
सुबेक्षा खड्का को डेब्यु फिल्म “रणवीर”
९ माघ २०७५, बुधबार १७:०५
पछिल्लो समय नेपाली फिल्ममा सुन्दरीहरु जोडिन थालेका छन् । मिस नेपाल लगायतका विभिन्न ब्युटी प्याजेन्ट मार्फत फिल्ममा आउनेको कमि छैन । प्रियंका कार्की , मलिना जोशी , सृष्टि श्रेष्ठ , अकेशा बिष्ट लगायत धेरै नाम छन् जसले नेपाली फिल्ममा प्रवेश गरिसकेका छन् । यसै लिस्टमा थपिदैछिन् सुबेक्षा खड्का । सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षालाई पहिले फिल्म अफर नगरिएको होइन तर फिल्म ‘रणवीर’ मार्फत डेब्यु गर्दैछिन ।
नेपाली फिल्मको निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँ अनुहारको खोजीको क्रममा सुबेक्षालाई धेरै प्रोपोजल गयो तर उनले तात्कालिन समयमा फिल्ममा अभिनय गरिनन् , उनि भिजेको रुपमा कान्तिपुर टेलिभिजनसँग आवद्ध भइन् । गतवर्ष सन् २०१८ को सुरुवात देखि फिल्म रणवीरमा जोडिएर नेपाली फिल्ममा प्रवेश गरेकी सुबेक्षालाई सम्भावना बोकेको अनुहारको रुपमा हेरिएको छ । माघ १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ुरणवीरु को प्रमोसन गर्न मोफसलमा पुगेकी सुबेक्षाले आफ्नो क्यारेक्टर मात्र नभई फिल्म नै राम्रो भएको छ ।
‘मलाइ मिस नेपालमा सेकेन्ड रनरअप भए लगतै फिल्मको अफर आएको थियौ , केहीलाई भेटे अनि केहि कथा नसुनेको पनि होइन’ उनले भनिन् ‘मलाइ चित्त बुझ्दो कथा नआएकोले मैले फिल्म नगरेकी हु तर फिल्म गर्ने ईच्छा कहिँ कतै नभएको होइन ।’ उनले रोल मात्र नभई समग्रमा फिल्म नै राम्रो रहेको बताइन । ुमेरो रोल भन्दा पनि मैले समग्रमा पुरै फिल्मलाई नै हेरेकी हुु सुबेक्षाले दर्शकले खोजिरहेको फिल्म नै रणवीर रहेको बताइन । मोफसल टुर अन्तर्गत रणवीर टिमसँग रहेकी सुबेक्षाले चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो डेब्युको कारण खुलाएकी हुन् ।
लभ स्टोरी तथा एक्सन मिश्रित फिल्ममा सुबेक्षासँगै सुशील सिटौला , सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , हरिहर शर्मा लगायतको अभिनय रहेको छ । कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका छन् । यसमा फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, गम्भीर बिष्ट , रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन
काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले