Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

उप–मेयर सहित दर्जनौं ने.वि.संघका कार्यकर्ता पक्राउ

१३ माघ २०७५, आईतवार २१:०२


माघ १३ २०७५ ,
नेपाल विद्यार्थी संघका केन्द्रिय सह महामन्त्री एंव पञ्चदेवल विनायक नगरपालिका, अछामकी उप–मेयर अम्बिका चलाउने सहित दर्जनौं कार्यक्रता पक्राउ परेका छन । चिकित्सा शिक्षा विधेयक जर्वजस्ती पास गराएको भन्दै नेपाल विद्यार्थी संघले आज नयाँ बानेश्वरमा गरेको बिरोध प्रर्दशनका क्रममा उनिहरुलाई प्रहरीले पक्रउ गरेको हो ।

पक्राउ पर्नेमा केन्द्रिय उपाध्यक्ष पवन यादब , केन्द्रिय सदस्यहरु गीता गुरुङ , चन्द्र बिक , सुमन पाण्डे ,खड्ग सुब्बा ,मेघा शाही ,सृजना मल्ल ,प्रेम शाहि, सन्दिप ढकाल ,असोक बिष्ट ,प्रेमिका रानामगर ,पुजा फँुयाल ,लोकेन्द्र शाह ,जोगमाया रावल ,सञ्जित श्रेष्ठ लगाएत रहेका छन ।सरकारको विरोध गर्दै डा. केसीको जीवन रक्षा गर, निर्मलालाई न्याय देउ जस्ता नारा उनीहरुले लगाउने क्रममा पक्राउ परेका थिए । सरकारले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई पेल्ने नीति बनाएपछि काँग्रेससंगै उसका भ्रातृ संगठनहरु आक्रामक बन्दै सडक उत्रिएपछि सरकारले पनि कठोर नीति लिएको हो । विद्यार्थीहरुले नेपाली काँग्रेसका दुई पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताललाई ओली नेतृत्वको सरकारले नियतवश केन्द्र सरकार मातहतमा नराखेपछि आन्दोलन गरेका हुन् ।

त्यसैगरी सत्याग्रही डा. गोविन्द केसीसंग ओली सरकारले सम्झौता गरेर पनि सो सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै नेविसंघले देशैभर आन्दोलन चर्काएको छ । सरकाले गरेका गलत कामको शान्तिपुर्ण ढंगबाट बिरोध गर्दैमा प्रहरी प्रसाशन परिचालित गरि आफुहरुलाई पक्राउ गर्नाले सरकार अधिनायक बाद तर्फ लम्केको कुरा प्रष्ट भएको सहमाहामन्त्रि तथा उप मेयर चलाउनेको भनाई छ । पक्राउ परेकी चलाउने आउदै गरेको नेबिसंघको अबिधेशनमा अध्यक्ष पदको मुख्य दावेदारमा हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै