“नेपाल सम्वत्” तथा “म्ह पूजा” धूमधामका साथ सम्पन्न


काठमाण्डौ, कार्तिक २३ । बिहिबार देश विदेशमा बस्ने नेवाजनहरुले नेपाल सम्वत् ११३९ लार्इ हर्ष बढाईका साथ बिभिन्न कार्यक्रम गरी मनाएका छन् । नेपाल सम्वत अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि जातिय एकता र पुर्ख्रयाैली साझा मौलिक संस्कृतीका रुपमा विकास भएको म्हपूजालाई आफ्नो-आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाइन्छ । नेवार समूदायले धूमधामकासाथ मान्ने यो नेपालको मौलिक सम्वत् पनि हो ।

यही दिन नेवारी समूदायमा म्हपूजा भनेर धुमधामकासाथ मनाउने चलन रहेको छ, आजको दिन आत्मतत्तवलाई वोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो । नेवारी भाषामा म्हं शब्दको प्रयोग र ईतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययकारुपमा ब्यापक रुपमा वोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला ? अर्थात तपाईलाई सञ्चै छ ?

म्ह फु भनेको सञ्चै छ भन्नु हो भने, म्ह मफु भनेको सञ्चो छैन भन्नु हो

म्ह अर्थात देहवाचक अनि चेतनाप्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरुमा म्ह को प्रयोग हुँदैन । यसै चेतना अनि स्व-तत्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्हपूजा मनाउने चलन रहेको छ । नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतनाप्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ । शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ ।

म्ह पूजाको तस्बिरः अमृता श्रेष्ठ (हेटौडा)


Loading comments...