Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

अल्बानी मधेशी समाजद्वारा न्युयोर्क अमेरिकामा महापर्व छठ

२५ कार्तिक २०७५, आईतवार ०२:३४


अमेरीका, कार्तिक २५ । लोक आस्थाको महापर्व छठको हिन्दू धर्ममा छुटै महत्व छ । यो पर्वलाइ परदेशमा पनि रही आफ्नो धर्म, कला, संस्कृतिलाइ जोगाई राख्न र महापर्व छठ लगायत मधेशी संस्कृतिलाइ विश्वसामू चिनाउन अल्बानी मधेशी समाज, न्युयोर्क अमेरिका का मधेशी मूलका युवाहरु न्युयोर्क अमेरिकाको राजधानी अल्बानीको हिन्दू मन्दिरको पोखरीमा यो पर्वको आयोजना गर्न अग्रसर भएका छन ।

यसै क्रममा ११ नोवेम्बेरको नहाय खायबाट शुरु हुने पर्व ४ दिन सम्म चल्ने र १३ नोवेम्बेर साँझको अस्ताउँदो सुर्यलाई र १४ नोवेम्बेरको बिहान उदाउँदो सुर्यलाई अर्घ्य दिएर सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।

न्यूयोर्क महानगर, बोस्टन, कनेटिकट र रेड़े अइलैण्डका मधेशी समूदाय लगायत विश्वभारीका छठ पर्वमा आस्था राख्ने सनातन हिन्दु संस्कारका दाजुभाई दिदीबहिनीको बाक्लो उपस्तिथी रहने अल्बानी मधेशी समाज, न्युयोर्क तथा छठ पर्वका संजोयक प्रशान्त(प्रिन्स) साहले जानकारी गराउनु भएका छन । तीन दशक देखि अल्बानीमा बसोबास गर्दै आउनुभएका समाजसेवी साह विभिन्न कार्यक्रम मार्फत मधेशी सँस्कृतिलाई विश्वसामु चिनाउन अग्रसर हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब

काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):

काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप”

आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला