चुरोटको लत लाग्ने समस्या के हो ? र कसरी चुरोट सजिलै छाड्ने


१. चुरोटले शरीरमा पार्ने समस्याहरु के के हुन्?
(टाउको देखि शुरु गर्दा …..)
टाउको : stroke / paralysis (परा-लसिस): शरीरको एक हरै नचल्ने समस्या हुनु; सानो उमेर देखि पिउन शुरु गरेको भए Anxiety का समस्याहरु देखिनु, वा Anxiety भैसकेको भए लक्षणहरु झन् जटिल हुँदै जानु आदि l
अनुहार: मोतिबिन्दु, मुख गनाउनु, दाँत र गिंजाको समस्या, मुखको क्यान्सर, अनुहार चाउरी पर्नु
घांटी र छाती : स्वरमा समस्या, घांटीको क्यान्सर, स्वास प्रश्वासमा समस्या (pneumonia, Asthma, bronchitis, COPD), मुटुमा समस्या (BP बढ्ने, धड्कनको समस्या, heart attack), फोक्सोको क्यान्सर आदि l
भुँडी: आन्द्रा, कलेजोको क्यान्सर; मधुमेह
हात-खुट्टा: रक्त संचारमा कमि, जोर्नीमा समस्या
अन्य: पिसाब थैलीको समस्या, प्रजनन शक्तिको नाश, रोगसँग लड्ने प्रतिरक्षा प्रणालीमा समस्या आदि l

२. झट्ट चुरोट छाड्दा देखा पर्ने समस्याहरु (withdrawal effects) के के हुन्?
– हल्का आतिएको जस्तो हुनु, बेचैन भएको जस्तो हुनु,
-छट्पट गरिरहनु, काम वा पढाईमा ध्यान दिन नसक्नु
– झनक्क रिश उठ्नु
– भोक धेरै लाग्नु
– निन्द्रा नपर्नु
– चिन्ताले सताएको जस्तो लाग्नु ,आदि
(चुरोट पिउन छाड्दा रक्सि छाडे जस्तो ठूला वा दिर्घकालिन हानी हुने कुनै पनि समस्या आउंदैनन्)
* माथिका चुरोट छाड्दा हुने समस्याहरु हेरेक दिन कम हुँदै जान्छन् l १ महिनापछि चुरोटको तल-तल बाँकी नै रहेपनि माथिका withdrawal effects हरु लगभग सम्पूर्ण हराएर जान्छन् l

३. चुरोट छाड्ने उपाय के हो? औषधी के हो ?
*बिना औषधि: मेरा धेरै बिरामीहरुले कुनै औषधि बिना झ्वाट्ट छोडेका धेरै उदाहरण छन् l प्रायले एक दिन उठेर कुनै अग्रिम तयारी बिना छोडेका थिए l ति मध्य धेरै सदाका लागि छाड्न सफल पनि भए तर कोहि भने केहि महिनैमा चुरोटकै शरणमा फर्कीए l मेरो अनुभबमा यदि कोहि मानिस ठुला कारणहरु जस्तै: साथीभाई वा नातेदार कोहीलाई चुरोट वा खैनिका कारण क्यान्सर भएको, स्वास-प्रश्वास सम्बन्धि दिर्घ समस्याहरु भएको वा सन्तानको पर्खाइमा भएका नव-जोडीले आफ्नो शिशुलाई चुरोटको धुँवाबाट टाढा बाट राख्नु पर्छ भन्ने प्रण गरेकाहरु सदाका लागि चुरोट छाड्न सफल अलि बढी भएको देखेको छु l

– मेरो सल्लाह यस्तो छ: पहिला चुरोटको खिली एक हप्तामा एक कम गर्दै जानुहोस् l मिल्छ भने आंफुले चुरोट छाड्ने मिति धेरै भन्दा धेरैलाई भन्नुहोस् l चुरोट छाडे पछि हुने withdrawal effects हरु (यसबारे माथि उल्लेख गरिएको छ ) संग जुध्न पहिलेनै योजना बनाउनुहोस् l

– Oral Fixation/ hand to mouth habit/ muscle memory समस्याको प्रतिस्थापन: बर्षौं चुरोट खाएकाहरुको आफ्नो हात औंलाहरुले चुरोट समात्ने, खेलाउने, मुखमा लाने बानि हुन्छ र अचानक त्यस्तो बानि हट्दा उनीहरुलाई anxiety महशुस हुन्छ l त्यसैले हात/औंलाहरुलाई व्यस्त बनाउन stress ball (एक किसिमको अठ्याउन वा थिच्न मिल्ने सानो stress ball वा squeezy ball) खेलाउंदा राम्रो हुन्छ l मुखमा केहि चपाईरहनु पर्छ l जस्तै : chewing gum, seeds/nuts (Peanuts, almonds, sunflower, pumpkin), नरिवल, गाँजर, मुला, हरियो साग आदि l यसो गर्दा पनि anxiety/nervousness महशुस भयो भने exercise (running, walking, yoga आदि), meditation, music आदिको सहरा लिनु पर्छ l र मिल्छ भने smoking cessation group (professional therapy group वा self-help group) मा भाग लिंदा उदेश्य पुरा गर्न सहयोग हुन्छl

* चुरोटको सट्टामा केहि हप्ता वा महिना nicotine gum, lozenge वा लगाउने patch को प्रयोग गरेर पनि लत छुटाउन सकिन्छ l कसैले electronic cigarette प्रयोग गर्छन तर electronic cigarette मा nicotine वा nicotine जस्तै psycho-stimulant हुने हुनाले लामो समय यो प्रयोग गर्दा फेरी यसैको लत बस्छ l

*धेरै पटक मेहनत गर्दा पनि सफल नभएको खण्डमा औषधिको पनि प्रयोग गर्न सकिन्छ l म पहिले यो कुरा तपाईंलाई सम्झाउन चाहन्छु कि मेरो उपचार गराउने उदेश्य होइन l यहाँ दिइएका औषधिहरु खाँदा तपाईंले अरु कुनै औषधि खाई रहनु भएको छ भने तपाईंको स्वास्थलाई झन् घातक पनि हुन सक्छ l त्यसैले डाक्टरको सल्लाह बिना औषधि खानु भयो र तपाईंलाई केहि भयो भने म जिम्मेबार हुने छैनl यी औषधिहरु अन्य शारीरिक र मानशिक समस्या भएकाले, बच्चाबच्चीले र गर्भवतिले खान नहुने पनि हुन सक्छन् l

अहिलेसम्म प्रयोगमा आएका औषधिहरु हुन्: Bupropion र Vereniciline . यी दुवै डाक्टरको prescription बिना पाईदैन l

Bupropion: यो औषधि सामान्य खालको depression र ADHD (Attention Deficit Hyperactivity Disorder: लामो समय एउटा काम/कुरामा ध्यान दिन नसक्ने समस्या) को लागि पनि प्रयोग हुन्छ l कसैलाई यहि औषधि चुरोट छुटाउन पनि प्रयोग गर्न सकिन्छ l मेरो अनुभबमा व्यक्तिले दिनको १-२ प्याकेट चुरोट खाने गर्छ भने पहिला चुरोटको संख्या घटाउने केहि हप्ता लगाएर अनि दिनको ५-६ वटा जति पुर्याएपछि यो औषधि प्रयोग गर्दा चुरोट छुटाउन सजिलो हुन्छ l यदि तपाईंमा seizure/epilepsy (छारे रोगको) समस्या छ भने neurologist को अनुमति बिना यो औषधि नखानुहोसl यदि तपाईंमा eating disorder (anorexia/bulimia) छ भने psychiatrist को सल्लाह बिना यो औषधि नलिनुहोस् l

Vereniciline: यो औषधि संसार भर pfizer भन्ने कम्पनि वा उसका भगिनी कम्पनीले मात्र उत्पादन गर्छ l यो औषधि अमेरिकामा chantix र अन्य देशहरुमा champix भन्ने नाम दिइएको छ l यो औषधि मेरो व्यक्तिगत अनुभबमा ७० % भन्दा बढी सफलताका साथ काम गर्छ l बाँकी ३०% हरु सहनै नसक्ने adverse effects का कारण सफल नभएका हुन् l तर सोहि adverse effects का कारण २-३ दिन भन्दा ज्यादा औषधि लिन नसक्नेहरु पनि यो औषधि लिएपछि सदाका लागि चुरोट छाड्न सकेका केहि घटना पनि छन् l यो औषधिका सामान्य (common expected) side-effects हरु: वाक्वाक्ति हुने, बान्ता हुने, निन्द्रा नलाग्ने, टाउको दुख्ने, डरलाग्दो सपना देख्ने, पेट गडबड हुने, झनक्क रिस उठ्ने, छट्पट हुने आदि हुन् l यसो भयो भने के गर्ने भनेर तपाईंका डाक्टरले औषधि दिनु अगाडी प्रष्ट पार्छन् l यदि तपाईं कुनै पनि किसिमको मानशिक समस्याबाट अहिले वा धेरै पहिले पिडित हुनुहुन्थ्यो भने वा तपाईंको रगतको सम्बन्ध भएका (बाबु वा आमा दुवै तर्फी) कोहि मानसिक समस्याबाट ग्रसित थिए वा छन् भने यो औषधि psychiatrist सल्लाहबाट मात्र लिनुहोस् l धेरै कम सम्भावना भएपनि यो औषधिले आत्महत्या गर्न प्रेरित गर्न सक्छ l मैले उपचार गरेका हजारौं बिरामी मध्य कम्तिमा एक जनालाई यस्तो भएको छ l तपाईं यहि mental health category मा पर्नु हुन्थ्यो र यदि तपाईं मेरो बिरामी हुनुहुन्थ्यो भने मैले तपाईंलाई औषधि शुरु गरेको एक हप्तामा, एक महिनामा, तीन महिनामा र चाहिएको खण्डमा बिचमा थप प्रत्यक्ष भेट गर्थें l तपाईंले पनि आफ्नो psychiatric provider संग शुरुमै पटक-पटकको appointment पहिलेनै मिलाउनुहोस् l (better be safe than sorry!)

४. चुरोट छाड्न नखोज्नेले भन्ने गरेको कुराहरु l यसका वास्तविकता के हुन् त ?
* ….तर मलाई चुरोट पिउन निकै मन पर्छ, प्रिय लाग्छ…….. l (बास्तबमा उनीहरुलाई चुरोट पिउन मन पर्ने होइन कि केहिबेर नपिउंदा महशुसहुने withdrawal effects हरु अप्रिय भएकाले पिउन बाध्यता भएको हो l)

*तर म दिनको २ प्याकेट चुरोट पिउने मान्छे चुरोट नपिउने भन्दा निकै तगडा छु, बढी मेहेनत गर्छु, धेरै काम गर्छु, मेरो घरबार अरुको भन्दा राम्रो छ l (झट्ट तुलना गर्दा उक्त व्यक्तिलाई त्यस्तो लाग्ला तर जब कुनै सामान्य रुघा खोकी होस् वा अन्य कारणले उनीहरु बिरामी हुन्छन् तब यिनीहरुलाई तंग्रिन चुरोट नखाने व्यक्तिलाई भन्दा बढी समय लाग्छ l स्वाशप्रस्वाशका समस्याहरु जस्तै निमोनिया आदि धेरै पटक लाग्छ र जटिल खालको लाग्दछ l

* तर म त extra filter भएको light चुरोट मात्र खान्छु l एकै पटक सबै चुरोट सक्दिन l (जति सुकै जस्तै माद्यम अपनाए पनि यदि चुरोट खाएर त्यसको buzz दिमागमा महशुस हुन्छ भने चुरोटमा भएको निकोटिन लगाएत सयौं हजारौं केमिकलहरु शरीरभरी छताछुल्ल हुँदै दिमागमा समेत पुगीसकेको हुन्छ l)

*फलानोले चुरोट पिएको कति भो l खै क्यान्सर भा’ छैन l ( चुरोटबाट क्यान्सर हुनु भन्दा धेरै साल पहिलेनै शरीरमा चुरोटले अरु धेरै खराब काम गरी सकेका हुन्छन् l जस्तै रक्तनलीमा समस्या, मुटुमा समस्या , BP को समस्या, आन्द्राको समस्या आदि जसका कारण क्यान्सरले भन्दा पनि ज्यादा शरीरलाई खोक्रो (नाश) पारिसकेको हुन्छ l क्यान्सर भएको नभएको कुरा अनुहार हेरेर मात्र थाहा हुँदैन र कतिपय cases हरुमा क्यान्सर शुरु भएको बर्षौंसम्म पनि थाहा नहुन सक्छ l र थाहा पाउँदा ढिलो भैसकेको हुन सक्छ l
* शरीरमा हानी हुनु भैसक्यो अब के का लागि छाड्ने? (३५ बर्ष अगाडी नै छोड्न सक्यो भने भैसकेको सम्पूर्ण क्षति लगभग पहिलेकै अवस्थामा पुर्याउन सकिन्छ तर उमेर ६०-७० भएर छोड्दा भैरहेको अङ्ग नाश (damage) हुने प्रक्रियालाई ढिलो गर्न सकिन्छ l स्वाश-प्रश्वासमा देखिने गरी राम्रो परिवर्तन हुन्छ, बढेको मुटुको धड्कन घट्न थाल्छ, BP मा सुधार हुन्छ, हिंडडुल गर्न सजिलो हुन्छ, र रगतमा oxygen को मात्रा बढ्छ l)

डा. कल्याण सुवेदीका अन्य स्वस्थ सम्बन्धि लेखहरु 

अंग्रेजीमा पढ्नहोस् : Easily quit Smoking


Loading comments...