यात्रा टिजरमा सलिनको रोमान्ससँगै एक्सन अवतार पनि


सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म ’यात्रा अ म्युजिकल भ्लग’ को टिजर विहिबार सार्वजनिक गरिदैछ । पछिल्लो समयका राइजिङ स्टार सलिनमान बनिया अभिनित फिल्म यसवर्षकै प्रतिक्षित फिल्म हो । ए मेरो हजुर २ मार्फत डेब्यु गरेका सलिन पछिल्लो समय आफ्नो चकलेटी लुक्सका कारण फिल्मनगरीसँगै दर्शक माँझ पनि लोकप्रिय छन । बिहिबार ३ बजे सार्वजनिक हुने टिजरलाई सलिनको फ्यान मात्र होइन फिल्मनगरीले पनि प्रतीक्षा गरिरहेका छन् । फिल्ममा सलिन भ्लगिस्टको भूमिकामा छन् । यात्राको क्रममा आउने घटनाक्रमलाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइ काम गरेको फिल्महरु के यो मायाहो, मेरो लभ स्टोरी, कोहि मेरो, नोभेम्बर रेन, होमवर्क, छक्का पञ्जा, ऐश्वर्य, कृ लगायत चर्चामा थिए । ‘झन्डै ५५ सेकेन्ड लामो टिजरमा फिल्मलाई प्रस्ट्याउने सबै कुरा समेटिएको छ’ निर्देशक सम्राट भन्छन् ‘सलिनको फ्यानले प्रतीक्षा गर्नुस, रोमान्टिकसँगै एक्सन अवतारमा सलिन देखिदैछन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, आशिष पौडेलको कस्ट्युम डिजाइन, जटाशंकर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटासँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ ।


Loading comments...