको शुरुमा प्रेम प्रस्ताव आउनेछ । आरुलाई आकर्षित गर्न सकिनेछ । सकारात्मक सोचले गर्दा धेरै कार्यमा सफल भइनेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । साताको मध्यसमयमा भने व्यर्थको कार्यमा समय विताउनु पर्नेछ । अरुका काम कार्यमा मरिमेटि लाग्नु पर्नेछ तर आफ्ना कार्यले विश्राम लिनेछन् । मान्यजनसँग विवाद हुन सक्छ बोलिमा विचार पु¥याउनु होला । शारीरिक कमजोरीको महशुस हुनेछ जस्ले गर्दा दैनि काम काजमा समेत समस्या देखिनेछ । नकारात्मक कार्यमा ध्यान पुग्नेछ । तर आइतबार र सोमबारको दिन भने विशेष लाभकारी समय रहला । टाढिएका आफन्तजनसँग सम्बन्ध सुधार्ने बेला रहेको छ । बोलिको प्रभाव रहनेछ । रोकिएका काम कार्यलाई सुचारु गर्न सकिनेछ । मानसिक क्षमतामा बृद्धि हुनेछ । देश देशान्तरमा आफ्नो पहुँच स्थापित गर्न सकिनेछ । नविन लगानि गर्दा समयले साथ दिनेछ । समग्रमा यो सातामा मंगलबार, आइतबार र सोमबारको दिन विशेष लाभकारी रहने देखिन्छ ।

कुम्भ 
साताको शुरुवाति समय विशेष लाभप्रद रहनेछ । आर्थिक उपार्जनका कार्यहरु बन्नेछन् । सामाजिक प्रतिष्ठा थपिनेछ । थालेका अधिकांश काम कार्यले सफलता लिनेछन् । विपक्षीलाई पनि मेलमिलापको अवस्थामा ल्याउँदा काम कार्य गर्न सहज हुनेछ । मांगलिक कार्यमा सरीक हुन पाइनेछ । पारिवारिक समस्या समेत हल भएर जानेछ । विपरितलिंगिको सहयोग पाइनेछ । लक्ष्यमा पुग्न सफल भइनेछ । शुक्र र शनिबारको दिनमा भने तपाईँको राशिदेखि अष्टमभावमा स्थित चन्द्रमा ग्रहका बलले नविन लगानिले तनाब निम्त्याउने छ चनाखो रहनु आवश्यक देखिन्छ । नगरेका कार्यमा समेत आरोप प्रत्यारोप लाग्न सक्छ संयम रहनु होला । विश्वास गरेका व्यक्तिले धोका दिनेछन् । तर आइतबार र सोमबारको दिनमा भने केही शुभ संकेतको संभावना देखिन्छ । व्यवसायमा लाग्ने व्यक्तिहरुका लागि लाभकारी समय रहेको छ । धार्मिक क्षेत्रमा खर्च हुनेछ । तर नोकरीमा भने अपजश नै व्यहोर्नु पर्ला । विशेष गरी यो साताका लागि मंगल, बुध र बिहीबार नै सम्पूर्ण प्रकारले लाभकारी समय रहने देखिन्छ ।

मीन
मंगलबारको दिनमा मिश्रीत फलदायी समय रहनेछ । विद्यार्थी वर्गका लागि प्रगतिकारक समय रहेको छ । तर व्यवसायमा लाग्नेहरुका लागि भने मन्दिपनले सताउनेछ । अनावश्यक झन्झटको सामना समेत गर्नु पर्ला । विपक्षीले काम कार्यमा बाधा ल्याउनेछन् सजक रहनु आवश्यक देखिन्छ । बुधबार देखि शनिबारसम्मको समय उपयुक्त रहेको छ । आर्थिक उपार्जनका कार्यको थालनि हुनेछ । अरु व्यक्तिलाई विश्वास दिलाउन सक्दा महत्वपूर्ण कार्यको जिम्मेवारी पाइनेछ । भविष्यसम्म लाभ हुने क्षेत्रमा लागानिको अवसर मिल्ला । पारिवारिक समस्या हल हुनेछ । विशेष कार्यको थालनि हुनेछ । छरछिमेकिको उचित साथ पाइनेछ । माया—प्रेमको बन्धन कसिलो रहला । तर आइतबार र सोमबारको दिनमा भने एक्कासी स्वास्थ्य समस्या देखिन सक्छ सजक रहनु होला । गोपनियता बाहिरीँदा गर्दै गरेका कार्यमा अबरोध आउनेछ त्यस तर्फ समेत विशेष सचेत रहनु पर्नेछ । टाढाको यात्रा उपयुक्त देखिन्न । समग्रमा यो सातामा कुनै पनि कार्यको आरम्भ गर्नु पर्दा वा विशेष लगानि गर्नु पर्दा बुधबार देखि शनिबारको दिन शुभ रहेको छ ।


Loading comments...