Lifestyle Portal
  •   ४ असार २०७८, शुक्रबार

यसवर्षको ओस्कारमा परेका सुचीहरु

९ माघ २०७५, बुधबार १४:४४

यसवर्ष सन् २०१९ को ओस्कारमा मनोनयन भएका चलचित्र लगायत अन्य आसन्न विधाका नामहरु हिजो सार्वजनिक भएको छ । यस वर्ष ९१ औं ओस्कार एकेडमी अवार्ड हुनेवाला छ ।

बेस्ट पिक्चर
नेटफ्लीक्सको चलचित्र रोमा र हाँस्य चलचित्र द फेबरेट यसवर्ष १० वटा विधामा मनोनयन भएका छन् । यस्का अलावा चलचित्र ब्लाक प्यान्थरले ओस्कारको इतिहासमै पहिलोपटक सुपरहिरो चलचित्र पनि मनोनयनमा परेर इतिहास रचेको छ । काला वर्णको समान प्रतिनिधित्व नभएको भन्दै केहीवर्षवाट ओस्कार आयोजकलाई लगाएको लाञ्छना ब्लाक प्यान्थरले केहि हदसम्म चिर्न सकेको मानिन्छ । ब्लाक प्यान्थर एउटा काला वर्णका नायकको अभिनय भएको बहुआयामिक चलचित्र हो जसले फिक्शनमा भएतापनि समाज अनि विश्वका बिभिन्न कुराहरुलाई औंल्याएको छ ।
यता मार्बल स्टुडियोको ब्लाकक्लायसम्यान, चर्चित गायक फर्डि मरकरीको जिवनमा आधारित बोहिमन र्याप्सोडी, द फेबरेट, रोमा, स्टार इज बर्न र भाइस मनोनयनमा परेर मार्बल स्टुडियोको वर्चस्व कायम गरेको छ ।

सर्वोत्कृष्ट अभिनेत्री
अभिनेत्रीको विधामा भनें द वाईफ चलिचत्रबाट ग्लेन क्लोस र स्टार ईज वर्नवाट लेडी गागा मध्य एक जनाले उपाधी चुम्ने धेरैको अनुमान छ ।
यता रोमावाट यालिना अपरकियो र द फेबरेटवाट ओलिभा कुलम्यान र क्यान यू एभर फरगिभ मी वाट मेलिसा म्याक्यार्थीलाई पनि सर्वोत्कृट अभिनेत्री विधामा दमदार मानिएको छ । हेरौं यस वर्ष कस्ले यो विधा हात पार्नेछ ?
विदेशी भाषाका चलचित्र
विदेशी भाषाका चलचित्रमा यसवर्ष लेवनन, जापान, मेक्सिको, जर्मन र पोल्याण्डका चलचित्रहरु मनोनयनमा परेका छन् ।

एनीमेटेड चलचित्र
एनीमेटेड चलचित्रमा स्पाइडर म्यान , राल्फ ब्रेक्स द इन्टरनेट, मीराई, आइसल अफ डग्स र इन्क्रेडिबल २ परेका छन् ।

पटकथा संवाद
फस्र्ट रिफम्ड
ग्रीन बुक
रोमा
द फेबरेट
भाईस

सर्वोत्कृष्ट मुख्य अभिनेता
क्रिस्टिन बेल चलचित्र भाईस
ब्राड्ली कुपर चलचित्र द स्टार ईज बर्न
विलियम डाफोई चलचित्र एट ईटरनिटिज गेट
रामी मेलिक चलचित्र बोहिमन र्याप्सोडि
भिगो मोरटेन्सन चलचित्र ग्रीन बुक

लाईभमाण्डु

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

:: सन्ध्या भट्टराई :: “संसार चुम्ने मेरो चाहना ! संसार चूम्ने मेरो चाहना! छोरी मान्छे होस त गार्हो पर्छ भन्ने

काठमाडौं : पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक, सांस्कृतिक र धार्मिक गतिविधिले आम नेपाली जस्तै अभिनेत्री करिष्मा मानन्धरलाई विचलित बनाएको छ। शुक्रबार

काठमाडौं । वरिष्ठ गायक दिप श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठले महागुरुको भूमिका निर्वाह गरिरहेको भ्वाइस अफ नेपालको

नेपग्याजमका लोकप्रिय स्ट्याण्ड-अप कमेडी कलाकार लेखमणी त्रिताल (रमेश अंकलको छोरो) तथा उमेश कुमार गौतम (युकेजी)को नाम गिनिज बुक अफ वर्ल्ड