Lifestyle Portal
  •   १० असार २०७८, बिहीबार

काठमाडौ । लोकप्रिय गायिका कमला किरण बिसीको अत्यन्तै मौलिक लोक दोहोरी गित“मनको पिर बिसाउने“ भिडियो सार्वजनिक भएको छ ।उनलाई चर्चित गायक कुमार पुनले साथ दिएका छन् । यस गीतको भिडियो चर्चित बासुरी बाधक रत्न विश्वकर्माको युटुव च्यानल उत्सव मार्फत सार्वजनिक गरिएको छ ।
यस गीतमा लोकप्रिय गायक हुम गैरेको शब्द , जमुना रानाको लय रहेको छ । जसमा धिरज पाल्पालीको एरेन्ज र दुर्गा पौडेल छायांकन रहेको भिडियोलाई जमुना रानाले निर्देशन गरेकी छिन् ।
यस “मनको पिर बिसाउने म्युजिक भिडियोमा रत्न विश्वकर्मा ,बिबिका पोखरेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

भिडियो हेर्नकोलागि : https://www.youtube.com/watch?v=d8BGmwaO8oc

 

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...