Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

निजगढबासीलाई मुआब्जा नपाउने डर भन्छन् नदिने भए गोली हानेर मार्नु (भिडियोसहित)

१८ माघ २०७५, शुक्रबार १७:४०


मुलुकमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा उत्पन्न हुनसक्ने अप्ठ्यारो निरुपणका लागि मात्र हैन तराईको विकास र त्यहाँको औद्योगिक तथा व्यावसायिक विकासका लागि निकै महत्वपूर्ण हुने ठानिएको बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुरा जति अघि बढेको छ । काम त्यति अघि सरेको छैन ।

२०५१ सालमा पहिलो पटक सम्भाव्यता अध्ययन भएको बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु भयो भनिए पनि अहिलेसम्म वातावरणीय प्रभाव मूल्यांकन मात्र प्रतिवेदन स्वीकृत भएर निर्माण मोडालिटी टुंगो लागेको छ । ग्राउन्ड क्लियरेन्सका लागि मुआब्जा वितरण भइरहेको छ । बाँकी जग्गाको बाँकी छ ।

तराईको लाइफलाइन भनिएको यो विमानस्थलको चार किल्ला पहिचान गरी कंक्रिट डिमार्केसनको काम सकिसकेको छ । पछिल्लो समय रुख कटानले विवाद सिर्जना भएको छ । यद्यपि विमानस्थल निर्माण गर्ने सम्बन्धमा गत वर्ष मन्त्रिपरिषद्ले उक्त विमानस्थलको सडक निर्माण तथा विमानस्थल क्षेत्रको रुख कटान सम्बन्धी कार्यका लागि नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेअनुरुप नेपाली सेना र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस सम्बन्धमा स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदनअनुसार प्रथम चरणमा निर्माण गरिने क्षेत्रभित्रका रुख कटान आदेशका लागि प्रक्रिया अगाडि बढेको बताइन्छ ।

विमानस्थल निर्माणको मोडालिटी टुंगो लागे पनि कसले बनाउने भन्ने आधिकारिक सूचना बाहिर आएको छैन । तापनि यो आयोजनामा कतार सरकारको चासो रहेको बताइन्छ । विमानस्थल निर्माणका लागि सरकारले कतारलाई प्रस्ताव गर्दै विस्तृत विवरण कतारलाई पठाएको समाचारहरु पनि बाहिर आएका छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पहिलो चरणमा ३ हजार ६०० मिटर लम्बाई र ४५ मिटर चौडा धावनमार्ग बन्ने छ। १९ वटा विमान पार्किङ बे र २ कार्गो पार्किङ बे हुनेछन्। विमानस्थलकालागि आवश्यक कन्ट्रोलटावर २ हजार वर्ग मिटरमा निर्माण हुनेछ।

विमानस्थलमा ७५ हजार ५ सय वर्ग मिटरको अन्तर्राट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवन १५ सय वर्ग मिटरको बन्नेछ। कार्गोका लागि भने ५ हजार वर्ग किलो मिटरको टर्मिनल भवन आवश्यक रहेको प्राधिकरणले जनाएको छ। एयर्पोट रिसोर्स एण्ड फाएरफाइटिङ १५ सय वर्ग मिटरमा बन्ने छ ।यी त भए आधिकारिकता पुष्टि नभएका कुरा । अब विमानस्थल क्षेत्रको कुरा गरौं । अहिले विमानस्थलले चर्चने जमिनमा बस्ती बढ्दै पैसा पाइन्छ भनेर घर बनाउन लगाएको बताएका छन् ।

विमानस्थल निर्माणका लागि आवश्यक ११ हजार ७ सय ७५ विगाह जग्गामध्ये ७ सय ५० विगाह जग्गामा १ हजार ४ सय घरधुरी भने सुकुम्बासी बस्ती छ भने १ सय १० विगाह क्षेत्रफलको जग्गा व्याक्तिको नाममा छन् । बाँकी १० हजार ९ सय १५ विगाह क्षेत्रफलमा घना जंगल छ ।

हरेक वर्ष बजेट विनियोजन हुने तर काम केही नहुने गर्दा स्थानीयबासी आक्रोशित छन् ।स्थानीयबासीले अहिलेसम्म बजेट पचाउने काम मात्रै भएको आरोपलगाइरहनु र केही आर्थिक वर्षयता निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भनेर रकम विनियोजन हुँदै आउनु तर खर्च कहाँ गर्ने भन्ने अन्योलले काम त्यसै रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,