Lifestyle Portal
  •   २१ जेष्ठ २०८०, आईतवार

हामी ऋणी छौंः नरेन्द्रराज प्रसाई

९ माघ २०७५, बुधबार १७:०६


लेखकः नरेन्द्रराज प्रसाई

नेपाली राष्ट्रियताका प्रतीक, नेपाली जनताका प्रचण्ड प्रतापी भूपति, नेपाल र नेपालीका प्रबल संरक्षक श्री ५ महेन्द्रको सालिकको पुनस्थापना गरेबापत नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति दाजु गङ्गाप्रसाद उप्रेतीसँग हामी स्वाभिमानी नेपालीहरू ऋणि छौं ।

नवगठित प्रज्ञाप्रतिष्ठान झारपातले भरिएको छ तापनि गङ्गा दाइको एकल प्रयासले गरिएका देशभक्तिपूर्ण कार्यको म मुक्तकण्ठले प्रशंसा गर्दछु ।

झन्नै पाँच वर्षको समयमा सम्पन्न नेपाल प्रज्ञाप्रतिष्ठानका सम्पूर्ण भौतिक उन्नतिमा एक जना गङ्गा दाइको मात्र पसिना बगेको बेहोरा सर्वविदितै छ । उहाँ जस्ता गतिला त्यहाँ अरू पनि भैदिएका भए नेपाल प्रज्ञाप्रतिष्ठान सुन जस्तै हुने थिय‍ो । तर चोर, चाटुकार र हैसियतहीनहरू पनि मिसिएकाले त्यो पवित्र संस्था पनि हाम्रा लागि अछुत हुन पुगेको छ । यति हुँदाहुँदै पनि म गङ्गा दाइको जय मनाइरहन्छु । किनभने शिरमा पानी खन्याएपछि पाउसम्म पुगि पनि हाल्छ । तर त्यहाँ गन्हाउने पाउ पनि परिसकेकाले अमृतकुण्डमा विषको भेल परे सरह भैसकेको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानका संस्थापक राजा महेन्द्रको योगदान उपर कृतज्ञता ज्ञापन गर्ने कुलपति गङ्गाप्रसाद उप्रेतीको अहिले म वयान गर्दिन; यति हो- उहाँप्रति मभित्र थप श्रद्धा पलाएको छ ।

श्री ५ महेन्द्रद्वारा प्रतिपादित राष्ट्रवादको जय मनाउने गङ्गा दाइको जस्तै कृतज्ञ स्वरूप सबै नेता, दल र जनतामा जागृत हुन सके हाम्रो वर्तमानको क्षयीकृत राष्ट्रियताको सवलीकरणमा योगदान पुग्ने मलाई विश्वास छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

हो- इन्जिनियर शङ्कर गिरीले जीवनभरी साहित्यको ‘स’ पनि लेखेनन्, तर साहित्यमा उनी पिएच्डीका पात्र भइसकेका छन् । कारण के हो