कपडा बेच्ने पत्रकार


हुन त गीतामा कर्मलाई धर्म भनिन्छ अनि कर्म गर्न सबैलाई प्रोत्साहन गरिएको छ । कुरा गीतामात्र को पनि हैन हरेक धर्म, दर्शन अनि ग्रन्थहरुले कर्मको पवित्रता र महत्वलाई दर्शाएको छ तर व्यबहारीक रुपमा हाम्रो देशमा भनें त्यस्तो पाइन्न । हामी कर्म अर्थात कामका आधारमा मान्छेलाई तुलना गर्दछौं, सुफा अनि सुग्घरी कामलाई विशेष महत्व अनि टेबल कुर्सिको मोह हामीमा धेरै छ ।
हाम्रै गाँउसमाजमा केहि यस्ता कथा अनि पात्रहरु छन् जस्ले टेबल या कुर्सि बिनानै अनि बाटोघाटो र चोकचौराहमा नै सामान्य र मिहिनती काम गरेर इतिहास रचेका छन् । यस्ता उदहारणहरुलाई हामीले समाजमा दर्शाउन अनि चिनाउन जरुरी छ ताकि हामीमा भएको कर्मप्रतिको विभेद कम होस् । काम सानो ठूलो हुन्न, चुठेर थाल माझ्ने ठाँउसम्म लानु या खाना पकाउनु या सिलौटामा अचार पिँध्नु या मम बेच्नु या खेती गर्नु या गाई पाल्नु या दुध बेच्नु या बाटोमा फिजाँएर लुगा बेच्नु या टेम्पो चलाउनु उत्तिकै महत्वपूर्ण छ जति पाइलटले प्लेन चलाँउछ, प्रधानमन्त्रीले देश हाँक्दछन् या लेखक के केहि लेख्दछ ।

आज यस्तै एउटा सामान्य कर्म गरेर असामान्य परिणाम पाएका अनि ठूला सपना भएका मान्छे हामीमाझ छन् ।
वाटोमा कपडा बेच्दछन तर पत्रकार बन्ने सपना पालेर पत्रकारिताको अध्ययन पनि गर्दैछन् । आँफै आफ्नै खर्चले प्लस २ मा पत्रकारिता अध्ययन गरेका यिनको दर्शनले नेपाली उधमशीलतालाई नयाँ आयाम दिएको मान्न सकिन्छ । तसर्थ यस आलेखलाई हामीले नाम दियौं, कपडा बेच्ने पत्रकार ।

ललितपुरको ब्यस्त स्थान लागनखेलबाट मंगलबजार जाने बाटोको छेउमा लुगा बेच्दै गरेका भेटिन्छन भुवन रोकाया । करिव तिन बर्ष देखि फुटपाथमा कपडा बेच्न सुरु गरेका भुवन बझाङबाट आफ्नो सुन्दर भविस्य निर्माणको लागी शहर छिरेका हुन् ।यस शहरमा बस्ने अनि छिरेका तपाँइहामी जस्तै भुवन पनि ३ वर्षअघि काठमाडौं आएका हुन् । केहि थान सपना अनि केहि थोपा पसिना बगाउन ।
२०७२ सालमा SLC परिक्षा दिएर बाजुरा काठमाडौं आएर सरकारी जागिर खाने सोचले सेनामा कोसिस गरे तर सफल हुन् सकेन् । पारिवारिक अवस्था कमजोर भएको र काठमाडौंमा कोठाभाडा तिर्न र दैनिक गुजारा गर्न समेत गाह्रो भएको कारण करिव १९ हजारको लगानीमा आफ्नो ब्यापार सुरु गरेका भुवन संग अहिले ८ देखि ९ लाखको त लुगामात्रै छ । सिजन अनुसारको लुगा ब्यापार गर्ने भुवनले नेपालमा राम्रो पोजिसनमा काम गर्ने जागीरको तलव बराबरको कमाइ गर्दैछन् । उनले यो जाडो महिनाको सिजनमा मात्र सबै खर्च कटाएर करिव ४ लाख आम्दानी गरेको हाँस्दै अनि गर्वका साथ सुनाउछन ।महिनाका केहि थान हजार कमाउन परिवार अनि माटो छाडेर अबर छिरेका दाजुभाई दिदिबहिनीका लागी यो एउटा वैकल्पीक उदहारण अनि नयाँ वाटो हुन सक्दछ ।

उनी बिहानै उठेर कलेज जान्छन र कलेज सक्काएर आफ्नो ब्यापार सम्हाल्न आइपुग्छन ।उनको पसल दैनिक १२ घण्टा चल्दछ तर विहान उनी अध्ययनका लागि कलेज जान पर्ने भएकाले त्यसवखत उनका सहयोगीले पसल खोल्दछन् । बिहान ८ देखि बेलुका ८ सम्म भुवनको यो फुटपाथे कपडा पसल खुल्लै रहन्छ । भुवनले आफ्नो भाइ सुवासलाइ आफ्नै खर्चमा आइ।टि पढाउदै छन । सुवास पनि आफ्नो फुर्सद निकालेर दाजुलाइ सघाउन आइपुग्छन । दाजुभाइमात्र हैन एकजना काम गर्ने मानिस समेत राखेका छन, भुवनले। दशैँ, तिहार जस्तो लुगा ब्यापार हुने सिजनमात ४,५ जनाले समेत लुगा ब्यापार गरेर नभ्याउने कुरा भुवनले हामीलाई बताए ।भुवनलाइ पनी परिवार र साथीभाइले काम गर्न विदेशीने सल्लाह नदिएका भने हैनन् तर नेपालमा नै काम गरेर बाहिर काम गरेजति कमाइ हुने र आफ्नो परिवारलाइ पनि समय दिन पाउने भएको कारण नेपालमा नै बस्न मन लागेको उनको भनाइ छ । नेपालमा नै कामलाइ सानो ठुलो भनेर नहेरी सबै खाले काम गर्ने हो भने प्रसस्थ कमाइ हुने उनको बिचार छ । उनि भन्छन “आफ्नो परिवारबाट टाढा अर्काको देशमा गएर घाम पानी नभनी दुख गर्नु भन्दा त नेपालमा नै काम गरेको राम्रो नी।” तर कहिले काही भने उनलाई बाटोमा ब्यापार गरेको भनेर नराम्रो नजरले हेर्दा भने अति नै चित्त दुख्छ ।यसरी होलसेलमा सामान किनेर बेच्दा सधै फाइदा हुन्छ त रु भनेर प्रस्न गर्दाउनले छेउमा नै भएको ट्राउजर देखाउदै ूयो मैले किन्दा २१०मा किनेको तर अब त सिजन पनि जान लाग्यो त्यसले १५० मा बेच्दै छु । एक वर्ष सम्म सिजन पर्खेर बेच्नु भन्दा घाटा खाएर नै बेचेर भए पनि नयाँ समान राक्नु राम्रो।

फुटपाथमा सामान मिलाउदै

मान्छेहरुले फुटपाथकै लुगा बिभिन्न स्वरुप र प्याकेजिगंमा अन्य पसलहरुमा किन्ने र फुटपाथलाई हेपेर या किन्न लजाएर हिँड्ने बताँउदछन् । फुटपाथको फोहोर सरसफाईका लागि दैनिक रु ४० रुपैंया भुवनले महानगरपालिकालाई तिर्ने गरेका छन् । भुवनको पारिवारिक पृष्ठभूमि हेर्दा उन्का पिता भारतमा कामको खोजिमा गएको बताँउदछन् । भुवन आजको नेपाली उधमशिलताका एक आवाज हुन्, बाहिर गएर चिहान खन्नुका साटो उनी यहीँ बसेर घरपरिवार सबै धानेको बताँउदछन् । भुवनको मुस्कानमा नेपाली पौरख मुस्कुराई रहोस्, शुभकामना छ भुवन अनि भुवनजस्ता हामीसबैलाई ।
भिडियोमा हेरौं

कपडा बेच्ने पत्रकार

ललितपुरको ब्यस्त स्थान लागनखेलबाट मंगलबजार जाने बाटोको छेउमा लुगा बेच्दै गरेका भेटिन्छन भुवन रोकाया । करिव तिन बर्ष देखि फुटपाथमा कपडा बेच्न सुरु गरेका भुवन बझाङबाट आफ्नो सुन्दर भविस्य निर्माणको लागी शहर छिरेका हुन् ।यस शहरमा बस्ने अनि छिरेका तपाँइहामी जस्तै भुवन पनि ३ वर्षअघि काठमाडौं आएका हुन् । केहि थान सपना अनि केहि थोपा पसिना बगाउन ।https://livemandu.com/5191/

Posted by Livemandu on Tuesday, 29 January 2019

सुरेन्द्र बजगाँई
लाइभमाण्डु

पसल मिलाउँदै भुवन

 


Loading comments...