
रुमी र उन्का सुफि कविताहरु
जलालुद्दीन मोहम्मद रूमी ( सन् १२०७ देखि १२७३)
रुमीका कविता अनि रुवाइयतका पुस्तकहरु आज पनि विश्वमा सबैभन्दा धेरै रुचाइएका पुस्तकहरु मध्य पर्दछन् । ईरान, ताजाकिस्तान, टर्कि, ग्रिस अनि मध्यपूवी एसियाका देशहरुमा रुमीका बिचार, कविता र भनाइहरु एकदमै प्रख्यात छन् । दक्षिण एसियाका मुसलमानहरुले रुमीको अध्यात्म र सुफिलाई गएको ७ शताब्दीदेखि मनपराउदै आएका छन् । उन्का कविताहरु बिभिन्न भाषा र संरचनामा रुपान्तरित गरिएका छन् र मुख्यतया उन्ले आफ्ना बिचारहरु इरानी, टर्किश, ग्रीक र अरबिक भाषमा लेखेका हुन् भन्ने मानिएको छ । उन्को काब्यशैली र बिचारले पर्शियन, अरबिक, उर्दु, टर्किश, आर्यन, बगांली लगायत धेरै साहित्यमा नयाँ आयाम थपेको छ । आज लाइभमाण्डुमा रुमीका मास्टरपीस कविताका नेपाली अनुवाद केवल यहाँको लागि ।
उन्का कविताका अनुबाद र भावनाको नेपाली संरचनात्मक अनि परिपेक्षात्मक सँस्मरणलाई लाइभमाण्डुका लागी सुयोग ढकालले तयार गर्नुभएको हो ।
रुमीको बिश्व प्रसिद् मृत्युको कविता
म एउटा तत्वका रुपमा मरे अनि बिरुवा भएर जन्मे
त्यो बिरुवा मरेपछि पूनः जनावर भएर जन्मे
जनावरको रुपमा मरेपछि म मानव भएर जन्मे
मृत्युसँग म किन डराँउ ? मृत्युको कमीनै कहिले थियो र ?
अब फेरि हावाजस्तै उड्न म मान्छेको रुपबाट एकफेर अझै मर्नुपर्ने हुन्छ
परित्वबाट समेत आशिष प्राप्त परिहरुसँगै
अरुकसैले मेरो भगवानको बिनाश गरेको बाहेक म सबकुछ सकहन गर्छु
जब मैले मेरो परिरुपी दैबिक आत्मा बलिदान गर्नेछु
म त्यो रुप लिनेछु जुन कुनै पनि मष्तिष्कले सोच्न सकेको छैन
अथवा मलाई उपस्थितीबिहिन उपस्थितीबाट मुक्त गराउ
जैविकरुपमा म घोषणा गरिदिनेछु
उन्कालागी हामी पूनः आउनेछौँ
हो यो सत्य हो कि रुमी इस्लामीक दर्शनले प्रभावित थिए तर उन्का रचना र रुबाइयतहरु इस्लाम मा मात्र सिमीत छैन, उन्का कैयन कुरा र बिचारहरु कुरान र इस्लामको दायरा बाहिरका स्वतन्त्र बिचरणको अभ्यास गर्नेखाले पनि पाइन्छ ।
त्यसताकाको पर्सिया र अहिलेको इरानमा पर्ने ठाँउमा जन्मिएका रुमी एकजना प्रसिद्घ कवी एवं दार्शनिकमात्र नभई एउटा न्यायधीश, अध्यनशील बिचारक, इश्लामिक अध्यनकर्ता र सुफि लेखक पनि हुन् । अमेरिका जस्तो देशमा पनि उन्का कविता र पुस्तकहरु सबैभन्दा बढी पढिने र खोजिने गरिएको छ ।
उन्ले सुफि साहित्यका बारेमा पनि धेरै लेखे, सिरियाको राजधानी दमास्कस सम्म उनि पुगेका आधारहरु भेटिन्छ जहाँ उनि ४ बर्षसम्म बसे । त्यहाँबस्दा उन्ले शाम्स यि तब्रजीलाई भेटे र यो भेटले उन्लाई एउटा दार्शनिक र साधक बनायो । उनि शाम्स र तिनका बिचारले यति प्रधावित भए कि त्यतिबेला उन्ले शाम्सका लागी लेखेको एउटा सर्मपणात्मक कविता यसप्रकार छः
म के को खोजि गरुँ
जबकि म नितान्त ऊ जस्तै छु
उस्को बिचार ममार्फत प्रकट हुन्छ
अनि म आफ्नै खोजिमा छु
एउटा रुबाइयत
खोजको पथमा
विवेकी र अविवेकी मान्छेहरु एकै हुन्
उस्को मायामा : दाजुभाई र अपरिचित एकै हुन्
जाउ गएर, प्रेमरुपी मदिरा पिउ
त्यो धर्ममा मुस्लिम र गैरमुस्लिमहरु एकै हुन्
रुमीको एउटा अध्यात्मीक भनाई
मैले मेरा दुई आँखा लाई यो संसार र अर्को संसारका लालसा र चाहनाहरु नदेख्ने गरि सिलाइदिएँ , मैले मेरो देवताबाट सिकेको कला हो यो रुमीका प्रेममय भावहरु सहि र गलतकर्मको परिधी भन्दा पर एउटा खुला मैदान छ , निर्धक्कसँग आउ, म तिमीलाई त्यहाँ भेट्नेछु जब म आत्मीक रुपमा त्यो घाँसमा पल्टिन्छु, यो संसारमा बिचारयोग्य केही पाँउदिन, म आफैमा हराउछु ।
जब तिमी पखेटा सहित जन्मिएका छौ भनेँ भुई मा घस्रेर किन हिड्नु ?
सुरक्षालाई बिर्स
डरलाग्ने ठाँउमा बसेर देखाउ
सम्मानीन हुने लालसा नराख
चकचके बन र जिवन बाँच
जब तिम्रो छाती अवरोधी अहंकार बाट मुक्त हुनेछ
तब तिमीले आफ्नो सदावहार प्रेम पाउनेछौ
आफूलाई ऐना बाहेक हेर्न सकिदैन तर आफ्नो प्रेमी या प्रेमीकालाई हेर
त्यो स्नेहपूर्ण अनुहारनै तिम्रो लागी सबैभन्दा ठूलो ऐना हो
रुमीका अन्य धेरै प्रसिद्घ कविता र भनाइहरु हामी लिएर आउनेछौँ, तबसम्म प्रेम गर्दैगर्नुहोस र बाँच्नुको मज्जा हरेकपल लिनुहोस, जिवन अनमोल छ , उत्सब मनाऔँ ।