लुकेको धादिङ, फुकेको प्रकृति


काम बिशेषले धादिङ जिल्लाको उपल्लो भेग जसलाई उत्तरी भेग पनि भनिन्छ, त्यहाँ केहि पटक पुगेको छु । धादिङ वेशीबाट सानो गाडीमा उकालो ओरालो गर्दै सुस्तरि जाँदैगर्दा शित खोलाको किनार डुन्डुरे भन्ने ठाँउसम्म पुग्न ५ घण्टा लाग्छ । गाडीको गती उल्लेखनीय रुपमा कम हुन्छ । ती बाटाहरुमा निकै भयंकर गाडी दुर्घटनाहरु भएको छ । केहि वर्षअघि दार्खा फेदिमा यात्रुवाहक बस पल्टँदा दर्जनौको मृत्यु भएको थियो र केहि वर्ष अघि म त्यहाँ जाँदा बसका अवशेषहरु भीरमुनी पोको परेको देखिन्थे ।

दार्खाफेदिबाट माथि क्रमश डाँडाहरु भयंकर देखिन्छन्, पारिला घाम अनि डाँडाका थुम्काहरुका बिच हिँडेर झलागं, मेम हुँदै बोरागं अनि त्यहाँवाट एकातर्फ सेर्तुगं र अर्कोतर्फ लापा र तिर जाने बाटो छुटिन्छ ।

लालाीगुराँस अनि चिथ्रो र काफलको समयमा ती डाँडाहरु राता अनि पहेंला देखिन्छन् । रुबीभ्याली नाम दिइएको यस गाँउपालीका बास्तवमै रुभी पाउने र रुभीको झैं सुन्दरता भएको उपत्यका हो ।

साथी सन्जीब अधिकारी धादिङ वेशीमा काम गर्दछ । गैरसरकारी संंस्थामा बाल संरक्षण अधिकृतका रुपमा कार्यरत उ समयसमयमा धादिंग जिल्लाको उत्तरी भेग गइरहेको हुन्छ । हालसालै सेर्तुगं आसपासका क्षेत्रवाट उस्ले लाइभमाण्डुका लागि पठाएको तस्वीरहरुको कथा आज लाईभमाण्डुमा ।

यी तस्वीरहरु गणेश हिमालको काखको गाँउ नेवेर देखि सेर्तुगं अनि लापा सम्मका छन् । स्थानीय भाषामा गणेश हिमाललाई लाप्सागंकर्प भनिन्छ । गाईको झैं आकारमा भएको हिमाल यहाँ हरेक ठाँउवाट विभिन्न कोणवाट देखिन्छ ।

पर्यटनका दृष्टिले उति उजागर नगरिएको यो क्षेत्र अति नै मनमोहक छ, यी तस्वीरहरुले बृतान्तगर्दछन् ।

लाइभमाण्डु


Loading comments...