के हो डिप्रेसन ?


दिनभरमा हामी कुनै न कुनै कुराले चिन्तित हुन्छौं ।बढ्दो कार्य व्यवस्था तनाब तथा भविष्यका कुराले, पैसाको कुराले, विफलताको कुराले, साथीभाईको कुराले, शारीरिक रोगको कुराले, छोराछोरीको कुराले, परिवारको कुराले निकै चिन्ति हुने गर्छौ । विश्वभरमै तनावले निकै ठुलो रुप लिएको पाउन सकिन्छ ।

मानविय जीवनमा चिन्ता हुनु स्वभाविक हो । हामी चेतनशिल छौं, चिन्ता हुन्छ नै । तर, जब चिन्तालाई व्यवस्थापन गर्न सक्दैनौं, त्यसले हामीलाई मानसिक रोगी बनाउँछ । किनभने चिन्ता एक किसिमको मानसिक विकार हो । चिन्ताको गहिरो रुप डिप्रेसन हो । डिप्रेसन मानसिक समस्या हो । न यसको उपचार औषधीले मात्र संभव छ । न शल्याक्रिया गरेर नै । किनभने मानसिक व्यवस्थापन नै यसको सबैभन्दा प्रभावकारी विधि हो । तर, चिन्ताग्रस्त व्यक्तिलाई मानसिक रुपले ठिकठाक आवस्थामा ल्याउन सजिलो भने छैन ।

के हो डिप्रेसन ?

डिप्रेसनको परिबेश त्यतिबेला हुन्छ, जब हामी जीवनका हरेक आयामहरुलाई नकारात्मक दृष्टिकोणले सोच्न थाल्छौं । जब यो चरम अवस्थामा पुग्छ, मानिसलाई आफ्नो जीन्दगी बेकार लाग्न थाल्छ र बिस्तारै विस्तारै मानिस डिप्रेसनको स्थितिमा पुग्छ ।

चिन्ता र तनावका कारण शरीरमा कति हार्मोन्सको तह बढ्छ, जसमा एड्रिनलीन र कार्टिसोल प्रमुख छन् । लगातार तनाव र चिन्ताको स्थिति बिस्तारै डिप्रेसनमा परिणत हुन्छ ।

डिप्रेसनका मनोवैज्ञानिक लक्षण:

  •  निरन्तर चिन्ता लिनु
  • स्वास्थ्यको विषयमा चिन्तित रहनु
  •  नकारात्मक विचार मनमा आउनु
  • भ्रामक विचार मनमा आउनु
  • काममा मन नलाग्नु
  • स्वभाव चिडचिडा हुनु
  •  सानोतिनो कुरामा रिस उठ्नु
  •  पागल जस्तो व्यवहार गर्नु
  • एक्लै बस्न मन पराउनु
  • नराम्रो सपना देख्नु
  •  कहिल्यै खुशी हुन नसक्नु
  •  कम बोल्नु

डिप्रेसनको उपचार
डिप्रेसन भएको बेला मानिसलाई लाग्छ कि उसको जिन्दगी अब खत्तम भयो । यस्तो नकारात्मक सोचबाट बाहिर निस्किने उपायहरु के छन् त, यसको चर्चा गरौं ।

विषयबाट ध्यान हटाउने
यो योजना वा रणनीतिमा व्यक्ति आफूलाई डिप्रेसनमा पार्ने स्थिति वा समस्याबाट आफ्नो ध्यान हटाउँछ, र अरु काममा आफूलाई व्यस्त राख्ने प्रयास गर्छ । त्यो समस्याको बारेमा सोच्न पनि छाडिदिन्छ जसले गर्दा व्यक्तिलाई शान्ति मिल्छ ।

डिप्रेसनको कारण थाहा पाउने
यदि तपाईं डिप्रेसनको समाधान निकाल्न चाहने हो भने सबैभन्दा पहिले डिप्रेसनको कारण पत्ता लगाउने प्रयास गरौं । त्यसपछि यसलाई कतै लेख्न सकिन्छ । त्यसपछि सोचौं कि यो समस्याको के समाधान हुन सक्छ । यदि सम्भव छ भने चाँडोभन्दा चाँडो समस्याको हल खोज्ने प्रयास गरौं ।

भविष्यको चिन्ता नलिने
भोलि के होला रु’ भन्ने सोचले चिन्तालाई बढावा दिन्छ । त्यसैले सँधै आजको लागि बाँचौं किनकी वर्तमान नै वास्तविकता हो, र वर्तमानमा राम्रो गर्ने कोशिष गरौं । यसो गर्दा भविष्य आफसेआफ ठीक हुन्छ । हाम्रो हरेक दिन र हरेक पलले हामीलाई केही न केही नयाँ कुरा सिकाउँछ र समस्यासँग लड्न सिकाउँछ ।

 चिच्याउने
केही व्यक्तिहरु अत्यधिक तनावको समयमा जोड जोडले चिच्याउने गर्छन् । यो तनावपूर्ण वा कष्टदायी स्थितिबाट मुक्ति पाउने सबैभन्दा राम्रो तरिका हो । मनोविज्ञानले पनि तनावपूर्ण स्थितिमा चिच्याउनुलाई राम्रो मान्छ ।

 गीत सुन्ने
गीत सुनेर पनि तनाव वा दवावबाट क्षणिकरुपमा मुक्ति पाउन सकिन्छ । गीत सुन्दा व्यक्तिले आफूलाई तरोताजा महसुस गर्छ ।

भावनाहरु सेयर गर्नु
तनाव कम गर्ने एउटा तरिका भनेको आफ्नो मनका कुरा अरुसँग सेयर गर्नु पनि हो । आफ्ना नजिकका साथीभाई, आफन्तसँग व्यथा पोख्दा मन हलुंगो हुन्छ ।

नशाबाट जोगिने
तनावमुक्त हुने नाममा धेरै व्यक्तिहरु रक्सी चुरोटको सहारा लिन पुग्छ । तर, यसले उनीहरुलाई उल्टो हानी गर्छ । डिप्रेसनमा भएका व्यक्तिहरुले नशालु चिजहरुबाट सँधै टाढै बस्नुपर्छ ।

प्राणायाम
यदि तपाई टेन्सन र डिप्रेसनबाट मुक्त हुन चाहने हो भने दैनिक प्राणायाम गरौं । यस योगबाट टेन्सन, स्ट्रेस वा डिप्रेसन कम हुन्छ र बुद्धि तेज हुन्छ ।

हास्ने कला सिक्ने
हास्नु पनि तनाव कम गर्ने एउटा महत्वपूर्ण अष्त्र हो । हाँस्नाले हामीभित्र एन्डाफिर्न हार्मोन्सको मात्रा बढ्छ र यसले हामी रिल्याक्स महसुस गर्छौं ।

एक्लै नबस्ने
एक्लोपना डिप्रेसनको एउटा प्रमुख कारण हो । यदि तपाईंको परिवारमा कोही डिप्रेसनबाट पीडित छ भने जति सकिन्छ उसँग समय बिताउनुस । अत्यधिक डिप्रेसनको अवस्थामा मानिसहरुमा आत्महत्याको विचार आउने गर्छ । त्यसैले उसलाई सकभर एक्लै छोड्नु हुँदैन । सकारात्मक त्रियाकलाप तथा विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाएर व्यस्त रहेमा पनि डिप्रेसन हटाउन सकिन्छ ।


Loading comments...