हमजायगा देखि स्ट्याण्ड अप कमेडिसम्म NepGasm


एक जमाना थियो जब नेपाली समाजमा हम जायगाको जोक्सहरु ब्यापक हिट हुन्थ्यो । हाँस्न अनि मजाक गर्न नेपाली समाजमा अपरिहार्य झैं हुन्थ्यो, कहिले दोहोरी, टुक्का त कहिले जुहारी अनि भजन किर्तन र नाटक गर्दै बिभिन्न मञ्च अनि बहानामा नेपाली समाजमा हाँसोका खित्काहरु छुट्ने गर्दथे । तराईका अल्लाहरुदल देखि उपल्लो भेकसम्मका ल्होसारका सामुहिक नाच अनि कुराकानीसम्म, यता पहाडका रोदि घरदेखि शहरका र्यापव्याटलसम्म, हामी समाजको चित्रण गर्न अनि हाँसो ल्याउनका लागि खप्पीस छौं । आज केहि यस्तै विशेष छ, लाईमाण्डुमा । हाम्रा अतिथी बनेर आएका नेपग्याज्मका सुपरहिट स्ट्याण्डअप कमेडियन डोरेश खतिवडा, लेखमणी त्रिताल र सरोड भण्डारी हाम्रो कार्यालयसम्म आएका छन् । एकलाख पचासहजार यूट्यूब सब्सक्राइबर भएको नेपग्याज्म अहिले नेपालमा सर्वाधिक रुचाइएको स्ट्याण्डअप कमेडिको साझा चौतारी सावित भएको छ ।

पहिलो प्रश्न तेस्र्याइयो, नेपग्याज्मको अर्थ के हो भन्ने बारे ?
सञ्चालक द्य शरद श्रेष्ठ र ज्ञानेन्द्र मिश्रका अनुसार नेपले नेपाललाई अनि ग्याज्मले चरमोत्कर्ष अर्थात अंग्रेजी शब्द अर्गेज्मको संगम जनाउने बताए । उता हाम्रो स्ट्याण्ड अप कमेडिका हस्तीहरु लेखमणी, सरोज र डोरेश बसिरहेका छन् । आआफ्नो पढाई संगसंगै पुरा गरेर उदायमान सेलिब्रेटीहरु लाई धेरै प्रश्न गर्न मन थियो । शुरु गरियो, न कुनै गीत या वाधवाधन अनि न कुनै अडियो मिक्सिंग या पोशाकपहिरन, कसरी स्टेज त्यो स्वादले तताउनुहुन्छ भनि प्रश्न गरियो । हामी त हरवखत हाम्रो कन्टेन्टको खोजिमा हुन्छौं, लेखमणीले कुरा उक्काए । खाँदा, सुत्दा, उठ्दा या घुम्दा पनि हामी हाम्रो मुद्धाहरु, जिवनशैली अनि पात्रहरु नियालीरहेका हुन्छौं । हामी दर्शकले बाँचेको जिवनलाई आफुसंग जोडेर एउटा औसत नेपालीका मुद्धा र कुराहरुलाई स्टेजमा पस्कन्छौं ।

दर्शकश्रोता जति अन्र्तक्रियात्मक र जिवन्त हुन्छन त्यती मजा आँउछ स्टेज उक्लेपछि, यता डोरमणीले बाले । उनीहरु स्टेजमा आफ्नो हैन बरु दर्शककै कथा हसाँउने तरिकाले सुनाउने जानेरहेछन् , मैले मनमनै सोचें । यता सरोज पनि थप्दै थिए कि हामीले कुनै पात्र, मुद्धा या कथा पस्किरहँदा आँफैमाथि पनि मज्जाले जोक गरिरहेका हुन्छौं, यो पनि यस विधाको रोमान्चक पाटो हो । यता हौसिएका सञ्चालक ज्ञानेन्द्र मिश्रले आजभोली प्रविधीले समान पहुँच सबैलाई दिएको भन्दैगर्दा अर्का सञ्चालक शरदले भनें यूट्यूबलाई पनि यो अवसर र चौतारीका लागि धन्यवाद दिन सम्म भ्याए । केहि वर्ष या दशक अघिसम्म मुलधारका मिडियाहरु जस्तै टिभी या रेडियोमा सबैको समान पहुँच नभएको अवस्थामा नयाँ विधा र नयाँ ट्यालेन्टहरुले अवसर पाउन हम्मे हम्मे भएकोमा अहिले परिवेश फरक भएको उनीहरुको भनाई थियो । शुरुवातको ११ महिनामा करिशन १ लाख पचास हजार सब्सक्राइबर अनि स्ट्याण्डअप कमेडिको एउटा क्रेजका साथ नेपग्याजम यस विधामा अग्रणी स्थानमा छ ।
फेरि कुरा मोडियो उता सरोज, डोरेश र लेखमणीलाई । कसरी शुरु भयो त यो यात्रा ?

स्कुले जिवनदेखि नै यि ३ जना हँसाउन अनि प्रशसन गर्न खप्पिस रहेछन् । यसरी कथा या घटना सुनाएर चियापसल या स्कुलमा सबैलाई हाँसोका खित्का सापट दिनुलाई स्ट्याण्ड अप कमेडि भनिने रहेछ, अहिले थाहा भयो भन्दै लेखमणी हाँस्दै थिए । यता सरोजले थपे हामी अरुले झैं अडिशन दिएर नेपग्याज्ममा प्रस्तुतिका आधारमा छानिएका, फरक यति हो पहिले चियापसल या स्कुल या कलेजमा हसाँइन्थ्यो र अहिले स्क्रीन र स्टेजमा ।

डोरेश जोड्छन कि अब त धेरै ले चिन्न पनि थाले, कतै जाँदा अब आफूलाई चिन्ने अनि सुनेका धेरै भेटिन थाले । चितवनको कार्यक्रममा पोर्न साइट व्याण्डको विषयमा बोल्न भूमिका बँध्दै गर्दा दर्शकदिर्घावाट एकजनाको आपत्ती आएको समयमा पछि आफ्नो समर्थनमा नै कार्यक्रमस्थल अघि नारावाजी शुरु भएको मा आफु अचम्ममा परेको उनीहरुले वताए । पछि गएर सबैकुरा साम्य भएको अनि दर्शकहरुको माया र सद्भावको आफूहरु सँधै गुनगान गाउने उनीहरु बताउदछन् । नेपालका बिभिन्न ठाँउहरुमा स्टेज उक्लिएका नेपग्याज्मका कमेडि हेभिवेटहरु अब छिटै अष्ट्रेलियासम्म पुग्दैछन् । यूट्यूबमा भिडियोहरुमा राम्रा नराम्रा सबै खाले कमेन्टहरु आउने भएतापनि धेरै जसो कमेन्टहरुमा दिनभरिको तनावपछि यहाँहरुको भिडियो हेरेपछि रमाइलो लाग्छ भन्ने कमेन्टहरु धेरै देखिएको उनीहरु बताँउदछन् । अहिलेको विश्वमा मान्छेहरुले मुक्तकण्ठले हाँस्न भूल्दै गएको परिवेशमा नेपग्याज्मले थप हसाउन अनि स्वस्थ समाज निर्माणमा उत्तरदायित्व वहन गर्ने बताए ।
अबको बिद्यालयहरुमा भोली के बन्न चाहन्छौ भनी बिधार्थीहरुलाई सोद्धा म स्ट्याण्ड अप कमेडियन बन्न चाहन्छु भन्ने पुस्ता पनि हुर्कने सम्मका कुरा यिनीहरु संग गरियो ।

बिगत् केहि समय यता Nepgasm र  Celebrity Management Nepal को संयुक्त अयोजना हुँदै आइरहेको नेपालकै प्रथम तथा उत्कृष्ट Stand-up comdey  शोको पाँचौ संस्करण यहि आउँदो माघ १२ गते हुने तय भएको छ। बिगतका चार संस्करणमा यस शोले निकै चर्चा कमाइसकेको छ । थ्यगतगदभ मार्फत् शुरु गरिएको यस शोले दर्शकसामू निकै राम्रो प्रभाव पार्न सफल भइसकेको छ। त्यसैलाइ निरन्तरता दिने क्रममा उक्त सो माघ बाह्र गते राष्ट्रिय सभागृह काठमाण्डौमा हुने भएको हो ।

सोमा निकै चर्चामा मा अएका लेखमणि त्रिताल , सरोज भण्डारी, डोरेश खतिवडा, उमेश् कुमार गौतम (U.K.G) र बिबेक उप्रेति गरि पाँच जना हाँस्य कलाकारको को बिषेश प्रस्तुति रहनेछ । यस शोको टिकट book my shows मार्फत् र Nepgasm को फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत् डाइरेक्ट मेसेज गरेर बुक गर्न सकिन्छ भने डोर सेलमै पनि लिन सकिनेछ। यस शोको आयोजना Nepgasm र Celebrity Management Nepal को संयुक्त अयोजनामा भएको हो भने Grace international र Best deals nepal मुख्य प्रायोजक रहेका छन्। डिजिटल मेडिआ पार्टनर हाम्रो पात्रो रहेको छ। एप्लिकेशन पार्टनरको रुपमा Bodhi Hd  र  सोसल मिडियामा Trending Nepal र JokesNepal ले गरेको छन्।

ब्यवसाहिक रुपमानै स्ट्याण्ड अप कमेडियन भएर बाँच्ने स्थिती छ त भन्ने प्रश्नमा ३ जनाले नै अब यहि विधामा मज्जाले बाँच्ने अवस्था भएको बताए । अटोग्राफ कतिको दिनुभयो त भन्ने प्रश्नमा अब अटोग्राफको साथसाथै सेल्फी भने चाँही निकै दिएको उनीहरुको भनाई छ ।
थप कुराकानी र भेटघाटका साथै सयौं खित्का हाँसो हाँस्नका लागि नेपग्याज्मले यहि माघ १२ गते हामीसबैलाई राष्ट्रिय सभागृहमा निम्तो दिएको छ, ल है हाँस्न मनपराउनुहुन्छ भनें त्यस दिन त्यतै भेटौं ।

वर्षको एकहप्ताको मात्र गाईजात्राको प्रहसन अनि महजोडिका केहि कहिलेकाँहीको प्रहसनमा मात्र हसाँइने हाँसोको कन्जुस झैं भएको नेपाली मञ्चहरुमा अब स्ट्याण्ड अप कमेडिको मञ्चमा भरपुर हाँस्न पाइन्छ । न कुनै कमजोर मान्छे या अशक्त मान्छेको अशत्ततामाथिको उपहास न त कुनै नचाँहीदो बोली, ध्वनी या क्याँउक्याउ, केवल एउटा माइक अनि उस्को आवाज तर देखाइनेछ समाजको त्यो पर्दा जो सदैव नेपथ्यमा मात्र उभिएको छ । आउनुहोस माघ १२ मा संगै साथै भेटौं, सपरिवार बसौं अनि स्वस्थ हाँसो र लामो आयूको कामना छ उनीहरुको ।
सुयोग ढकाल
लाइभमाण्डु

माघ १२ हाँस्ने हैन त ?

बिगत् केहि समय यता Nepgasm र Celebrity Management Nepal को संयुक्त अयोजना हुँदै आइरहेको नेपालकै प्रथम तथा उत्कृष्ट Stand-up comdey शोको पाँचौ संस्करण यहि आउँदो माघ १२ गते हुने तय भएको छ। बिगतका चार संस्करणमा यस शोले निकै चर्चा कमाइसकेको छ । Youtube मार्फत् शुरु गरिएको यस शोले दर्शकसामू निकै राम्रो प्रभाव पार्न सफल भइसकेको छ। त्यसैलाइ निरन्तरता दिने क्रममा उक्त सो माघ बाह्र गते राष्ट्रिय सभागृह काठमाण्डौमा हुने भएको हो ।थप जानकारीको लागी : https://livemandu.com/4714/

Posted by Livemandu on Monday, 21 January 2019


Loading comments...