दीर्घायु रहन खानैपर्ने खानेकुराहरु


ल अनुमान लगाऔं विश्वका कुन कुन देशका मान्छेहरुको आयु धेरै छ भन्ने मा , औपचारिक तथ्याङ्कअनुसार मोनाको, जापान र सिंगापुरका मानिसहरुको औसत आयु धेरै रहेको पाइन्छ। यी देशहरुमा बसोबास गर्ने मानिसहरुले गुणस्तरीय जीवन बाँच्न पाउने पनि बताइएको छ र यस्तो गुणस्तरिय जीवनको आधारहरुमा खानपीन, जीवनको तनावको मात्रा र पारिवारीक र सामाजिक सुरक्षा र समबन्धका कुराहरु पर्दछन् । आर्युवेदले पनि दिर्घायुका लागि आहार, बिहार र व्यायामको बिशेष महत्व दर्शाएको छ, आउनुहोस आज चर्चा गरौं दिघार्यु रहन खानै पर्ने कुराहरुका बारे ।
आजकल बजारमा सुपरफुड नामले केही खानेकुरा प्रचलित बन्दै आएको हामीले सुनेका छौँ । सप्लीमेन्ट र कमप्लीमेन्ट फुडका नाममा अनि ड्रिकंका नाममा हरेक उमेर समुहका मान्छेहरुका लागि बजारमा निकै कुराहरु पाइन्छ । पोषण विद्हरुका अनुसार सुपरफुडको नाममा दुई चार वटा खानेकुरा खाएर स्वस्थ र तन्दुरुस्त हुन सकिदैन, यसका लागि मात्रा मिलाएर पौष्टिक आहारा खानैपर्ने उनीहरु बताउँछन् । यति भन्दाभन्दै पनि केही खानेकुराहरुमा पोषण बढी हुने कुरालाई भने नकार्न सकिन्न । अनुसन्धानले देखाएअनुसार ती खानेकुराहरुमा केही रोग बिरुद्ध लड्न सक्ने र हाम्रो आयु बढाउन सक्ने क्षमता हुन्छ । सुखी, स्वस्थ र लामो जीवनका लागि खान सकिने केही खानेकुराहरु यसप्रकार छन् ।

भटमास

हरियो भटमासलाई बिशेष गरी एसियाली मुलुकहरुमा अत्यधिक रुचाइन्छ । उसिनेर, तरकारी पकाएर, सुप बनाएर वा टुसा उमारेर पनि खान सकिने हरियो भटमासलाई धेरै तरिकाले पकाएर खाने चलन छ । भटमासमा आइसोफ्ल्याभोन नामक तत्व पाइन्छ जसले घाउ वा चोटपटक, शरीरमा पाइने बिषादी, क्यान्सर तथा अन्य जिवाणुविरुद्ध लड्न मद्दत गर्दछ । यसले शरीरमा चोटपटक लाग्न वा सुन्निन दिँदैन, कोषहरुको उमेर लम्ब्याउने र क्यान्सरबिरुद्ध लड्न पनि सहयोग गर्दछ । अनुसन्धानका अनुसार जीवनभर भटमासलाई हामीले खाने खानेकुराको अंश बनाउन सके स्तन क्यान्सरको जोखिमबाट पनि बच्न सकिन्छ ।

तोफु
हेर्दा पनिर जस्तो देखिने भटमासबाट बनेको तोफुले हाम्रो शरीरलाई एकदम नै फाइदा गर्दछ । भटमासमा पाइने तत्व नै यसमा पनि पाइने भएकाले यो पनि स्वास्थ्य बद्र्धक छ । एसियाली मुलुकहरुमा प्रचलित तोफुलाई तेलमा फु¥याएर, उमालेर वा यसै पकाएर पनि खान सकिन्छ । भटमासबाटै बन्ने भएकाले यसमा पनि आइसोफ्ल्याभोन प्रशस्त मात्रामा पाइन्छ जसको व्याख्या यसअघि नै गरिसकिएको छ । यसका साथै यसमा प्रोटिन, क्यालसियम, आइरन, सेलेनियम, फोस्फोरस, म्याग्नेसियम, जिंक, कप्पर र हाम्रो हड्डी र दाँत बलियो र स्वस्थ बनाउन चाहिने खनिज पनि पाइन्छ । केही पोषणविद्हरुका अनुसार तोफु खाएपछि लामो समयसम्म टन्न भएको महसुस गराउने भएकाले धेरै खाने बानी भएकाहरुले तोफु खादाँ खाना कम गर्न सक्ने बताउँछन् ।

गाजर

गाजरमा हुने बेटा क्यारोटिनले यो सुन्तला रंगको हुन्छ । यो तत्वलाई हाम्रो शरीरले भिटामिन ए मा बदल्छ । न्यासनल इन्स्टिच्यूट अफ हेल्थका अनुसार हाम्रो शरीरले भिटामिन ए उत्पादन गर्न सक्दैन, त्यसैले हामीले खाने खानेकुराबाट नै शरीरले भिटामिन ए प्राप्त गर्दछ । बेटा क्यारोटिनले रोगसँग लड्न सक्ने क्षमता, दृष्टि, प्रजनन तथा कोषिय सञ्चारको अभिवृद्धि गर्दछ । यही तत्वले नै शरीरको विषादी हटाउँदै कोषलाई जीवित रहन र यौनावस्था वृद्धि गर्न मद्दत गर्दछ । बढ्दो उमेरका कारण गुम्दै जाने दृष्टिको रक्षा गर्न पनि यसले सहयोग गर्दछ । गाजरलाई सकेसम्म काँचो खाँदा नै यसले बढी फाइदा गर्छ तर यसको पोषण खेर नजाने गरी पकाएर खाँदा पनि यो फाइदाजनक नै हुन्छ ।

बन्दा,गोभीजस्ता तरकारी
हामीले खानैपर्ने खानेकुराहरुमा हरिया तरकारीहरु जस्तैः बन्दा, ब्रोकाउली, सिमी, काउली, मूला, आदिजस्ता तरकारीहरु पनि पर्दछन् । यी तरकारीहरुमा भिटामिन सी, भिटामिन ई, भिटामिन के, खनिज, पोटासियम, क्यालसियम, सेलेनियम, आदि तत्वहरु पाइन्छन् । बन्दा, गोभीका यस्ता तरकारीहरुमा पाइने ग्लुकोजिनोलेट्स्ले शरीरलाई धेरै फाइदा गर्दछ । यति मात्र होइन, यस्ता तरकारीले दिमाग र मुटु स्वस्थ राख्दछ भने यसले क्यान्सर समेत रोक्न सक्ने अड्कलको अनुसन्धान भइरहेको छ । साथै यसमा पाइने फाइबरले रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्दै, तौल बढ्न दिँदैन र लामो आयुसम्म पनि स्वस्थ राख्न मद्दत गर्छ ।

साइट्रस फलफुलहरु
साइट्रस फलपूmल भन्नाले सुन्तला, अंगुर, कागती, निबुवा, आदिजस्ता फलपूmलहरुलाई बुझाउँछ । यो हाम्रो खानेकुरामा नभई नहुनेमध्येको खाना हो । यस्ता फलपूmलहरु हामीलाई लामो समयदेखि पोषणविद्का साथै हाम्रा हजुरआमाले पनि खान सुझाउनुहुन्छ । यसमा पाइने भिटामिन सीले शरीरको विषादी फाल्ने र घाउ, चोटपटक तथा संक्रमणबाट जोगाउने काम गर्दछ । यसबाहेक यी फलपूmलहरुमा फाइबर, पोटासियम, क्यालसियम, थाएमिन, भिटामिन बि सिक्स, फोसफरस, म्यागनेसियम, कपर, आदिजस्ता तत्वहरु पनि पाइन्छन् । साइट्रस फलपूmलमा भएका तत्वहरुले क्यान्सर, मुटु तथा नशासम्बन्धि रोगविरुद्ध लड्न सहयोग गर्दछ ।
यहाँ प्रस्तुत सबै खानेकुराले हामीलाई स्वस्थ रहन सहयोग गर्नुका साथै निरोगी र यौवनको आयु बढाउन सहयोग गर्दछ । पछिल्लो अध्ययनअनुसार हाम्रो वंशाणुगत विशेषता फरक परेसँगै हाम्रो शरीरलाई चाहिन खानेकुराहरु पनि फरक पर्दछन् । यसकारण खानेकुराहरु खाँदा आपूmलाई के बढी प्रभावकारी हुन्छ भनेर पनि ख्याल गर्नुपर्ने हुन्छ ।
लाइभमाण्डु


Loading comments...