Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

एचआईभी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण सहयोगार्थ गायक “कर्णदास एकल साँझ” गर्दै

१६ माघ २०७५, बुधबार १३:५४


काठमाडौं, १६ माघ । पूर्वफुटबल खेलाडी गोपाल श्रेष्ठ विगत २५ वर्षदेखि एचआईभीबाट पीडित छन् । उनी अहिले विभिन्न संघसंस्थाका साथ एचआईभीसम्बन्धी जनचेतना जगाउने काममा लागेका छन् ।

उनै श्रेष्ठ समाजले एचआईभी संक्रमितहरूलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सगरमाथा आरोहणको तयारीमा जुटेका छन् । उनमा सगरमाथा चढ्ने अठोट देखिएको छ ।

पोखरा रत्नचोक–७ का गोपाल श्रेष्ठको सो अठोटलाई साकार पार्न लोकप्रिय गायक एवं संगीतकार कर्णदास आर्थिक संकलन अभियानमा जुटेका छन् । उनी ‘स्टेप अफ क्याम्पियन’ को विशेष समितिको संयोजक पनि हुन् ।

श्रेष्ठको सगरमाथा आरोहणका लागि करिब ४३ लाख रुपैयाँ आवश्यक पर्छ । त्यसका लागि देशका विभिन्न स्थानमा कर्ण दास एकल साँझ हुँदै आएको छ । यही फागुन १ गते लायन्स अफ काठमाडौं टेम्पलको आयोजनामा काठमाडौंको म्युज रेस्ट्रोबारमा ‘कर्ण दास एकल साँझ मनोरञ्जनात्मक रात्रीभोज कार्यक्रम’ आयोजना हुँदैछ ।

कार्यक्रममा सहभागी हुन टिकटदर पाँच हजार रुपैयाँ तोकिएको छ । जसमा डिनर र ड्रिंकको पनि व्यवस्था छ । कार्यक्रम माघ फागुन १ गते साँझ साढे ६ बजे आयोजना हुँदैछ । म्युज रेस्ट्रोबार लाजिम्पाट उत्तरढोकामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत