
संसादमा झडपको स्थिति , कांग्रेस संसादहरुले घेरे रोष्टम !
८ माघ २०७५, मंगलवार १५:४०
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनीधि सभाको आजको बैठकमा पनि अवरोध पुर्याएको छ। तनहुँमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र बाँकेमा रहेको पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापना गरिएका अस्पताल संघीय सरकार मातहत नराखेको भन्दै प्रतिनिधि सभा बैठकमा कांग्रेस नेता तथा गणेशमान सांसद सिंहले आफ्ना धारणा व्यक्त गरेपछि सबै कांग्रेस संसद रोष्ट्रममा आएर हंगामा मच्चाएका हुन्।
मंगलबार (आज ) ३ बजेदेखि सुरु भएको बैठकमा कांग्रेसले आफ्ना माग गरे नभए सदनको कारबाही अगाडी बढ्न नदिने भन्दै अवरोध खडा गरेको हो। अहिले कांग्रेसका संसादहरु यथास्थान बाट अगाडी आएर नाराबाजी गरिरहेका छन्।
सोमबार पनि दुई पटक बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसकै अवरोधका कारण आजसम्मका लागि स्थगित भएको थियो । सोमबार नै राष्ट्रिय सभामा पनि कांग्रेसले अवरोध गरेपछि बैठक एक साता पर सरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । हिन्दू धर्मशास्त्रको बारेमा धेरै कुरा हामीलाई थाहा छ । विज्ञानले पनि धर्मशास्त्रलाई मान्ने गरेको कुरा त हामीलाई अवगत
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिमा आफ्नो पार्टी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता
काठमाडौं- तेजाव आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन् । १५ वर्षीया