ढाड दुख्ने समस्या र समाधानको उपायहरु


१. ढाड दुख्ने समस्या कसरी सुरु हुन्छ ?

Dr.Kalyan Subedi
Dr.Kalyan Subedi

घाँटी देखि सुरु गर्दा ढाडको हड्डी ३३ वटा हुन्छन जसमा २४ वटा मात्र चल्छन l घाँटीको ७ वटा (C = Cervical), करङ् पछाडिको १२ वटा (T= Thoracic) , कम्मरको ५ (L= Lumbar) हड्डीहरु हल्का चल्छन् l C(1.2.3.4.5.6.7)-T(1.2.3.4.5.6.7.8.9.10.11.12) -L(1.2.3.4.5)-S(1….)l यिनीहरु चल्ने कारण हामी अगाडी घोप्टन(flexion), पछाडी ढल्कन(extension), दायाँ-बायाँ (rotation) गर्न सक्छौं l यी चलाएमान हड्डीहरुका बिचमा donuts जस्तो (वा बाक्लो चकटी जस्तो) गोलो र मुलायम disc हुन्छ (चित्रमा #2 को निलो गोलो र पहेंलो भाग) l हामी उभ्भिदा, चल्दा, सामान उचाल्दा, दौडदा, कुर्सीमा बस्दा ढाडको हड्डीमा मार (जोड) परिरहन्छ l

यो मार (जोड) लाई कम गर्न ढाडको हड्डीहरु बिचमा रहेको disc (चित्रको निलो-पहेंलो गोलो) ले मत्थर गरिदिन्छ वा shock absorber को काम गरिदिन्छ l यो disc निकै बलियो हुन्छ l बाहिरी (चित्रको निलो गोलो) भाग लाई annulus भनिन्छ जुन गाडीको tire को जस्तो मुलायम (हड्डी भन्दा मुलायम) तर निकै weight (वा shock वा pressure) थाम्न सक्ने हुन्छ l त्यस भित्र (चित्रको पहेंलो भाग) हल्का गिलो तरल पदार्थ हुन्छ जसको कारण disc ले shock absorber को काम गर्न सक्छ l अहिलेसम्म कुरा गरें हड्डी र disc को l यी बाहेक अन्य महत्वपूर्ण भाग भनेको एक माथि अर्को हड्डीलाई ठडाएर राख्न सहयोग गर्ने हड्डी पछाडिको जोर्नी (#4 को चित्र), मांशपेशी र ligaments हुन (चित्रमा देखाइएको छैन) l


हाम्रो हात खुट्टाले वा सम्पूर्ण शरीरलेनै चिसो, तातो, दुखाई, भत्भति पोलेको, जमिनको कम्पन आदि महसुस गरेपछि ति संदेश दिमागमा पठाउन र दिमागबाट त्यस्तो बेलामा के गर्ने भन्ने सन्देस शरीरको अंगमा पुर्याउने संकेतहरु लाने लैजाने नसाहरु (nerves) ढाडको हड्डी भित्रै भित्र हुँदै जान्छन (चित्रहरुमा हरियो रेखाहरु) l यदि कुनै disc मा धेरै pressure परेर वा हड्डीको जोर्निले काम नगरेर उक्त नसा (nerve) भागमा ठाउं च्याप्न पुग्यो र नसामा दखल पुग्यो भने ढाड दुख्न थाल्छ (#2, #3, र #4 को चित्र) l माथि भनेको २४ वटा चलायमान हड्डीलाई ठाउँमा राख्न सोहि हड्डीको पछाडीको जोर्नी (Facet joint/ #4 को चित्र) र सबै हड्डीको ठिक अगाडी र पछाडीबाट ligaments (हड्डी जोड्ने रेसेदार तत्व) र मांशपेशीले सहयोग गर्छन l

१. ढाड दुख्ने मुख्य ५ कारण छन् l
(क) शरीरले धान्न नसक्ने तौल उचाल्ने वा अचानक ढाड सड़कने गरेर व्यवहार गर्ने जसले गर्दा हड्डीको अगाडी र पछाडिको मांशपेशी वा ligaments च्यात्तिने र सुन्निने हुन्छ l
(ख) बारम्बार गरुङ्गो सामान उठाउने काम गर्ने वा बारबार निहुरिएर गर्नु पर्ने कामको कारण disc धकेलिएर नसालाई च्यापेका कारण (चित्रको #2, #3 को कालो रेखाको संकेत) l
(ग) पछाडीबाट दुई हड्डी जोर्ने वा हड्डीको कुनै पनि भागमा arthritis हुनाले l
(घ) चोटपटक वा दुर्घटनाका वा अन्य कारण हड्डी कम्जोर भएर फुट्ने वा दुई हड्डी एक माथि अर्को नबस्नाले l
(ङ) Scoliosis (जन्मजात हड्डी बाङ्गिनुको कारणले)

२. ढाड दुख्न थाल्ने बित्तिकै के गर्ने?
यदि ढाड दुख्न सुरु भएको २-३ महिना मात्र भएको र हिँडडुल गर्न सजिलै सकिन्छ भने physical therapist (physiotherapist) वा chiropractor को सहाएतामा core muscle exercise दिनहु गर्नुस l यदि मिल्दैन भने घरमै planking exercise गर्नुस दिनको ५ मिनेट बिहान बेलुकी l कम्मर निहुरिने काम गर्नु हुन्छ भने lumbar belt किनेर लगाउनुस l सकेसम्म त्यसरी दुखाउने काम कम गर्नुस l दुखेको भागमा बाहिरबाट लगाउने नदुख्ने मलम लगाउनुस l कपडा तातो पानीमा डुबाएर-निचोरेर दिनको कम्तिमा २० मिनेट उक्त दुखेको भागमा सेक्नुस l यसो गर्दा त्यस भाग नजिकका मसिना रक्तनलीहरु हल्का फुल्छन् (dilated हुन्छन) अनि शरीरले अन्य भागबाट पौष्टिक तत्वहरु ल्याएर मर्मत गर्न थाल्छ l

दुख्न थालेको ६ महिना भन्दा बढी भो र निरन्तर दुख्न थाल्छ भने डाक्टरकोमा गएर देखाउनुस l कुल ३३ हड्डी मध्य कुन हड्डीको जोर्नीमा वा हड्डी बिचको disc मा असर भएको छ र नसालाई कत्तिको धकेलेको छ भनेर पत्ता लगाउन X-ray वा MRI आदि गर्नु पर्ने हुन्छ l कहिले काहीं (खासगरी ३० बर्षको उमेर भन्दा अगाडिनै) कुनै ठुलो कारणबिना ढाड दुख्न थालेको छ भने शरीरको रोग प्रतिरक्षा प्रणालीले आफ्नै शरीरमा (हड्डीमा) आक्रमण (autoimmune disorder) पो गरेको छ कि भनेर खोज गर्नु पर्ने हुन्छ (चित्रको #4 को रातो रेखाले देखाएको हेर्नुस) l यो पत्ता लगाउन बिभिन्न रगत जांच गर्नु पर्छ जस्तै: HLA-B27, ANA, RF, ESR, CRP आदि l

याद गर्नुस एक पटक हड्डी र disc मा असर परेर त्यसको बनोट (structure) परिबर्तन भएपछि अब कहिल्यै पनि (फेरी दोहोर्यौछु, कहिल्यै पनि) पहिलेकै अवस्थामा फर्कदैन l त्यसैले ढाडको दुखाईलाई सानो सम्झेर हेलचक्राई नगर्नुहोस l

३. ढाडदेखि खुट्टा सम्मै दुख्ने समस्या कसरी हुने गर्छ? उपचार कसरी गर्ने?
#१ को उत्तर पढेर थाह पाउनु भयो होला ढाडको हड्डीको बीचबाट टाउको देखि ओर्लिएको नसाहरु तलसम्म गएका हुन्छन l प्रतेक हड्डीबाट ति नसाहरु हाँगा परेर बाहिरिने गर्छन जुन हाम्रो शरीरभर फैलन्छ l ढाडको/कम्मरको हड्डीको समस्या भन्ने बित्तिकै L3.4.5 र यो भन्दा तलका हड्डी वरिपरीका भागका समस्या भनेर बुझ्नु पर्छ l ति हड्डीबाट निस्किएका नसाहरु (nerves) सबै कम्मर मुनि जान्छन र कुनै खुट्टाको कुर्कुच्चा सम्मै पुग्छन l यदि L4.5 – S1.2.3 बाट निस्कने नसामा disc धकेलिएको कारणले (चित्रको #2 हेर्नुहोस) वा अन्य कारण हड्डीले ठाउं छोडेको कारणले (चित्रमा #3 निलो रेखाले देखाएको भाग हेर्नुस) नसा च्याप्पियो भने तल खुट्टाको सम्मै (प्राय एउटा खुट्टामा) दुख्ने गर्छ l यो समस्यालाई Sciatica भनिन्छ l खुट्टामा पोलेको जस्तो, झमझमाएको जस्तो, खुट्टा गलेको जस्तो महसुस हुन सक्छ l बस्दा दुख्ने र उठ्दा सन्चो हुने पनि हुन्छ l

सबैको अवस्था एकै खाले हुँदैन l कसैलाई नदुख्ने खाले औषधि खाने वा लाउने, चिसो (Ice pack) लगाउने मात्र गर्दा पनि हुन्छ कसैलाई भित्र सुन्निएको भागमा steroid र नदुख्ने औषधि सुइद्वारा एक सालमा २-३ पटकसम्म दिनु पर्छ l कसैको शल्यक्रिया फार्फत असर गरेको disc वा हड्डीको केहि भाग निकाल्नु पर्ने हुन्छ l

४. हड्डी बीचको disc फुटेर नसामा धकेलेको (herniated disc भएको) कारण वा arthritis (बाथ) वा अन्य कारणले हड्डी सरेर नसा च्याप्पिएको भए उपाय के छ?
यदि सामान्य हिँडडुल गर्न पनि नसक्ने भएको, नदुख्ने औषधि खाँदा पनि दुखैलाई काम नगरेको, दिसा-पिसाब गर्न पनि समस्या हुन थालेको भय यस्तो बेलामा प्राय शल्यक्रिया मार्फत नै उपचार गरिन्छ l यसरी गर्ने शल्यक्रियालाई laminectomy + disctectomy भनिन्छ l ढाडको पछाडीबाट (अगाडी पेटबाट पनि मिल्छ) गएर ढाडको हड्डी (lamina) काटेर निकालिन्छ र नसालाई च्यापेको disc पुरै निकालिन्छ l Disc भएको ठाउँमा शरीरको अन्य भागको हड्डी (र bone marrow) ल्याएर राखिन्छ अनि त्यो भागको तल र माथिको हड्डीलाई जोडिन्छ (fused गरिन्छ) l

यसरी शल्यक्रिया गर्ने बित्तिकै सम्पूर्ण दुखाई अब देखि जान्छ भन्ने भने होइन l पहिले गर्न नसकिने काम गर्न सकिन्छ तर हल्का दुखाई अझै रहन सक्छ l जब दुई हड्डी fused गरिन्छ र अब ति नचल्ने हुन्छन l त्यसपछि ति हड्डीभन्दा माथिका र तलका हड्डीलाई र disc लाई कामको load पर्छ अनि यी वरिपरिकाका अगाडी र पछाडिका मांशपेशी र cartilage हरुमा पनि परिबर्तन आउँछन् l त्यसैले यस्तो शल्यक्रिया पछि केहि हप्तामै हड्डी अगाडी र पछाडिका मांशपेशी र cartilage हरु लाई चाहिने exercise गरेर बलियो बनाइएन भने अर्को समस्या थपिन सक्छl

५ . Gym join गर्ने ले ध्यान दिनु पर्ने कुरा के के हुन ?
यदि कुनै पनि weight 20 repetition गर्न सकिदैन भने कम weight को lift गर्ने l उदाहरणको लागि यदि तपाईंले ८० के जी weight को Pull Down or Pull Up machine १० पटक मात्र तान्न र उचाल्न सक्नु हुन्छ भने ६० के जी को bar मा झार्नुस र एक पटकमा २० पटक pull up or down गर्नुस l पछि muscle, ligaments, tendons र bone दरो भएपछि बिस्तारै weight बढाउदै जानुस l

Heavy lift गर्नु अगाडी शरीर राम्रोसंग stretch गर्नुस l हल्का jump गरेर वा हल्का दौडिएर heart rate बढाई शरीरका प्रत्येक कुनामा राम्रोसंग रक्तसंचार पुर्याएर शरीरलाई physically र mentally prepare गर्नुस l

सकेसम्म gym instructor hire गर्नुस एक महिनाको लागि मात्र भएपनि l पानी प्रसस्त पिउनुस र diet राम्रो गर्नुस l

६. सुत्केरी भएपछी ढाड किन दुख्छ ?
Hip bone र ढाडको सबै भन्दा मुनिका हड्डी sacrum र coccyx का जोर्नीहरु जुन अरुबेला (प्राय) स्थिर हुने गर्छ, बच्चा पाउँदा आमाको ति जोर्नीहरू जबर्जस्ति चल्नु पर्ने, ठाउं छोड्नु पर्ने हुन्छ l जसले गर्दा ति भागहरु सुन्निएका पनि हुन सक्छन l यसको साथमा त्यस जोर्नी वरिपरिका मांशपेशी र ligaments हरु लाई पनि निकै असर पर्छ l कसै-कसैको अलि असामान्य रुपमा असर परेको हुन्छ जसले गर्दा एक सालपछि सम्म पनि hip र ढाड दुख्ने गर्छl ति सुन्निएका जोर्नी र वरिपरिका भागहरुलाई rest गर्न दिनु पर्छ अर्थात् बच्चा पाएको २-३ महिनासम्म गार्हो काम गर्नु भएन l बस्दा donut hole cushion मा बस्नु पर्छ, दुखाई कम गर्ने मलम लगाउनु पर्छ र chiropractor वा physical therapist (physiotherapist) लाई भेटेर exercise technique सिक्नु पर्छ l Physical therapist भेटिएन भने कम्तिमा पनि planking exercise गर्नुहोस l यसले कम्मरको र पेटको मांशपेशीलाई बलियो बनाउने काम गर्छ l

७. उभ्भिएर ठाडो भएर काम गर्नेलाई भन्दा कुर्सीमा बसेर कम्प्युटरमा काम गर्ने लाई ढाड ज्यादा समस्या कसरी हुन्छ ?
यदि तपाईं उत्तानो परेर सुत्नु भएको छ भने तपाईंको L3-L4 बिचमा २५ (lb) जोड पर्छ, सोझो उभ्भिदा त्यस भागमा १०० जोड पर्छ, उभ्भिएर हल्का निहुरिंदा १५० जोड पर्छ, कुर्सीमा बसेर हल्का अगाडी निहुरिंदा १८५ जोड पर्छ भने, कुर्सीमा बसेर अगाडी तन्किएर कम्पुटरको screen को मसिना अक्षर पढ्न या केहि लेख्न अलि बढी नै घोप्टिएर मेहेनत गर्दा (जुन हामीले प्राय गर्छौं) २७५ जोड पर्छ l यसैले office मा काम गर्नुहुन्छ भने कि त standing desk मा बस्नुस वा back (lumbar) brace लगाएर बस्नुस अनि computer आँफु नजिकै (type गर्दा कुहिनो कम्मर पछाडी पर्ने तरिकाले) राख्नुहोस l बिहान बेलुकी planking exercise गर्नुहोस l

उभ्भिएर काम गर्दा घुंडामा असर पर्न सक्छ त्यसैले बस्ने र उठ्नेको balance मिलाउनुस, राम्रो cushion भएको जुत्ताको लगाउनुस वा diabetic shoes किनेर लगाउनुस l

८. अगाडी पट्टि घोप्टी पर्दा (flexion) वा उभ्भिदा वा पछाडी पट्टि ढल्कंदा (extension) ढाड दुख्ने समस्यालाई कस्तो exercise गर्ने?
यदि MRI गर्दा disc herniation भएको छैन र कम्मर मुनि र खुट्टामा दुख्ने हुँदैन भने घरमै केहि exercise गर्न सकिन्छ l (सकेसम्म       chiropractor वा physical therapist को मै गएर exercise गरेको राम्रो) l

(दुवै खाले समस्या हुनेलाई): भुइंमा उत्तानो पल्टने अनि घुंडालाई छातीमा छुने प्रयास गर्ने (हातले घुंडा छाती तर्फ तान्दा पनि हुन्छ) र उत्तानो परेर भुइंमा सुत्दा खुट्टा कुर्सि वा खाटमा राख्ने (यसो गर्दा ढाडको सम्पूर्ण भागले भुइं छुनु पर्छ) l यस्तो दिनको १५-२० मिनेट गर्ने l

अगाडी पट्टि घोप्टी पर्दा दुख्ने भएमा: Sloppy push up गर्ने अर्थात् push up गर्दा खुट्टादेखि कम्मरसम्म सबै भाग भुइंमा छुवाउने र हातले मात्र push up गर्ने l

पछाडी पट्टि ढल्कंदा दुख्ने भएमा: Trunk flexion गर्ने अर्थात् मन्दिरमा ढोग गरेको जस्तो टाउको भुइंमा राख्ने तर हात नखुम्च्याई अगाडी तेर्साउने l

अन्य धेरै हुन्छन जुन तपाईंको spine doctor को order अनुसार वा MRI को result अनुसार chiropractor वा physical therapist ले exercise का तरिकाहरु सिकाउछन l

डा. कल्याण सुवेदीलेखहरु 


Loading comments...