
सफल र खुसी मानिसका पाँच साझा बानिहरू
१५ माघ २०७५, मंगलवार १३:२७
१. उनीहरूले समयको व्यवस्थापन गर्न सक्दछन् ।
उनीहरूसँग पनि दिनमा उतिनै समय हुन्छ जती हामीसित, यद्यपी उनिहरूले यसलाई खेर जान दिदैनन्, हरेक पलको सदुपयोग गर्ने प्रयाश गर्दछन् ।
२. उनीहरूले स्वास्थ्यको राम्रो ख्याल राख्दछन् ।
स्वस्थ्य नै धन हो, यो छ त सबैथोक छ, स्वस्थ्य नै खस्कियो भने कार्यउत्पादनमा ह्रास आउछ भन्ने उनीहरूले बुझेका हुन्छन् । यसैले कृत्रिम, लागुपदार्थ एवं अखाद्य चिजबाट परै रहन्छन् ।
३. उनीहरूले इमोसनल इन्टिलेजेन्सको प्रयोग गर्दछन् ।
उनीहरू अनाहकमा भावनामा बहकिदैनन् । आफ्ना आवेगहरूलाई कावुमा राख्ने गर्दछन् । अरूसित कुन रूपमा प्रस्तुत हुने कुरा उनीहरूले जानेका हुन्छन् ।
४. उनीहरू निरन्तर अरूको सेवा गरिरहन्छन् ।
सफल र सुखी मानिसहरू आफ्नो भलाइको बारेमा मात्र सोच्दैनन्, उनीहरू दोश्रोको भलाईका बारेमा ज्यादा सोच्दछन् । सेवा नै धर्म हो को मूल मन्त्र उनीहरूले हर्दम जपिरहेका हुन्छन् ।
५. उनीहरूले बुझेका हुन्छन् की उनीहरूको वास्तविक शक्ति उनीहरूकै रोजाइमा अन्तर्निहित छ ।
उनीहरू आफैमा विश्वास गर्दछन्, आफ्नो असिम शक्तिमा भरोसा राख्दछन् । हर चाहाना पूरा गराउन सकिन्छ भने उनीहरूमा अगाध आत्मविश्वास भरिएको हुन्छ ।
स्रोत : पिक द ब्रेन
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई
काठमाडौँ, १७ पुस : भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार । जीवन नभए संसारै शून्य । यो भनाइलाई सत्य मान्ने हो भने
काठमाडौं, १५ पुस – गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व
भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै