
हाँस्नको लागि Nepgasmको चुल्हो निम्तो
८ माघ २०७५, मंगलवार ११:५८
समाजमा रहेका विभिन्न समस्या, विभेद, अन्धविश्वास तथा राजनैतिक पक्षलाई हाँस्य व्यङ्गको रुपबाट प्रस्तुत गर्ने Stand up Comedy को भुमिका बढिरहेको छ । हँसाउने कुरा निकै कठिन पक्ष पनि हो, झन समय सान्दर्भिक पक्षलाई जोडेर हासँउनु सजिलो पनि छैन । दैनिक जिवनका काम तथा विभिन्न कारणले मानिसहरु तनावमा रहेका छन्, नयाँ शैलीको कमेडीले केही हदसम्म भएपनि तनाव कम गर्न पनि महत्वपुर्ण भुमिका खेलेको पाईन्छ । विभिन्न प्रसङ्ग तथा जोक्सहरुमा तपाई हामीले आफुनै पात्र भएको महसुस गर्दछौ अनि दैनिक जिवनका त्रियाकलापलाई छुदाँ पिडा वा दुख नै भएतापनि हामी हास्न सफल हुन्छौ । पछिल्लो समयमा नेपालमा पनि Standup Comedy ले राम्रै स्थान पाएको छ , जसबाट दर्शकहरुले पृथक किसिमको मनोरञ्जन लिन पाएका छन् ।
नेपाली क्षेत्रको भविष्य राम्रो भएको सामाजिक सञ्जाल तथा युटुवमा दर्शकको संख्या र प्रतिक्रियाहरुबाट थाहा पाउन सकिन्छ । यसै क्रममा नेपालमा मार्फत दर्शकहरुको मन जित्न सफल भएको छ । एक वर्षकै समयमा दर्शकहरुमा माझ निकै प्ररिचित हुन पुगेको Nepgasm को युटुवमा एक लाख पचास हजार सब्सकाराइबर पुगि सकेका छन् । नयाँ कलाकारलाई चिनाउन पनि महत्वपुर्ण सावित भएको छ । लेखमणि त्रिताल , सरोज भण्डारी , डोरेश खतिवडा, उमेश कुमार गौतम र बिबेक उप्रेति लाई दर्शकहरुले निकै रुचाएका छन् । दर्शकहरुको साथ र मायाले हौसला मिलेको लेख मणि तृताल बताउछन् ।
बिगत् केहि समय यता Nepgasm र Celebrity Management Nepal को संयुक्त अयोजना हुँदै आइरहेको नेपालकै प्रथम तथा उत्कृष्ट Stand-up comdey शोको पाँचौ संस्करण यहि आउँदो माघ १२ गते हुने तय भएको छ। बिगतका चार संस्करणमा यस शोले निकै चर्चा कमाइसकेको छ । Youtube मार्फत् शुरु गरिएको यस शोले दर्शकसामू निकै राम्रो प्रभाव पार्न सफल भइसकेको छ। त्यसैलाइ निरन्तरता दिने क्रममा उक्त सो माघ बाह्र गते राष्ट्रिय सभागृह काठमाण्डौमा हुने भएको हो ।
सोमा निकै चर्चामा मा अएका लेखमणि त्रिताल , सरोज भण्डारी, डोरेश खतिवडा, उमेश् कुमार गौतम् (U.K.G) र बिबेक उप्रेति गरि पाँच जना हाँस्य कलाकारको को बिषेश प्रस्तुति रहनेछ । यस शोको टिकट book my shows मार्फत् र Nepgasm को फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत् डाइरेक्ट मेसेज गरेर बुक गर्न सकिन्छ भने डोर सेलमै पनि लिन सकिनेछ। यस शोको आयोजना Nepgasm र Celebrity Management Nepal को संयुक्त अयोजनामा भएको हो भने Grace international र Best deals nepal मुख्य प्रायोजक रहेका छन्। डिजिटल मेडिआ पार्टनर हाम्रो पात्रो रहेको छ। एप्लिकेशन पार्टनरको रुपमा Bodhi Hd र सोसल मिडियामा Trending Nepal र JokesNepal ले गरेको छन्।
काठमाण्डौ भन्दा बाहिर पनि शो निकै लोकप्रिय भैसकेका छन् भने बिस्तारै अन्तराष्ट्रिय स्तरमा पनि सो हुने जानकारी Nepgasm का संचालक शरद् श्रेष्ठले बताउनुभयो । बाहिर देशमा हुने शोको मिति पनि हामी चाँडैनै जानकारी गराउनेछौं । यहि माघ १२ गते हुने शोमा पनि सपरिवार सदा झै उपस्थित भईदिनु है, हाँसो सहितको हाम्रो टोली तपाईंको स्वागतका लागि तयार छ !!!
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,