Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

हामीलाई राज्य र सत्तारुढ दलको नियत र इमानमाथि गम्भीर प्रश्न उठाउन बाध्य बनाइयो -सोलिडारिटी फर डा केसी अलायन्स

१७ माघ २०७५, बिहीबार १६:४०


डा गोविन्द केसीको सोह्रौं सत्याग्रहको आज २३ औं दिनको दिन १५ औं सत्याग्रहताका सरकारसँग भएको सहमतिको मर्मविपरीत चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट समेत पारित भएको छ । चिकित्सा शिक्षा सुधार तथा सुशासनको लागी डा. केसी अनसन बसिरहदा सरकारले जवरजस्ती चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित भएकोमा सोलिडारिटी फर डा केसी अलायन्सले एक प्रेस बिज्ञप्ति निकाल्दै राज्य र सत्तारुढ दलको नियत र इमानमाथि गम्भीर प्रश्न उठाउन बाध्य बनाएको बताएका छन । सोलिडारिटी फर डा केसी अलायन्सले निकालेको प्रेस विज्ञप्ति यस प्रकार छ ।

प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु,

लामो समयदेखि आम नेपाली नागरिकको सहभागितामा चल्दै आइरहेको चिकित्सा शिक्षा सुधार तथा सुशासन अभियान अहिले विशेष मोडमा आइपुगेको छ । डा गोविन्द केसीको सोह्रौं सत्याग्रहको आज २३ औं दिनको दिन १५ औं सत्याग्रहताका सरकारसँग भएको सहमतिको मर्मविपरीत चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट समेत पारित भएको छ । यसले हामीलाई राज्य र सत्तारुढ दलको नियत र इमानमाथि गम्भीर प्रश्न उठाउन बाध्य बनाएको छ ।

चिकित्सा शिक्षा सुधारको यस अभियानलाई सार्थक निश्कर्षमा पुर्याउन यस सत्याग्रहलाई थप ऊर्जासहित निरन्तरता दिनुको विकल्प छैन । व्यक्तिको स्वार्थमा कानुन नै निर्माण गर्नेजस्तो नीतिगत भ्रष्टाचार देशमा संस्थागत हुनु तथा सत्तारुढ दलको सम्पुर्ण तागत त्यही भ्रष्ट कार्यमा लाग्नुले उनीहरुको नियत र चरित्र उदांगो पारेको छ । संसदीय सर्वोच्चताको प्राविधिकतामा टेकेर नागरिक सार्वभौमसत्ता उल्लंघन गर्ने यस्तो कदम लोकतन्त्रका लागि डरलाग्दो लक्षण हो । यो अवस्थामा नागरिक सार्वभौमसत्ता पुनः कायम गर्न माफियाको संरक्षक राजनीतिक नेतृत्व वर्गको अधिनायकवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्नुको विकल्प छैन । स्मरण रहोस्, यस अगाडि देशको लोकतान्त्रिक व्यवस्था तथा प्रेस स्वतन्त्रता खतरामा परेको तथा त्यसविरुद्ध राजनीतिक दलहरु किंकर्तव्यविमुढ भएको अवस्थामा नागरिक अभियानकै बलमा अदुअआ र न्यायालयजस्ता संवैधानिक अंगहरुमा समेत गलत प्रवृत्तिलाई परास्त गरेको विदितै छ ।

यस अभियानमा शुरुदेखि शुभेच्छा राखी प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न हुनुभएका तमाम नागरिकहरुलाई यस विशेष घडीमा डा केसीको जीवन रक्षा तथा उहाँले बोक्नुभएका जनमुखी एजेण्डाको जीतका लागि थप सक्रिय र रचनात्मक भुमिकासहित योगदान पुर्याउनुहुन आह्वान गर्दर्छौं । यसै क्रममा यही माघ १९ गते शनिवार दिनको १२ बजे माइतीघर मण्डला लगायत देशभरका शहरका विभिन्न चोकहरुमा हुने प्रदर्शनहरुमा सहभागी हुन अपिल गर्दर्छौं । साथै सम्पूर्ण पेशागत संगठनहरु तथा नागरिक अभियन्ताहरुलाई आआफ्नो ठाउँबाट यस सुधार र सुशासन अभियानमा अझ बलियो सहभागितासहित लाग्न हार्दिक अनुरोध गर्दर्छौं ।

जीवन क्षेत्री
सुमन आचार्य
सोलिडारिटी फर डा केसी अलायन्स

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै