
मेरो बाल्यकालको टेलिभिजन अनुभव
१७ माघ २०७५, बिहीबार १५:२९
मैले आफ्नो बालापन सम्झदा टिभीमा आउने टेलिफिल्म हेरेको कुरा सम्झन्छु । उतिबेला ब्ल्याक एण्ड ह्वाइट टेलिभिजनमा टेलिफिल्महरु हेरेको सम्झन्छु । २०५६/५७ साल तिर मेरो गाउँमा सबैको घरमा टिभी थिएन। मेरो घरमा भने मेरो कान्छो अंकल काठमाडौं बस्नेभएकोले घरमा टिभी लग्नु भएको थियो । त्यो चौध इन्चको टेलिभिजन गाउँमा पुग्दा म मात्र हैन मेरा गाउका धेरै मानिसहरु हर्षित भएका थिए किनकी हाम्रो गाउँबाट धेरै टाढा बस्ने मानिसहरु हामीलाई समाचार सुनाउन र मनोरञ्जनात्मक कार्यक्रम लिएर टेलिभिजनको पर्दामा आउथे । ठ्याक्कै हामी जस्तै तर अलि सुकिलो मुकिलो भेषमा स्क्रिनमा देखा पर्न्रे मानिसहरु कसरी टिभीको भित्र अटाए होलान भनेर म सधै अचम्मित पर्थे । अंकलको घरको बाहिर ढोकामा कयौ जोर चप्पलको मेलानै लागेको हुनथ्यो । छतमा राखिएको एनटिनासँगै खेल्दै टेलिभिजन हेर्नुको मज्जा नै बेग्लै थियो ।
त्यती बेला मैले हेर्ने कार्यक्रम भनेको हिजो आजका कुरा, अविरल बग्दछ इन्दावती, महाभारत लगायतका कार्यक्रम थिए । शनिबार शनिबार आउने चलचित्र हेर्नु सबैको शनिबारको दैनिकीमा पर्ने गर्दथ्यो । ब्ल्याक एण्ड ह्वाइट टेलिभिजन अनि एन्टिना मिलाउदै टिभी हेर्ने आदि समय त यसै गरको धुरीमा या कुनै खाबोमा चडेर नै जान्थ्यो । गाउँमा बिजुलीबत्तिको राम्रो सुविधा नभएको कारण ब्याट्री बोकेर गाउँबाट तलसम्म गएर ब्याट्री चार्ज गरेर गाउँभरिका मानिसहरु एकै ठाउँमा बसी टिभी हेर्नुको मजा आजभोलिको जस्तो आजभोलि जस्तो प्रत्यक भित्तामा टासीएका एल.इ.डी टिभी हेर्नुमा कहा छ र ?
कुरा थियो २०५८ साल जेठ १९ गतेको त्यति बेला सम्म पनि सबैको घरमा टिभी पुगिसकेको थिएन । राजा विरेन्द्रको परिवार सबैको दरवारमा नै हत्या भएको दिन पनि गाउँका सबै मानिस एकै घरमा टिभी हेर्न पुगेका थिए । त्यस दिन टिभी हेर्ने मानिस धेरै भएको कारण दोश्रो तल्लामा भएको टिभीलाइ भुइँतलामा झार्नु परेको थियो ।
आजभोलि टिभी नयाँ युगमा छ । टिभीहरु बिस्तारै पातलो हुदै गएका छन अझ एच.डी(हाइ देफिनेशन)मा टिभी हेर्दा त बास्तविक बस्तु र टिभीमा खासै फरक देखिदैन । उतिबेला एक मात्र टेलिभिजन च्यानल नेपाल टेलिभिजन थियो तर आज सयौको संख्यामा च्यानल खुली सकेका छन । आज मैले हेर्दै हुर्किएको ३४ वर्षपछी एचडी प्रणालीमा जान लागेको छ । नेपाल टेलिभिजन राजा बीरेन्द्रबाट २०३८ साल असार १० गते तत्कालीन राष्ट्रिय पञ्चायतको ३२ औँ अधिवेशन लाई सम्बोधन गर्दा टेलिभिजन स्थापनाको संभाव्यता बारे श्री ५ को सरकारले अध्ययन गर्नेछ भनी बक्स भएको रहेछ । तत्कालिन श्री ५ को सरकारले यसतर्फ आफ्नो तत्परता देखाउन थाले बमोजिम वि.सं. २०४१ साल माघ १७ गते सञ्चार मन्त्रालय अन्तर्गत नेपाल टेलिभिजन परियोजनाको गठन भएको थियो ।
नेपाल टेलिभिजन परियोजना बाट २०४२ साल साउन २९ गते परीक्षण प्रसारण कार्यक्रमको श्रीगणेश गर्यो । त्यसबखत कार्यक्रमको प्रसारण समय बेलुकी ७ बजेदेखि ७.४० वा ७.४५ बजे सम्म सीमित थियो । सुरूमा यसले VHF र पछि UHF ब्याण्डमा १०० वाटको प्रसारण सेटबाट कार्यक्रमहरू प्रसारण गर्ने गर्थ्यो जुन काठमाडौं उपत्यका भित्र मात्र उपलब्ध थियो। त्यसै बेला नेपाल टेलिभिजन परियोजनाले गरेको एक सर्वेक्षण अनुसार काठमाडौंमा १ हजार २ सय ६६ वटा टेलिभिजन मात्र थिए। प्रसारण प्रारम्भ भए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यलयले जनाए अनुसार प्रति महिना ३ सय टेलिभिजन सेट नेपाल भित्रिन्थे। सुरूमा परियोजनाका रूपमा रहेको नेपाल टेलिभिजन २०४२ साल पुस १२ गते संस्थानमा परिणत भयो। परीक्षण प्रसारण सुरू हुँदा अल्ट्रा हाई फिक्वेन्सी च्यानल बाट हुन्थ्यो भने २०४२ साल पुस १४ गते नियमित प्रसारण थाले पछि भेरी हाई फिक्वेन्सी च्यानल बाट हुन थाल्यो। नेपाल टेलिभिजन आफुलाई अझ परिस्कृत र समय सापेक्ष्य बनाउने क्रममा आजबाट ३४ वर्षपछी एच डी प्रणालीमामा जादै छ । मेरो बालापानको साथी नेपाल टेलिभिजनलाइ हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतीको शुभकामना
सुरेन्द्र बजगाई
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा
सीएनएन । लुइ भुटानको विमान आकारको लक्जरी ह्यान्डब्याग ३९ हजार डलर अर्थात नेपालको ४६ लाख रुपैँयाभन्दा धेरैमा बिक्री भएको छ
काठमाडौं । विश्वमा जुम्ल्याहा शिशुको जन्म बढ्दै गएको अनुसन्धानकर्ताहरुले बताएका छन् । वर्षेनी विश्वमा १६ लाख जुम्ल्याहा शिशु जन्मने गरेका