Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

साउदिमा दुर्घटनामा परि ज्यान गुमाएका नेपालीको परिवारलाई आर्थिक सहयोग।

१९ माघ २०७५, शनिबार ०९:४३


वैदेशीक राजगारको लागि काठमाडौं स्थित ब्लु स्काइ म्यानपावर मार्फत साउदी पुगेका नेपाली युवाको गत नोभेम्बर 27 मा आँफैले चलाएको गाडी ( फर्क लिफ्ट)ले किचेर मृत्युु भएको थियो। लगभग डेढ महिनाको अथक प्रयास र रियाद स्थित नेपाली राजदुताबासको सकृयतामा पार्थिब शरीर गत जनवरी ७ मा स्वदेश पुगेको छ।

मृत्यु हुने युवा चापाकोट नगरपालिका- ४, भन्टाबारी स्याङ्जाका 33 बर्षिय बेगबहादुर थापा(पदम) हुन ।
साउदी अरब स्थित अल्मराई कम्पनिको central processing plant (CPP3)मा कामको सिलसिलामा आंफैले चलाएको गाडी पल्टेर किचेको थियो र उपचारको क्रममा मृत्यु भएको थियो। यस दुखद परिस्थितिमा परिवारको लागि सहयोगार्थ भनी अल्मराई कम्पनिको विभिन्न शाखा अन्तर्गत अल्खर्ज सेल्स, CPP को विभिन्न डिपार्ट, फार्म डिभिजन, बेकरी डिभिजन,रियाद, हायल, जेद्दा साथै अल्खर्ज क्षेत्रको नेपालि एकता समाजबाट CPP को नेपाली कमिटिको विशेष पहलमा ७३,४०४ साउदी रियाल (नेपाली रुपैयाँ एक्काईस लाख अट्ठाइस हजार सात सय सोर्‍ह) संकलन गरेर घरमा सासू बुहारिको नाममा हकवाला दुइ छोराहरु राखेर नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोल्न लगाई खाता न.04105050274685 मा उठेको सम्पुर्ण रकम पठाइसकिएको छ।

स्व. यम बहादुर थापा र धनकुमारि थापाको छोरा मृतक बेगबहादुरको श्रीमती दुर्गा थापा, दुई छोराहरु दिलिप र दिप्सन थापा रहेका छन भने उनको एक भाइ तथा तिन दिदिबहिनीहरु रहेका छन। यस्ता कामहरु नेपाली कमिटिले गर्दै आएको छ र गरिरहने छ भनी कमिटिका सचिब नाथन शर्माले बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै