
डा. बिवेक बिन्द्रा : उनको नेपालप्रतिको चासो
१४ माघ २०७५, सोमबार १७:५०
गत केहि हप्ता नेपाली सामाजिक सञ्जालमा एउटा भिडियो बहुतै चर्चामा रह्यो । नेपालका बारेमा एकजना भारतीय मोटिभेसनल स्पीकर डा. बिवेक बिन्द्राले एउटा केस स्टडी प्रस्तुत गरेको उक्त भिडियो धेरै नेपालीजनले शेयर, लाइक्स अनि डिसलाइक्स सम्म गरे ।
उक्त केस स्टडीका केहि तथ्याकंहरु अलिक पुराना छन् अनि केहि विषयगत विष्लेषणहरु बहुतै कडा अनि ब्यबहारीक छन् ।
आज हामी तिनै बिवेक बिन्द्राका बारे केहि कुराहरु लिएर आएका छौं । विश्वभरि सुबिख्यात यि बिवेक बिन्द्रा सनातन संस्कारका एकजना बहुतै अध्यात्मिक ब्यत्ति हुन् । विशेषतः अध्यात्मिकमार्गमा अघि बढेका यिनी अनि यिनका हरेक प्रस्तुति र धारणामा श्रीमद भागवत गीताका अवयवहरु प्रचुर मात्रामा पाइन्छ ।
उनको बाल्यकालको केहि कुरा गरौं जहाँ उनका जीवनका संघर्ष अनि उतार चढावका प्रतिबिम्ब पाइन्छ । सन् १९७८ मा भारतको नयाँ दिल्लीमा जन्मिएका यि बिवेकको जन्मको २ वर्ष मै उन्का पिताको मृत्यु भएको थियो । त्यसपश्चात उन्की आमाले अर्को पुरुषसंग बिवाह गरेको अनि बाल्यकाल देखि नै बिन्द्राले धेरै दुख्ख र हण्डर खानुपरेको बताइन्छ । जेभियरस कलेज भारतबाट अध्ययन गरेका यिनले पछि एकीटी यूनिभर्सिटीबाट एम. बी. ए गरेको पाइन्छ । कैयन दुख्खका बाबजुद पनि आफ्नो आत्मवल र सशक्त सोचका कारण बिवेक जीवनमा नहारीकन अघि बढ्दै गए । आज विश्वका २५ देशका ब्यवसाहीक शाखाहरुमा उनी बेलाबखत तालिम दिन अनि ज्ञान बाँढ्न पुग्दछन भनें उन्का भिडियोहरु यूट्यूबमा सबैका लागि निशुल्क उपलब्ध छ । भारतका टप १० जना यूट्यूब बाट आय गर्ने सूचीमा बिवेक बिन्द्रा पनि पर्दछन्, यसअर्थमा उन्का फलोवरहरु निकै रहेको र उन्का दर्शन र धारणाहरुले निकैको जीवन परिवर्तन गरेको पुष्टि हुन्छ ।
उनलाई सम्मनजनक दर्शनशास्त्रको डाक्टरको उपाधी दिइएको बताइन्छ ।
उनका कुरा अनि धारणाहरुमा श्रीमद भागवत गीता र सनातन दर्शनको झल्को पाइन्छ । पटकपटकको अन्तर्वार्ता र कुराकानीमा बिवेक बिन्द्राले आफूले एम. बी. ए. अध्ययनको क्रममा एकजना शिक्षकवाट श्रीमदभागवत गीता पाएको पछि त्यसैको आधारमा आफूले दर्शन अनि धारणाहरु बनाएको बताउने गरेका छन् । उन्का अनुसार भागवत गीता अध्ययन गर्ने भन्दा पनि जीवनमा आत्मसाथ गर्ने पुस्तक हो, उन्का अनुसार भागवत गीता कुनै धार्मिक पुस्तक नभई जीवनको मार्गदर्शक एउटा ब्यबहारीक पुस्तक हो । यस पुस्तकमा कुनै धर्मको केहि शब्द अनि धार्मिकताको एक पित्कोसम्म पाइन्न, अर्जुनलाई गुरु द्रोणाचार्यले दिएको ज्ञानलाई प्रयोग गर्न श्री कृष्णले सामथ्र्य अनि उजागरता दिनुभएको गीतामा उल्लेख गरिएको उनी बताँउदछन् । सन् २०१३ मा यूट्यूब मार्फत भिडियोहरु रिलिज गर्न थालेका बिन्द्राको शुरुवात ताका भिडियोहरु उति चलेनन तर सुस्तरि यिनले नाम चलेका ब्रान्डको ब्यबसाहिक उतारचढाव र त्यसबाट सिक्नुपर्ने पाठहरुका बारेमा भिडियो निकालेर बिष्लेषण गर्न थालेपछि यिनको चर्चा चुलिएको हो । पछि उन्को लिडरशीप फनेल कार्यक्रम मार्फत बिभिन्न ब्यवसाही अनि कर्पोरेटले धेरै फाइदा पाएर कर्मचरी र संचालकमा उत्पादकत्व अनि उत्प्रेरणा बढेपछि विश्वभरि यिनको चर्चा चुलिएर गयो ।
उनका चिनेका अनि संगत गरेका श्रोतब्यक्तिहरुका अनुसार उनी नेपाललाई औधि माया गर्दछन् र उनी पशुपतिनाथ, मुक्तिनाथको यस देशलाई सनातन संस्कारको अवयव अनि दर्शनको केन्द्रका रुपमा देख्न चाहन्छन् । ब्यवसाय र अध्यात्मलाई साथसाथै लिएर जाने यि बिवेक बिन्द्राको नेपालमा पनि निकै समर्थक रहेको पाइन्छ । विश्व एचआरडी काँग्रेसमा एसियाका सर्वोत्कृष्ट नेतृत्व तालिमप्रदायकको यिनले उपाधी हात पारेका छन् । भारतका टप १०० सि. ई. ओ. हरुलाई तालिम दिने अनि कोच गर्ने बिवेकले विश्वमै टप १ लिडरशीप र एन्टरपेनर यूट्यूब च्यानल का रुपमा विश्व रेकर्ड बनाएका छन् । यिनको च्यानलमा ७० लाखको हाराहारीमा सब्सक्राइबर छन् भनें यिनका भिडियोहरु अरबौं मान्छेहरुले हेरिसकेका छन् ।
नेपालमा पनि विभिन्न धार्मिक अनि अध्यात्मिक संस्थाहरुसंग मानविय कार्य अनि अध्यात्मिक सचेतनाका लागि निकट बिवेकका बिचारहरुले विश्वभरि थप प्रचुरता पाउन् । सनातन संस्कार र दर्शनको जगेर्ना गर्न र विश्वलाई स्नेह र अध्यात्मिक उजागरताको एउटा सन्देश दिन बिवेक अनि हामी सबै आआफ्नो ठाँउवाट सफल हौं , सबको जयहोस् ।
लाइभमाण्डु
डा. बिवेक बिन्द्राले नेपालमा गरेका केस स्टडीको भिडीयो
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग