
स्वाइन फ्लू के हो ? यसका लक्षण र बच्ने उपाय
१० माघ २०७५, बिहीबार १३:२६
स्वाइन फ्लू एक खतरनाक भाइरस हो जसका कारण विश्वमा धेरै नै मानिसले ज्यान गुमाउनु परेको छ । नेपालमा पनि बेला बेलामा यसका कारण मानिसको ज्यान जाने गरेको छ । यो रोग सुँगुरको कारण फैलिने गर्दछ। सबैभन्दा यसको संक्रमण मेक्सिकोको वेराक्रूज ईलाकाको सुगुँर फार्ममा सबैभन्दा पहिले देखिएको थियो। यसलाई कतै-कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु H1N1,H1N2,H3N2 र H3N1 हुन् । जस मध्ये अहिले H1N1 जुन सबैभन्दा खतरनाक भाइरस हो त्यसैको संक्रमण संसारका करिब दुई सय देशहरूमा देखिईसकेको छ। प्रयोगशालामा गरिएको परीक्षणहरुबाट यो रोगको भाइरसको जीन उत्तरी अमेरिकाका सुंगुरमा पाइने जीनजस्तो भएको पत्ता लागेको थियो। जसका कारण यसलाई स्वाइन फ्लू भन्न थालिएको हो।
बच्ने उपाय
यदी शुरुवाती दिनहरुमा नै यस रोगको पहिचान हुन सकेमा यस रोगको उपचार केही हद सम्म सम्भव छ। यदी नेपालमा यसको संक्रमण भेटिएमा नेपाल सरकारले काठमाडौमा यसको उपचारका लागि विशेष प्रबन्ध गरेको छ। यस बाट बच्ने सर्वोत्तम उपाय भनेको संक्रमितहरुको सम्पर्कबाट बच्नु र सफा-सुग्गर रहनु नै हो। सार्वजनिक स्थानहरुमा जाँदा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्नु खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु र साबुन पानीले हातमुख धुनु नै प्रमुख केही उपायहरु हुन किनकी फोहोर बाट भाईरस छिटै फैलिन सक्छ ।
लक्षणहरु
- नाकको समस्या
- रुघा खोकी
- भोक नलाग्ने
- इच्छाशक्ती नभएको बानी
- शिथिल
- सामान्य ज्वरो(१०० F वा सो भन्दा माथि)
- टाउकोको दुखाई
केही रोगीहरुमा त घाटी दुख्ने,जिउ चिलाउनु,टाउको दुख्नु,वाकवाक लाग्नु अनि झाडापखाला जस्ता लक्षणहरु देखिन्छ यसको लक्षण सामान्य रुघा खोकी सँग मिल्दो जुल्दो हुन्छ तर रगतको परिक्षण बाटमात्र यो पत्ता लगाउन सकिन्छ। स्वाइन फ्लु भए ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, थकाइ लाग्नेजस्ता लक्षण देखिन्छ । सास लिन कठिनाइ, वान्ता, झाडापखाला समेत हुन सक्छ
सावधानी
धेरै मानिसको भिँडभाड नबस्ने । रुघाखोकीलागेको मान्छे संग टाढै बस्ने ।हात नमिलाउने अंगालो नमार्ने । संक्रमित क्षेत्र नजाने जानुपर्दा उच्च सतर्कता अपनाउने । मुखमा मास्क लगाएर हिंड्ने । साबुन पानीले हात धुने । स्वाईन फ्लुको सम्भाबित संक्रमण भएको ब्याक्ती लाई छिटो भन्दा छिटो नजिकैको अस्पताल वा स्वास्थ्य चौकिमा पुर्याउने ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान