
भारतमा भारी झोला र होमवर्क निषेध
११ माघ २०७५, शुक्रबार ०८:००
बिधालय जाँदा एउटा झोला सबैले साथै लिएर जान्छन् । कलम, कापी अनि टिफिन बक्स लगायत थुप्रै कुराहरु उक्त सानो झोलामा हुन्छ तर बढ्दो व्यवसाहीकरण संगै बिधालयले बिधार्थीको ढाडमा झोलाको भार झनै बढि बढाँउदै गएको छ । बिधालय उमेरदेखि नै भरियाको झैं भार बोकाएर बिधालयले नानाथरिका नचाहिने पुस्तक, कापी, सामाग्री लगायतका कुराहरु बोकाउने गरेको आरोप पनि लागेको छ। तथ्य चाँही के हो भनें बढ्दो झोलाको भारले बिधार्थीको शारीरीक स्वास्थ बिशेषत मेरुदण्डको समस्या देखिने हुन्छ । उता फेरि गृहकार्यको चाप पनि अनुशासनको नाममा धेरै दिइने गरेको त हामीले देखेका सुनेका अनि भोगेका नै हौं । आँउदा पुस्तालाई यो शारीरीक र मनोवैज्ञानीक भार दिएर हामी कस्तो पुस्ता निर्माण गर्न खोज्दैछौं भन्ने धेरै बाल मनोविष्लेषकहरुको प्रश्न पनि रहेको छ ।
भर्खरै मात्रै भारतीय सरकारले बिद्यार्थीहरुलाई धेरै होमवर्क दिन र धेरै किताब बोकाउन रोक लगाएको छ । विद्यार्थीहरुलाई अत्यावश्यक पुस्तक मात्र घरबाट लाग्ने र बाँकि किताब र कापी विद्यालयमा नै उपलब्ध गराउने प्रावधान ल्याएको हो । Chambers of Commerce and Industry of India ले गरेको सर्वेक्षणको अनुसार पूर्व(किशोरका 68% बालबालिकाले थोरै मात्रामा ढाड दुखाइको महसुस गर्दछन् र उक्त दुखाइ क्रमिक रुपमा कहिलै बिसेक नहुने रोगको रुपमा देखापर्ने पाइएको छ। भारतको मुख्य सहरहरुमा एक हजार भन्दा बढी अभिभावक र पच्चिस सय भन्दा धेरैमाझ गरिएको उक्त सर्वेक्षणमा ७ देखि १३ वर्ष उमेरका बालबालिका आफ्नो शरीरको तौल भन्दा ४५ % बढी तौलको झोला बोक्ने गरेको पाइएको छ । एक जना अभिभावकले विद्यालयले कुन समयमा कुन विषय पढाउने भनेर योजना बनाउन नसक्दा बालबालिकाले गरुङ्गो झोला बोक्नु परेको सुनाउनु भयो । यदि एकै दिनमा एउटा विषय एक भन्दा बढीपटक पढाउने गरियो भने बालबालिकाले गरुङ्गो झोला बोक्नु नपर्ने समेत बताउनु भयो । महाराष्ट्र राज्यमा विधार्थीको शरीरको तौलको १० % भन्दा बढी झोलाको तौल हुनु हुदैन । उक्त थुप्रै स्कूलहरू अब व्ह्याइट बोर्ड र प्रोजेक्टर प्रयोग गर्दै छन् त्यसैले बच्चाहरू पाठ्यपुस्तकहरू बोक्ने झंजट कम भएको छ । यद्यपि, ग्रामीण भारतका धेरै भागहरूमा बच्चाहरू आफ्नो गरुङ्गो स्कूल ब्याग बोकेर धेरै टाढा सम्म हिँड्नु पर्छ। उत्तर प्रदेशका एक जना पेशाले ड्राइभर रहेका राजेन्द्र सुक्ला भन्छन “सारीरिक रुपमा असक्त मेरो छोरीले ४,५ केजी किताबको भारि संगै लन्च बक्स र पानीको बोत्तल समेत बोक्नु पर्दैछ , भन्दै आफ्नो दुखेसो पोखे ।
शायद आँउदा दिनमा भारतको यो प्रावधानवाट नेपाली परिपाटीले पनि केहि सिक्ने हो कि ? बिधार्थीलाई भयरहित अनि शान्त र वालमैत्री वातावरणमा पढाउने कुरा भइरहँदा नेपाल सरकारले प्रारम्भिक बाल बिकासका लागि बिधालयस्तरमै बिभिन्न कार्यक्रम र प्रावधान पनि ल्याएको छ । निजी बिधालयमा भनें पठनपाठन अनि पाठ्यक्रमको फरक फरक प्रावधान रहेको छ । अब सर मिस र स्कूलसंग नडराउने अनि स्कूललाई पनि घर झैं रमाइलो मान्ने मित्रतात्मक पुस्ता र पढाईका लागि नेपाल पनि उत्तिकै सजग हुन जरुरी छ । है ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ