
ट्रेण्डिङमा नं १ “भिजिट भिसामा”
१६ माघ २०७५, बुधबार १२:३८
मह सञ्चारको युट्युब च्यानल मार्फत गत शुक्रबार सार्वजनिक गरिएको फिल्म ‘दाल भात तरकारी’ को गीत भिजिट भिसामालाई दर्शकले रुचाएका छन् । दर्शकको रुचाइकै कारण गीत ट्रेण्डिङमा पर्न सफल भएको छ । नेपालसँगै विदेशमा पनि उत्तिकै रुचाइएको गीत नेपालको युट्युब ट्रेण्डिङमा नम्बर १ मा पर्न सफल भएको छ । यसका साथै गीतलाई टिकटकमा पनि निकै रुचाइएको छ । यस गीतलाई टिकटक गर्नेको संख्या बढ्दो छ । गीतलाई १७ लाख बढी पटक हेरिसकिएको छ । गीतमा फिल्मका अधिकाँस कलाकार फिचर्ड छन् । गीतलाई त्रिभुवन विमानस्थल र हायात होटलसँगै उद्घाटन भैनसकेको ‘गणतन्त्र पार्क’मा खिचिएको छ । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् ।
गीतलाई हरिवंशले नै रचना गरेका हुन् भने यसमा निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको छ । गीतमा मुख्य कलाकार हरिवंश आचार्य, नायिका निरुता सिंह, नायक पुष्पल खड्का, नायिका आँचल शर्मा र नायिका बर्षा राउत, कलाकार राजाराम पौडेललाई देख्न सकिनेछ । ९० भन्दा बढी कोरसको साथमा खिचिएको गीतले फिल्मको गीतलाई कुनै सम्झौतानगरी तयार गरिएको छ । सुदन केसीको निर्देशनमा तयार भैरहेको फिल्मलाई मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका