Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

सुशील सिटौलाको डेब्यु फिल्म रणवीर

१० माघ २०७५, बिहीबार १७:१५


प्रेस रिलिज

देश दौडाहा अन्तर्गत फिल्म ’रणवीर’ युनिटले बुटवलमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै फिल्मका रणवीर अर्थात् सुशील सिटौलाले आफ्नो डेब्यु रणवीर भएको बताएका छन् । उनले अघिल्ला फिल्मले चिनाएको र यसले स्थापित हुने विश्वास व्यक्त गरे । ’रणवीर बन्न सहज थिएन त्यसैले मेरो लागि डेब्यु रणवीर हो , यस अर्थमा कि यसमा दर्शक नयाँ सुशीलले देख्नु हुनेछ’ सुशीलले बुटवलको सञ्चारकर्मीसँग सम्बोधन गर्दै भने ’फिल्ममा मेरो भूमिका धनगढीको एक युवाको छ जसको जीवनमा आउने आरोह अवरोहनै रणवीर हो ।’ उनले रणवीर बन्नकै निमित १५ किलो वजन बढाएका थिए भने फाइट पनि सिकेका थिए ।

’फिल्मले दर्शकलाई भरपुर मनोरंजन दिन्छ’ सुशीलले भने ’एउटा राम्रो टीमले तयार गरेको हो रणवीर ’  उनले फिल्मका निर्माताद्वय दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापा तथा निर्देशक तथा लेखक गोविन्द सिंह भण्डारीले कहिँ कतै सम्झौता नगरी फिल्म तयार गरेको बताए । उनले रणवीर बनाउने गरेको मेहनत र विश्वास प्रति आभारी रहेको समेत बताए । साउथ इण्डियन केहि फिल्ममा एसिस्टेन्टको रुपमा काम गरिसकेका निर्देशक भण्डारी , सन् २०१२ कि मिस इन्टरनेशनल सुबेक्षा खड्का र सुपुस्पा भट्टले यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन् ।

‘म फिल्ममा आउँन नचाहेको होइन तर मलाइ मन पर्ने स्क्रिप्ट र टिम नपाएकी हु’ सुबेक्षा भन्छिन् ‘ फिल्मले दर्शकलाई निराश बनाउदैन अनि मेकिङ पनि एक स्टेप माथि छ ।’ अर्की डेब्यु गर्ल सुपुस्पा भट्ट पनि निकै आश्वादी छिन । ‘डेब्युमै राम्रो टिम पाए , मलाइ नयाँ भएको फिलनै भएन’ सुपुस्पा भन्छिन् ‘डेब्यु फिल्म मार्फतनै दर्शकको मन जित्ने किसीमको काम गरेकी छु जस्तो लाग्छ , आश छ दर्शकले रुचाउनु हुन्छ ।’ फिल्ममा प्रशान्त ताम्राकार ,टिका पहाडी , नरेश पौडेल , रवी गिरी र हरिहर शर्मा ,जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ ।

फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका