Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

प्रेम लीला ट्रेलरमा प्रेम र लीलाको मिलन बिछोड

१० माघ २०७५, बिहीबार १०:३८


फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १० गते देखी सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । प्रेमकथामा आधारित फिल्मको ट्रेलरमा प्रेम भित्रको अनेक लीला समेटिएको छ । अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको ट्रेलरमा नायिका दिपशिखा खड्का र नायक अली खान बिचको मिलन बिछोडलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा नायिका खड्काको दुई रुप समेत देख्न सकिन्छ । एकातिर उनी प्रेममा भएको धोकाको बदला लिने युवतीको रुपमा देखिएकी छिन् भने अर्को तिर नायक मौसम खड्कासँग रोमान्टिक बनेकी छिन् ।

कार्यक्रममा बोल्दै फिल्मकी नायिका दिपशिखा खड्काले फिल्म निर्माण गर्नु निकै गाह्रो रहेको बताइन् । ‘हरेक कलाकारले एकचोटी फिल्म निर्माण गर्नुपर्छ अनी बल्ल निर्माताको सास्ती बुझिँदो रहेछ’, खड्काको भनाई थियो । आफु महिला निर्मात्री भएकै कारण फिल्म निर्माणको क्रमका निकै सास्ती बेहोर्नु परेको उनले सुनाइन् ।

पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने शब्द डा. कृष्णहरी बराल र डा. सागरको रहेको छ ।

फिल्ममा दीपशिखा, अलि र मौसमसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका