सिरियनका शरणार्थीको डायरीबाट


३ जना शरणार्थीहरु सिरियाबाट भागेर लुकी लुकी ग्रीस सम्म पुगेका छन् । परिवार जोगाउन र उनीहरु भविष्यको खोजिमा ईटाली जाने निर्णय गर्दछन् फेरी बिना कागजपत्र यो यात्रा त्यती सजिलो भने थिएन, आउनुहोस् नेपाली संस्करणमा प्रस्तुत छ, समुन्द्रपारीको शरणार्थीका दर्दनाक कथा । ट्याकंर भित्रका २४ घण्टा ,

ट्याकंरभित्रको यात्राले ज्यान लिन सक्ने थियो, हामीलाई थाहा थियो , अरु सिरियनहरु पनि थिए जसले आफ्नो अनुभवका आधारमा हामीलाई त्यसो नगर्न भने । तर हामीलाई जसरी पनि ग्रीस कट्नु थियो । हामी २ महिनादेखि ग्रीसमा बिना कागजात लुकिछिपी बस्दै आएको थियौ (अनस अनि बेदी) केही काम थिएन, खाना थिएन, बाँच्ने आधार थिएन् अनि प्रहरीहरुले बहुतै बर्बरतापूर्वक व्यबहार गर्दथे हामीलाई । मानव ओसार पोसार गर्नेहरु प्राय कुर्दिश या अबरीहरु खुल्ला क्याफेमा बसेर मान्छेलाई सामान झैं ओसार्ने कुरा गर्दछन, प्लेन, पानीजहाज या ट्याकंर भित्र । ईटाली छिर्ने र नयाँ जिवनको सुरुवात गर्ने एउटा अचुक माध्यम थियो । हुन सक्छ कि ट्याकंरभित्रका मान्छे गन्तव्यमा पुग्दासम्म लाश बनिसक्नेछन् ? तर बिकल्प अरु के नै छ र ?

५००० यूरो दिएमा ग्रीक ड्राईभरले हामीलाई ईटालीको मिलान शहरसम्म पूर्याउने कुरा एकजना साईबर क्याफेका मालिक ईजिप्सीयनले ट्याकंरको उपाय हामीलाई भनेका हुन् । उसका क्याफेमा धेरै अरबी बालबालिकाहरु आफ्ना आमा बुवासंग स्काईपमा कुरा गर्न आउने गर्दथ ।

हामीले एथेन्स बिहान सवेरै ट्याक्सीमा चड्यौं , म मेरा दुई साथी र एकजना नचिन्ने ईराकी हामीसंग थियो । समुन्द्र किनारको एउटा गोदाम जस्तो एकलास ठाँउमा हामीलाई लगियो, त्यसपछि गोदामको ठूलो ढोका लगाएर ड्राईभरले बन्दोबस्त मिलाउन थाल्यो । हामीलाई सर्वप्रथम शौचलय जान भनियो, अरु साथीहरु गए शौचालय तर म धेरै तनावमा थिए, शौचालय जान सकिन ।
गाडीको एक्सल तर्फको सानो प्वालबाट हामीलाई छिर्न भनियो, घस्रदै छिर्न पर्ने थियो । छिर्न अघि हामी चारैजनाले प्रार्थना गर्यौं, हाम्रा परिवार अनि बालबच्चाका लागि, शायद अब उनीहरुसंग कहिल्यै भेट हुने छैन, मलाई लाग्यो कि अब हामी तीनै जना त्यही मर्दैछौं भनेर । संगैको साथी अनस आफ्ना छोराछोरी सम्झेर अचम्मको चित्कार गर्न थाल्यो, मैले यसखाले मानविय संवेदना प्रथम पटक देखे, धेरै नराम्रो लाग्यो आफ्नै अवस्था देखेर । त्यस ट्याकंर को सानो दुलोमा चार जना अट्न असंभव थियो, हामी तिनजना जाने भयौं र ईराकी साथी चाँही फर्कियो । अटेको भए उ पनि जान्थ्यो होला ?

ड्राईभरले ५००० यूरो लियो र हामी ईटाली पुग्दा सम्म मरिसकेको भएमा हाम्रो शरीर झिकेर फाल्नका लागि भनेर पनि थप ५०० यूरो लियो । गाडी चलेको आधा घण्टा मात्र भएको थियो ,मलाई जोडले पिशाब च्याप्यो यसरी चेप्टीएर बसेका थियौं की हामी हलचल गर्न सक्ने अवस्थामा थिएनौं । हामीसंग भएको पेप्सीको सानो बोतलमा पिशाब गरे जून आधा बोतलमा पर्यो अनि आधा यत्रतत्र पोखियो । बोतलको पिशाब बाहिर फाल्दा पनि तिब्र रफ्तारको हावाले पिशाबका छिटाहरु हामीतर्फ नै फल्यो ।

चारैतिर अन्धकार थियो, हामीलाई कालो केही कुराले छोपीएको थियो अनि भुईमा रबरको केही म्याट जस्तो थियो । डिजेल अनि प्लाष्टीकको जलेको गन्ध आईरहेको थियो र तापका कारणले म्याट पग्लन थालेको थियो । हामी त्यहाँ मर्दैछौं, म अब मर्नका लागि तयार थिए ।

सिरियन शरणार्थीहरु कहाँ र किन जाँदैछन् ?

यूरोपीयन यूनियनका देशहरुमा यि शरणार्थीहरु जान्छन् । मुख्यतया ग्रीस र ईटालीमा राम्रो सामाजिक सुरक्षा र रोजगारीक अवसरले उनीहरु त्यहाँ लुकिछिपी जानेगर्दछन् । असाईलम खोज्नेहरुलाई बेलायत, जर्मन अनि नेदरल्याण्ड लगायतका देश अनि केही स्क्यान्डेनिभियन स्टेटहरुले केही प्रावधान दिएका छन् । ब्यबसाहीक मानव तस्करहरु यूरोप भरि, मध्यपूर्वी एसिया अनि उत्तर अफ्रिकासम्म सक्रिय छन, कतिले त आफ्ना सेवाहरु फेसबुकमा प्रवर्धन पनि गर्नेगर्दछन् । शरणार्थीहरु आफ्नो बर्षौको कमाई, सरसापटी अनि जेथा बेचेका रकमहरु यिनै तस्करहरुलाई दिन बाध्य हुन्छन् ।

लगभग यात्राको अन्त तर्फ हामी तिनैजना पीडाले छटपटाइरहेका थियौं । केही समयमा ट्याकंर अब पानीमाथिको फेरिमा थियो, बन्द ईन्जिनमा हाम्रो श्वासप्रश्वासको आवाज पनि गर्जन भएझै लाग्न थाल्यो । हामी श्वास फेर्न संघर्ष गर्दै थियौं । हामीलाई चुपचाप भएर गन्तव्य पुग्नु थियो, हामी चुप बसिरह्यौं तर पीडाका कारणले त्यो चुप बस्नु लगभग मरेकै जस्तो थियो ।
मोबाईलमा भएको परिवारका फोटाहरु हेरेर शायद म जिवनको अन्तिम पलहरु गुजारीरहेको छु जस्तो भान भयो । मैले देश छाड्ने बेलामा मेरी श्रीमती गर्भवती थिइन र टर्कीमा अल्टा्रसाउण्ड गर्दा मैले छोरी नै भएको थाहा पाएको हुँ । मेरा दुईजा जुम्ल्याहा छोरीहरु छन, डिमा र रिमा । तिनीहरु चार बर्षका छन, मैले यो यात्रा उनीहरुकै भविष्यका लागि गरिरहेको थिएं । मैले सोचें उनीहरुले के खान्छन् अनि के गर्छन भनेर सम्झदै थिए । म यस्तै सोच्दै थिएं, मोबाईलको ब्याट्री सकियो ।

ट्याकंर पुन गुड्न थाल्यो, बाहिरका मान्छेहरुले बोलेका भाषाका आधारमा हामी अब ईटाली पुग्यौं भन्ने थाहा भयो । हामी खुशी भयौं । शरीर अर्धमृत भइसकेको थियो, अब ड्राइभरले सुनेर रोकोस भनेर हामीले कराएर ट्याकंरको भुईमा ठोक्न थाल्यौं । ड्राइभरले सुनेन, साथीको मोबाइलमा बाँकी ब्याट्रीको प्रयोगले ग्रीसमा भएको तस्करलाई फोन गरेर ड्राइभरलाई गाडी रोक्न लगाउ नत्र हामी मर्न आट्यौं भन्यौं । केहीबेरमा गाडी जगंल बीचमा रोकीयो, चेप्टीएर बसेकाले गर्दा हामी झर्दा हाम्रा गोडाहरु नफैलने गरि खुम्चीएका थिए। शरीरको तल्लो भागमा केही थाहा हुन सक्ने संवेदनशीलता थिएन ।

ड्राइभरले अब हामीमध्य कसैलाई चिन्दीन र आफूलाई पनि कसैले चिनेको छैन भनेर कडा शब्दमा भनें । हामीले एकअर्कालाई हेर्यौं, कालो धुँवाले हाम्रो अनुहार नचिनिने भएको थियो र हामी गनाईरहेका थियौं । झरेको एक छिनमा मैले थोरै गोडा चलाउन सक्ने भएं, पिशाब फेर्न सकें । लगाएका कपडालाई उल्टाएर लायौं, ता कि थोरै भएपनि सफा देखिन्छ कि भनेंर । हामी कहाँ थियौं थाहा थिएन् , हामी हिड्दै अघि गयौं, अगुंरका लहराहरु र खेतहरु थिए। गाँउलेहरुले हामीलाई देखेर ग्रीसमा जस्तो प्रहरीलाई खबर गरिदेलान भन्ने भय पनि थियो । मलाई थोरै अँग्रजी आउँछ, मैले गाँउलेहरुसंग कुरा गरें । हामीले २४ घण्टा देखि केही खाएका र पिएका थिएनौं । ईटालीका मान्छेहरु दयालु रहेछन् , उनीहरुले हाम्रो ढाड थपथपाए अनि खान पनि दिए । धुँवा जस्तै कालो कफि दिए, हामी धुँवाको कालो सम्झदैं कफी पिउन थाल्यौं, थाकेका थियौं तर हर्ष थियो । हाम्रो नयाँ जूनी ।

यस बास्तविक कथा सिरियन नागरीक साईदले भनेका हुन् । उन्ले यस कथा बीबीसी वल्र्डका कर्मचरी डानियल सिल्वास एडाम्सन र म्यादमख एकबिक लाई भनेका हुन्


Loading comments...