१६ बर्षकी सुनिता : बेचिएकी चेलीको बेदना


घरबाट हराँउदा उनि केवल १६ बर्षकी त थिइन , सुनिता हो उनको नाम । मान्छे को बधशाला भएको शहरमा उनि पुगिन् या पु¥र्याइन्, त्यसपछि उन्ले आफ्नो परिवारलाई फेरि हेर्न पाइनन् ।
उनि बेचिएकी हुन् , दुलहि झै सजिएकी सुनिता खरिदकर्ताको ओछ्यानमा पसारिरहेछिन् ।
उनलाई मसानघाटमा कसले के जलाओस् ?
यिनको मनमा हरेक दिन मसानघाट नै जल्ने गर्दछ ।

ति बम्बईका गल्लीहरुमा
अहिले त मुम्बई नै भन्न थालियो
हामीहरु अनुहार देख्दछौ तर पहिचान हैन
कुनै लक्ष्य नभएको शरीरहरु देखिन्छन्, भाग्यले ठगेको भन्दा पनि हुन्छ
गाडीहरुले सुस्त गतीमा गुडाँउदा मैले बाहिर उभिएका नेपाली दिदिबहिनीहरु देखें
मैले गिद्धे नजरले हेरिन्, उनिहरु प्रति मलाई सम्मान छ भनेर देखाउन
हो म फिस्स हाँसेको हुँ
ती बाटो हिड्दा
मलाई लागथ्यो कि म माया बेचिने बाटोमा हिडिरहेछु
केहि सिक्काका खनकहरुमा जोबन लिलाम हुने बाटाहरु
बिहानको घाम उदाएको देखेझैं
साँझको घाम अस्ताएको देखेझैं
मैले जीउंदा मान्छेहरु भित्र चलायमान लाशहरु पनि देखें
ति रंगीन सारीहरु संगै मैले त
एकजना आमाको बच्चाकालागि खानेकुरा किन्ने पैसा प्रतिको आशक्ति पनि देखें
शायद अरुले देख्दैन
मैले कत्तिको आँखामा जीवन देखेँ
र कत्तिको जीवनमा आँखा देखें
मैले देखेका दृश्यहरु
नमेटिने छाप बनेंर मभित्रै एउटा कविता भएर बसेको छ
बेदनाको यो कविता आज यहाँ छ
भावना साभार गरिएका हुन् तर पिडा सबैको हो

स्मरण रहोस् अहिले पनि सालाखाला ५४ जना नेपाली चेलीहरु हरेक दिन भारतीय क्षेत्रमा बेच्न लग्नेगरेको तथ्याकं छ । मानव बेचबिखन बिरुद्ध हामीसबैजना चनाखो र मानव बेचबिखन बिरुद्ध जागरुक हुन जरुरी छ ।
लाईभमाण्डु


Loading comments...