Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

दालभात तरकारीको “भिजिट भिसामा” यूट्यूबमा लोकप्रिय

१५ माघ २०७५, मंगलवार १६:५९


मह सञ्चारको युट्युब च्यानल मार्फत गत शुक्रबार सार्वजनिक गरिएको फिल्म ‘दाल भात तरकारी’ को गीत भिजिट भिसामालाई दर्शकले रुचाएका छन् । दर्शकको रुचाइकै कारण गीत ट्रेण्डिङमा पर्न सफल भएको छ । नेपालसँगै विदेशमा पनि उत्तिकै रुचाइएको गीत नेपालको युट्युब ट्रेण्डिङमा नम्बर २ मा पर्न सफल भएको छ । यो न्युज तयार पार्दासम्म ९ लाख बढी भ्युज सहित नम्बर २ मा रहेको छ । गीतमा फिल्मका अधिकाँस कलाकार फिचर्ड छन् । गीतलाई त्रिभुवन विमानस्थल र हायात होटलसँगै उद्घाटन भैनसकेको ‘गणतन्त्र पार्क’मा खिचिएको छ । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् ।

गीतलाई हरिवंशले नै रचना गरेका हुन् भने यसमा निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको छ । गीतमा मुख्य कलाकार हरिवंश आचार्य, नायिका निरुता सिंह, नायक पुष्पल खड्का, नायिका आँचल शर्मा र नायिका बर्षा राउत, कलाकार राजाराम पौडेललाई देख्न सकिनेछ । ९० भन्दा बढी कोरसको साथमा खिचिएको गीतले फिल्मको गीतलाई कुनै सम्झौता नगरी तयार गरिएको छ । सुदन केसीको निर्देशनमा तयार भैरहेको फिल्मलाई मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले